Advertisement

एमालेका कुनै नेतालाई बयानमा बोलाएमा १ लाख कार्यकर्ता सिंहदरबार पस्नेछन् : महेश बस्नेत

काठमाडौं- नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले आफ्ना नेताहरुलाई कुनै आयोगका नाममा बयान दिन बोलाएमा १ लाख कार्यकर्ता सिंहदरबार प्रवेश गर्ने बताउनुभएको छ ।
नेसनल भोलेन्टियर फोर्स (एनभिएफ)को घोषणा सभालाई सम्बोधन गर्दै नेता बस्नेतले असंवैधानिक कार्की आयोगले बयानमा बोलाउने भन्दै बेला बेला हल्ला फिंजाएको भन्दै उहाँले त्यसो भएमा आज भेला भएका भन्दा पाँच दोब्बर मानिस सिंहदरबार प्रवेश गर्ने उहाँले चेतावनी दिनुभयो । भदौ २४ गतेको अराजक जत्थाजस्तो एनभिएफले तोडफोड र आगजनी गर्ने उहाँले बताउनुभएको छ । ‘हामी भदौ २४ गतेका अराजकहरु जस्तो सिंहदरबार तोडफोड र आगजनी गर्दैनौ ’ बस्नेतले भन्नुभयो ‘बरु फूलमाला लगाएर सुशीला कार्की मन्त्रीहरुलाई सिंहदरबाट बिदाइ गर्नेछौं ।’
बस्नेतले १ लाख जनताको उपस्थितीमा सिंहदरबार भित्रै आफूहरुले आमसभा आयोजना गर्ने पनि बताउनुभएको छ । नेपो बेबी भनेर विभिन्न नेताका छोराछोरीलाई आतंकित पारिरहेकोमा उहाँले अहिलेको सरकारमा भएका ११ जनाका छोराछोरी विदेशमा भएकोले आफूतिर आउन सक्ने आरोपलाई अन्त पन्साएको उहाँले बताउनुभयो । ‘अहिलेको सरकारका प्रधानमन्त्री,मन्त्री र सरकार सम्बद्ध ११ जनाका छोराछोरी विदेशमा बस्छन्’ बस्नेतले भन्नुभयो ‘नेपो बेबीका ड्याड मम्स्ले शासन चलाएका छन् । यो जायज छैन ।’
एनभिएफको घोषणा कार्यक्रम अहिले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितीमा बबरमहलमा भइरहेको छ । पार्टीको नीति,नेतृत्व,प्राकृतिका प्रकोपमा राहात तथा उद्धारका लागि यो फोर्स परिचालन हुने बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज