Advertisement

वर्तमान सरकार वैधानिक र लोकतान्त्रिक दुवै विधि मिचेर बनेकाे एमाले अध्यक्ष ओलीको भनाई

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार वैधानिक र लोकतान्त्रिक दुवै विधि मिचेर बनेकाे सरकार भएकाे बताउनुभएकाे छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको विघटित संसदीय दलको बैठकलाई मंगलबार सम्बोधन गर्दै उहाँले प्रतिनिधि सभा विघटनदेखि नयाँ सरकार निर्माणसम्मका सबै प्रक्रिया संविधानविरुद्ध, अलोकतान्त्रिक र नियोजित सत्ता कब्जाको परिणाम भएकाे बताउनुभयाे । उहाँले भन्नुभयो, ‘संसदको विघटन हरेक कोणबाट असंवैधानिक छ, प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक हिसाबले बाघको छालामा स्यालको रजाइँ गरिएको छ, यस्तो अराजक प्रक्रियालाई हामी स्वीकार्न सक्दैनौँ।’
अध्यक्ष ओलीका अनुसार देश अहिले ऐतिहासिक दोबाटोमा उभिएको छ । ‘एकातिर विनाश, अव्यवस्था र प्रतिक्रियावादी गठबन्धनको मार्ग छ; अर्कोतिर राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, अखण्डता र समृद्धिको मार्ग’, उहाँले भन्नुभयाे ।
उहाँले यो संवैधानिक सङ्कटलाई साधारण चुनावी बहसमा रूपान्तरण गर्ने प्रयास भइरहेकोप्रति आक्रोश व्यक्त गर्नुभयो। अहिलेकाे समस्याकाे निसका प्रतिनिधि सभा पुनर्स्थापना नै भएकाे उहाँकाे धारणा छ ।
उहाँले भदौ २३ र २४ का घटनालाई देश समृद्धितर्फ अघि बढिरहेको संवेदनशील समयमा नियोजित रूपमा अराजक क्रियाकलाप भएकाे बताउनुभयाे। ‘नेपोबेबीका नाममा बालबालिकामाथि अपराध भयो, उनीहरूलाई आतङ्कित बनाइयो, आन्दोलनका नाममा फेक जेन्जी प्रयोग गरियो, माइतीघरदेखि एभरेष्ट होटेलसम्म प्रदर्शन गराइयो अनि पछि उनीहरूलाई घेराबन्दीमा पारियो,’ उहाँको भनाइ छ।
भदौ २४ को घटना कुनै आकस्मिक घटना नभई भदौ २३ कै आतंक र पूर्वतयारीको निरन्तरता भएको उहाँले टिप्पणी गर्नुभयाे ।
उहाँले वर्तमान सरकारको उत्पत्ति र आधारप्रति प्रश्न उठाउँदै भन्नुभयो, ‘यो वैधानिकता नभएको सरकार हो, यो सो–क्ल्ड सरकार हो, यो सरकार कसले बनायो ? नेपाली जनताले होइन, कसैले एकमत दिएको पनि होइन, प्रतिक्रिया र षड्यन्त्रको परिणाम मात्र हो।’
अध्यक्ष ओलीले ‘क्रान्तिबाट सरकार बनेको’ भन्ने दाबीलाई भ्रामक बताउँदै भन्नुभयो, ‘नेपालमा क्रान्ति भएको छैन, प्रतिक्रान्ति भएको छ, आगजनी, लुटपाट र तोडफोडलाई उपकरण बनाएर गठन गरिएको सरकार हो यो, न यसको टिक्ने आधार छ, न कुनै आलम्ब।’
उहाँले वर्तमान सरकारलाई संविधान विपरीत, जनमत विपरीत र लोकतान्त्रिक मूल्यमान्यता विपरीत बनेको भन्दै स्पष्ट रूपमा खारेज गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। ‘यो सरकार असंवैधानिक छ र अलोकतान्त्रिक पनि छ, यो कुरा भन्न कुनै अप्ठेरो मान्नुपर्ने छैन,’ उहाँले जोड दिनुभयो।
उहाँले प्रतिनिधि सभा पुनर्स्थनाकाे लागि कानुनी र राजनीतिक दुबै लडाईँ लड्ने बताउनुभयाे । अदालतबाट पुनर्स्थापना बाहेक अन्य फैसला गर्ने बाटाे नै नभएकाे उहाँकाे दाबी छ । यदि प्रतिनिधि सभा पुनर्स्थापना भएन भने नेपालमा संविधान नै छैन भन्ने बुझ्नु पर्ने उहाँले बताउनुभयाे ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

महेन्द्रनगर – लालझाडी गाउँपालिकाले २१ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा तिन जनालाई सम...
एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

महेन्द्रनगर – एसईई परिक्षामा चार जिपिए ल्याई उत्तीर्ण भएकी समृद्धी ऐरीलाई सम्मान गरीएको छ । बिहिबार भीमदत्त नगरपालिका १८ कटानस्थित...
भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

महेन्द्रनगर– होली फेम्लि ईग्लिस मिडियम स्कूलको आयोजनामा संञ्चालित भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता अन्तरगत सेमि...
भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

महेन्द्रनगर – भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत चौथो दिनको खेलमा शान्ती निकेतन मावि र होली फेम्ली ईग्लिस...
निरु ओलीको सचिवालय गएपछि कृपाले पाए कंचनपुर इन्चार्ज

निरु ओलीको सचिवालय गएपछि कृपाले पाए कंचनपुर इन्चार्ज

महेन्द्रनगर – एमाले केन्द्रीय सदस्य निरुदेबी पाल केहि दिन अगाडि मात्रै एमाले अध्यक्ष केपी शर्माओलीको सचिवालय प्रमुखमा चयन भएका छन्...
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

काठमाडौं, - नेकपा(एमाले) ले प्रधानमन्त्रीले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। एमाले प्रचार तथा प...
उच्च अदालत बार एसोसिएसन अध्यक्षमा पाठक र सचिवमा चौधरी निर्वाचित

उच्च अदालत बार एसोसिएसन अध्यक्षमा पाठक र सचिवमा चौधरी निर्वाचित

महेन्द्रनगर - उच्च अदालत बार एसोसिएसन महेन्द्रनगरको ६ औं कार्य समितिका लागि अध्यक्षमा भोजराज पाठक र सचिवमा रोशन लाल चौधरी निर्वाचि...
अन्तर माध्यमिक विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा सनराइज र लिटिल स्टार विजयी

अन्तर माध्यमिक विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा सनराइज र लिटिल स्टार विजयी

महेन्द्रनगर - भीमदत्त नगरपालिका–१० जिमुवास्थित होलीफेम्ली इङ्लिस मिडियम स्कुलको आयोजना तथा भीमदत्त नगरपालिकाको सह आयोजनामा शनिबारद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज