‘चित्तलको उद्धारपश्चात उपचारका लागि राखिएको हो’ : मेयर ओझा
महेन्द्रनगर–कञ्चनपुरको कृष्णपुर नगरकाका नगर प्रमुख हेमराज ओझाले घाइते चित्तलको बच्चालाई उद्धार गरी उपचारका लागि मात्रै नगरपालिकामा राखिएको बताएका छन् । शनिबार पत्रकार सम्मेलन गरी अबैधरुपमा पालिएको चित्तलको विषयमा नगर प्रमुख ओझाले गलत नियतका साथ नगरपालिकामा चित्तल नराखिएको बताएका हुन् । उनले नियत सफा राखेर पालिएको र यस विषयमा पुर्व डिएफो कडेल र बर्तमान डिएफो यादबलाई मौखिक जानकारी गराएको पनि बताए ।
निगाली स्वास्थ्य चौकीमा भवन बनाउनका लागि प्रदेश सरकारको ८०÷८५ लाखको अनुदान आएको र त्यहा सालको रुख बिपतका दृष्टिकोणले नोक्सान गर्न सक्ने भएकोले रुख ब्यवस्थापनका लागि डिएफोसंग छलफलको क्रममा चित्तलको बारेमा जानकारी दिएको मेयर ओझाले बताए । आफुलाई चित्तल पाल्ने सौख नभएको उल्लेख गर्दै नगर प्रमुख ओझाले आफ्नै जमिनमा खोर बनाएर पाल्न सक्ने तर चित्तललाई उपचारका लागि मात्रै राखिएको बताए । ‘म पाल्ने भा भए मेर...




















