Advertisement

सरकारलाई प्रहरी पनि एमाले,अदालत पनि एमाले जस्तो लाग्न थालेको छ : अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले लोकतान्त्रिक प्रणाली अस्विकार गरेको बताउनुभएको छ ।
नेकपा एमाले बागमती प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुशीला कार्की सरकार कृतिम ढंगले गठन भएको बताउनुभयो । ‘यो सरकार लोकतन्त्रका विरुद्ध गठन गरिएको हो । यसले लोकतान्त्रि चरित्र देखाउन सक्दैन ’ अध्यक्ष ओलीले भन्नुभयो ‘यो सरकारको संवैधानिक परीक्षण हुनै पर्दछ । संविधानले यसलाई कुनै हालतले उचित ठहर्याउन सक्दैन ।’
मानिसको पुस्तासँग जोडेर जेन जी भनिएकोमा यो शब्दावलीलाई अध्यक्ष ओलीले कृतिमको संज्ञा दिनुभएको छ । ‘जेन जीका नाममा युवाहरुलाई दिग्भ्रमित पार्ने र युवालाई दुरुपयोग गर्ने काम भएको छ’ अध्यक्ष ओलीले भन्नुभयो ‘हामी सुशासनको पक्षमा,भ्रष्टाचारको विरुद्धमा लडिरहेका थियौं । यस्तो बेला युवाहरुलाई भड्काएर हामी विरुद्ध प्रयोग गरियो । देश जलाएर खरानी पारियो ।’
अध्यक्ष ओलीले आफूहरु सत्तामा हुँदा होस वा नहुँदा सधैं वाक तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको उल्लेख गर्नु भएको छ । अध्यक्ष ओलीले कुनै नाटक गरेर देश नचल्ने चेतावनी दिनुभएको छ । उहाँले फागुन २१ मा निर्वाचन गराउने कुरा यो सरकारले नसोचेको दाबी गर्नु भएको छ । नहुने निर्वाचनको भ्रममा नपर्न उहाँले सबैलाई आग्रह गर्नु भएको छ ।
‘नेतालाई बाहिर जाने आदेश छैन । जेनजीका नामले एयरर्पोट बन्द गरेको छ । प्रहरी माथी आक्रमण गरेको छ । प्रहरीलाई प्रतिवाद गर्ने आदेश छैन’ अध्यक्ष ओलीले भन्नुभयो ‘सरकारलाई प्रहरी पनि एमाले,शसस्त्र पनि एमाले,अदालत पनि एमाले,सेना पनि एमाले जस्तो लाग्न थालेको छ,कर्मचारी पनि एमाले लाग्न थालेको । रेबिज लागेको एउटा जनावरले जता पनि पानी देख्छ । ’

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज