Advertisement

शुक्लाफाँटा नगरपालिकाले ल्यायो ९५ करोड ८४ लाख बजेट

महेन्द्रनगर–शुक्लाफाँटा नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ९५ करोड ८४ लाख ४९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार आयोजित २२ औँ नगरसभामा नगर उपप्रमुख कल्पना पन्तले आगामी आर्थिक वर्षको अनुमानित आय-व्यय प्रस्तुत गर्दै बजेट सार्वजनिक गरेकी हुन् ।
उनले प्रस्तुत गरेको बजेटअनुसार नगरपालिकाको आन्तरिक आय २ करोड ४२ लाख ८४ हजार रुपैयाँ रहने अनुमान गरिएको छ। मालपोत तथा घरजग्गा रजिष्ट्रेशन शुल्कबाट ७३ लाख रुपैयाँ, संघीय सरकारको राजस्व बाँडफाँटबाट १३ करोड ५६ लाख ४६ हजार रुपैयाँ तथा प्रदेश सरकारको राजस्व बाँडफाँटबाट ५३ लाख ५६ हजार रुपैयाँ प्राप्त हुनेछ।
त्यसैगरी, नेपाल सरकारको अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ४३ करोड ३९ लाख रुपैयाँ, प्रदेश सरकारको अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ७ करोड ९९ लाख ६३ हजार रुपैयाँ प्राप्त हुनेछ।
यस्तै, अन्य आन्तरिक आयबाट २ करोड रुपैयाँ, सडक बोर्डबाट ५० लाख रुपैयाँ तथा सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रमका लागि २५ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
व्ययतर्फ नगरपालिकाले चालु खर्चका लागि ७१ करोड ७२ लाख ४ हजार ८ सय ४३ रुपैयाँ तथा पूँजीगत खर्चका लागि २४ करोड १२ लाख ४४ हजार १ सय ५६ रुपैयाँ विनियोजन गरेको छ।

शुक्लाफाँटा नगरपालिकाले क्षेत्रगतमा आर्थिक विकासतर्फ ९० लाख ५० हजार रुपैयाँ, सामाजिक विकासतर्फ ५९ करोड ६१ लाख १४ हजार ८ सय ४३ रुपैयाँ, पूर्वाधार विकासतर्फ २३ करोड ५ लाख ९४ हजार १ सय ५६ रुपैयाँ, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १६ लाख रुपैयाँ र कार्यालय सञ्चालनतर्फ १२ करोड १० लाख ९० हजार रुपैयाँ छुट्याइएको छ।

नगरसभामा अगामी वर्षको नीति तथा कार्यक्रम नगर प्रमुख रणबहादुर महराले प्रस्तुत गरेका थिए। नगरसभाले नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित गरेको छ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बेदकोट नगरपालिकाको १अर्ब ३ करोड बढी बजेट

बेदकोट नगरपालिकाको १अर्ब ३ करोड बढी बजेट

महेन्द्रनगर – कञ्चनपुरको बेदकोट स्थानीय सरकारले साढे डेढ अर्ब बढीको बजेट ल्याएको छ । आगामी आर्थिक बर्ष ०८३/०८४ का लागि बेदकोट नगरप...
दोधाराचाँदनी नगरपालिकाका जनप्रतिनिधीको सक्रियतामा ट्रान्सफारम जडान

दोधाराचाँदनी नगरपालिकाका जनप्रतिनिधीको सक्रियतामा ट्रान्सफारम जडान

दोधारा – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं २ कमलशा टोलमा जनप्रतिनिधिको सक्रियता र पहलमा ट्रानसफर्मर जडान गरीएको छ । उक्त ट...
बेलडाँडी गाउँपालिकाको ४१ करोड ६९ लाखको बजेट

बेलडाँडी गाउँपालिकाको ४१ करोड ६९ लाखको बजेट

महेन्द्रनगर–कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको १९औँ गाउँ सभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४१ करोड ६९ लाख ७९ हजार रुपैयाँ बरा...
पुनर्वास नगरपालिकाको उन्नाइसौँ नगर सभा अधिवेशन स् रु। ७६ करोड १७ लाख ११ हजार बराबरको वार्षिक बजेट पारित

पुनर्वास नगरपालिकाको उन्नाइसौँ नगर सभा अधिवेशन स् रु। ७६ करोड १७ लाख ११ हजार बराबरको वार्षिक बजेट पारित

महेन्द्रनगर–कञ्चनपुरको पुनर्वास नगरपालिकाको उन्नाइसौँ नगर सभा अधिवेशनले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु। ७६ करोड १७ लाख ११ ह...
कृष्णपुरले ल्यायो आगामी वर्षका लागि १ अर्ब ९ करोड बजेट

कृष्णपुरले ल्यायो आगामी वर्षका लागि १ अर्ब ९ करोड बजेट

महेन्द्रनगर– कृष्णपुर नगरपालिकाले आगामी आर्थिक बर्ष २८३÷८४ का लागि १९ औँ नगर सभाबाट १ अर्ब ९ करोड रुपैँयाको बजेट ल्याएको छ । त्यसम...
कञ्चनपुरमा लागू औषधसहित एक वडा सदस्य पक्राउ

कञ्चनपुरमा लागू औषधसहित एक वडा सदस्य पक्राउ

महेन्द्रनगर – लागू औषधसहित भीमदत्त नगरपालिकाकी वडा सदस्य पक्राउ परेकी छन् । शनिबार दिउसो ३ बजेको समयमा भीमदत्त नगरपालिका वडा नं. १...
श्रीमतीमाथि तातो तेल खन्याएर फरार भएका श्रीमान् अन्ततः प्रहरीको फन्दामा

श्रीमतीमाथि तातो तेल खन्याएर फरार भएका श्रीमान् अन्ततः प्रहरीको फन्दामा

कञ्चनपुर - कञ्चनपुरमा आफ्नै श्रीमतीमाथि तातो तेल खन्याई गम्भीर घाइते बनाएका एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार...
नौ महिना कोखमा राखेर जन्माएको र अनेक दुःखले हुर्काएको सन्सतान कुलतमा लागे के होला ?

नौ महिना कोखमा राखेर जन्माएको र अनेक दुःखले हुर्काएको सन्सतान कुलतमा लागे के होला ?

समाज प्रति मेरो मनको पीडा र आग्रह रमेश बस्नेत, कञ्चनपुर आज दोधारा चाँदनी नगरपालिकाको एक सचेत नागरिकको हैसियतले जब म आफ्नो सम...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज