Advertisement

एमाले महाधिवेशन प्रतिनिधि छनोटका लागि कञ्चनपुरमा निर्वाचन कार्य तालिका सार्वजनिक

महेन्द्रनगर –नेकपा एमालेको ११ औं महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न तीन ओटै निर्वाचनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।
महाधिवेशन प्रतिनिधि छनौट निर्वाचन कमिटीले मंगलबार दिउँसो निर्वाचन कार्यकतालिका सार्वजनिक गरेका छन् । कार्यतालिका सार्वजनिक अघि तीन ओटै निर्वाचन क्षेत्रका क्षेत्रीय समन्वय कमिटी बैठक बसेको थियो ।
एमाले कञ्चनपुरले मंसिर १३ गते महाधिवेशन प्रतिनिधि छनोट गर्न लागेको छ । त्यसका लागि सोमबार सचिवालय बैठकले निर्वाचन कमिटी गठन गरेको थियो । निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृतले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् ।
एमाले महाधिवेशनबाट कञ्चनपुरबाट तीन निर्वाचन क्षेत्र र दलित क्लष्टरबाट १६ प्रतिनिधि छनोट हुने छन् । निर्वाचन क्षेत्र २ र १ बाट सबैभन्दा बढी ५÷५ प्रतिनिधि चयन हुने छन् । त्यसमा खुल्ला २, महिला २ र युवा १ जना प्रतिनिधि चयन हुने छन् । निर्वाचन क्षेत्र नं। ३ बाट ४ जना र दलितबाट २ जना प्रतिनिधि चयन हुने छन् । क्षेत्र नं। ३ बाट २ खुला, १ महिला र एक युवा प्रतिनिधि छनोट हुने छन् । दलित प्रतिनिधिका २ जनामा १ महिला र १ पुरुष छन् ।
निर्वाचन कार्यतालिका सार्वजनिक अघि भएका क्षेत्रीय समन्वय कमिटी बैठकमा प्रतिनिधि छनोट सम्बन्धि छलफल गरिएको छ । सबै क्षेत्रका बैठकमा प्रतिनिधि छनोट सर्वसम्मत बनाउने जोड दिइएको छ ।

निर्वाचन क्षेत्र नं १ को क्षेत्रीय समन्वय कमिटीका संयोजक एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्टले बैठकमा प्रतिनिधि छनोट सर्वसम्मत रुपमा गर्न पर्नेमा जोड दिइएको जानकारी दिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज