एमाले महाधिवेशन प्रतिनिधि छनोटका लागि कञ्चनपुरमा निर्वाचन कार्य तालिका सार्वजनिक
महेन्द्रनगर –नेकपा एमालेको ११ औं महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न तीन ओटै निर्वाचनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।
महाधिवेशन प्रतिनिधि छनौट निर्वाचन कमिटीले मंगलबार दिउँसो निर्वाचन कार्यकतालिका सार्वजनिक गरेका छन् । कार्यतालिका सार्वजनिक अघि तीन ओटै निर्वाचन क्षेत्रका क्षेत्रीय समन्वय कमिटी बैठक बसेको थियो ।
एमाले कञ्चनपुरले मंसिर १३ गते महाधिवेशन प्रतिनिधि छनोट गर्न लागेको छ । त्यसका लागि सोमबार सचिवालय बैठकले निर्वाचन कमिटी गठन गरेको थियो । निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृतले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् ।
एमाले महाधिवेशनबाट कञ्चनपुरबाट तीन निर्वाचन क्षेत्र र दलित क्लष्टरबाट १६ प्रतिनिधि छनोट हुने छन् । निर्वाचन क्षेत्र २ र १ बाट सबैभन्दा बढी ५÷५ प्रतिनिधि चयन हुने छन् । त्यसमा खुल्ला २, महिला २ र युवा १ जना प्रतिनिधि चयन हुने छन् । निर्वाचन क्षेत्र...




















