Advertisement

कक्षा १० र १२ उत्तीर्ण प्रमाणपत्र प्रतिलिपि लिन प्रहरी रिपोर्ट नचाहिने

धनगढी–कक्षा १२ र १० को प्रमाणपत्र हराएमा प्रतिलिपि बनाउन प्रहरी रीपोर्ट(प्रतिवेदन) नचाहिने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड धनगढी कार्यालयबाट सेवाग्राहीले हराएको प्रमाणपत्रको प्रतिलिपि बनाउन प्रहरी प्रतिवेदन आवश्यकता पर्ने गरेको थियो । प्रमाणपत्रको फोटोकपी या रजिष्ट्रेसन नम्बरकै आधारमा प्रतिलिपि लिन सकिने व्यवस्था मिलाईएको राष्ट्रिय परीक्षा बोर्ड धनगढीका कार्यालय प्रमुख महेन्द्रराज पाण्डेयले बताए ।
ुकक्षा १० र १२ उत्तीर्ण गरेको प्रमाणपत्र हराए सजिलै प्रतिलिपि लिन सक्छन्। कक्षा १२ को प्रतिलिपि धनगढीबाटै दिन्छौँ भने कक्षा १० को प्रतिलिपि पाउन सानोठिमी जानुपर्ने हुन्छ,ु कार्यालय प्रमुख पाण्डेयले भने ‘कक्षा १२ को हराएको प्रमाणपत्र फेरि बनाउन रजिष्ट्रेसन नम्बर भए हुन्छ। रजिष्ट्रेसन नम्बर र प्रवेश पत्रको फोटोकपी भए पनि नयाँ प्रतिलिपि दिन मिल्छ, प्रहरी रिपोर्ट आवश्यक हुदैन ।’
सेवाग्राहिको सहजताकालागि यस्तो व्यवस्था गरीएको कार्यालय प्रमुख पाण्डेयले बताए । ‘सेवाग्राहीले तमाम प्रक्रिया गरेर पनि उहि प्रतिलिपि हो पाउने,’ उनले भने ‘उनीहरुको सहजता र सरल किसिमले सेवा प्रवाह गर्न प्रहरी प्रतिवेदनलाई स्विप गरेका हौ ।
राष्ट्रिय परीक्षा बोर्ड प्रादेशिक कार्यालय धनगढीले २०६८ साल यताका विद्यार्थीको प्रमाणपत्रको प्रतिलिपि निवेदन दिएको बढीमा तेस्रो दिनभित्र उपलब्ध गराउँदै आएको छ । रजिष्ट्रेसन कार्ड समेत हराएको तथा नम्बरसमेत थाहा नभएको अवस्थामा भने अध्ययन गरेको विद्यालयबाट रजिष्ट्रेसन नम्बर र परीक्षा दिएको वर्ष पत्ता लगाएर निवेदन दिनुपर्छ । यसरी निवेदन दिएको बढीमा तीन दिनभित्र सेवाग्राहीले हराएको प्रमाणपत्रको प्रतिलिपि पाउने पाण्डेयले बताए ।
यदि कसैको कक्षा १० उत्तीर्ण गरेको प्रमाणपत्र हराएमा र नष्ट भएमा भने सेवाग्राहीले भक्तपुरको सानोठिमीमा रहेको राष्ट्रिय परीक्षा बोर्डको कार्यालयमा निवेदन दिनुपर्छ। सम्बन्धित वडा कार्यालय र जिल्ला शिक्षा समन्वय इकाईको पत्रसहित निवेदन दिए हराएको प्रमाणपत्र प्रतिलिपि प्राप्त गर्न सकिने बताइएको छ । राष्ट्रिय परीक्षा बोर्डले नियमिततर्फ कक्षा १२ उत्तीर्ण गरेको प्रमाणपत्रका लागि एक हजार ५० रुपैयाँ शुल्क लिने गरेको छ । २०८२ मा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीको प्रमाणपत्रसमेत भदौ ५ गतेबाट उपलब्ध गराउन सुरु गरीएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

काठमाडौं ,जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गर...
पेस्तोलसहित ४ जना पक्राउ

पेस्तोलसहित ४ जना पक्राउ

महेन्द्रनगर - कञ्चनपुर प्रहरीले कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहतको वडा प्रहरी ...
कच्ची सडक, कोचाकोच यात्रा

कच्ची सडक, कोचाकोच यात्रा

रनि विवश-  शुक्रबार साझ ६ बजे । देहीमाण्डौ बजारको पूर्वी कुना शान्त थियो । महेन्द्रनगरबाट आएको यात्रु बाहक बस झ्वाम्म रोकियो । देह...
कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

महेन्द्रनगर, साउन १५ - कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशन, महेन्द्रनगरको आयोजनामा खिर दिवसको अवसर पारेर "पेशागत संघ–संस्थाहरूको सा...
चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

काठमाडौँ  : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र...
महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज