Advertisement

पुनर्वास नगरपालिकाको उन्नाइसौँ नगर सभा अधिवेशन स् रु। ७६ करोड १७ लाख ११ हजार बराबरको वार्षिक बजेट पारित

महेन्द्रनगर–कञ्चनपुरको पुनर्वास नगरपालिकाको उन्नाइसौँ नगर सभा अधिवेशनले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु। ७६ करोड १७ लाख ११ हजार बराबरको वार्षिक बजेट तथा कार्यक्रम संशोधनसहित पारित गरेको छ । नगर सभाध्यक्ष तथा नगर प्रमुख तोय प्रसाद शर्माले मंगलबार दिउँसो करिब ३ बजे नगर सभाको उन्नाइसौँ अधिवेशन विधिवत् रूपमा प्रारम्भ भएको घोषणा गर्नुभएको थियो ।

कार्यसूचीअनुसार नगर कार्यपालिकाकी उपप्रमुख भुलिया कुमारी रानाले आगामी आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम, वार्षिक राजस्व तथा व्ययको अनुमानसहितको संक्षिप्त बजेट भाषण सभासमक्ष प्रस्तुत गर्नुभयो । त्यसै गरी नगर प्रवक्ता तुलसी अर्याल (विनोद) ले २०८३ जेठ मसान्तसम्मको प्रगति समीक्षा प्रतिवेदन प्रस्तुत गर्नुभयो । नगर सभा अधिवेशनबाट वार्षिक नीति तथा कार्यक्रम, संक्षिप्त बजेट, न्यायिक समितिको वार्षिक प्रतिवेदन, २०८३ जेठ मसान्तसम्मको प्रगति समीक्षा प्रतिवेदन, आर्थिक विधेयक तथा विनियोजन विधेयक पारित गरिएको छ । योजना शाखाका अधिकृत सातौँ शङ्कर बोगटीले नगर सभा अधिवेशनको सहजीकरण गर्नु भएको थियो ।

नगर प्रमुख तोय प्रसाद शर्माले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका प्राथमिकताबारे जानकारी दिनुहुँदै नगरवासीको आधारभूत आवश्यकता सम्बोधन गर्ने गरी बजेट निर्माण गरिएको बताउनुभयो । उहाँका अनुसार शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पूर्वाधार विकास, विपद् व्यवस्थापन, रोजगारी सिर्जना तथा सामाजिक सुरक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको पुनर्वास नगरपालिका कार्यालय भवनको पुनर्निर्माणलाई पनि आगामी वर्षको महत्त्वपूर्ण प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो ।

उहाँले सीमित स्रोतसाधनका बाबजुद नगरको समग्र विकास, सेवा प्रवाहको प्रभावकारिता वृद्धि र जनतासम्म सहज पहुँच पुर्‍याउने लक्ष्यसहित बजेट ल्याइएको स्पष्ट पार्नुभयो । नगर प्रमुख शर्माले उत्पादनमुखी कार्यक्रम, युवालाई स्वरोजगारसँग जोड्ने योजना तथा स्थानीय स्रोतसाधनको अधिकतम उपयोगमार्फत आर्थिक गतिविधि बढाउने नीति लिइएको समेत बताउनुभयो । नगर प्रमुख तोय प्रसाद शर्माले विगतको क्षतिलाई विकासको अवरोध बन्न नदिई नागरिकलाई सहज सेवा प्रदान गर्ने लक्ष्य लिइएको उल्लेख गर्नुभयो ।

नगर सभाबाट नगरपालिकाका कर्मचारीहरूमध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने निशा चन्द, रेखा रोकाया, प्रकाश अधिकारी, जनक धामी र हिरा बोगटी सिंह सम्मानित हुनु भएको छ । त्यसै गरी सामुदायिक विद्यालयहरूमध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने पुनर्वास जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक मान बहादुर तामाङ, साहित्यकारद्वय दिननाथ बराल र गणेश न्यौपाने तथा समाजसेवी नारायणी जोशीलाई पनि सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीले जानकारी दिनुभयो ।

यस वर्षको नगर सभा अधिवेशनमा विगतभन्दा केही फरक र सकारात्मक दृश्य पनि देखियो । नगर सभा न्यूनतम खर्चमा मितव्ययी ढङ्गले सम्पन्न गर्ने उद्देश्यले सभामा उपस्थित सबैका लागि नगरपालिकाभित्रकै कर्मचारीहरू स्वयम् सम्मिलित उपसमितिले खाना पकाएर खुवाएको थियो । त्यसै गरी सहभागीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै स्थानीय क्षेत्रमै गोरसबाट उत्पादित लस्सी वितरण गरिएको थियो ।

यस कदमलाई स्थानीय उत्पादनको प्रवर्द्धनसँगै स्वास्थ्यप्रति संवेदनशील अभ्यासका रूपमा समेत हेरिएको पुनर्वास नगरपालिकाका सूचना अधिकारी कृष्ण भट्टको भनाइ छ । मितव्ययिता, स्थानीय स्रोतको उपयोग र जनमुखी विकास प्राथमिकतासहित आयोजित पुनर्वास नगर सभाले आगामी आर्थिक वर्षका लागि विकास र सेवा प्रवाहमा नयाँ अपेक्षा जगाएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

काठमाडौं ,जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गर...
पेस्तोलसहित ४ जना पक्राउ

पेस्तोलसहित ४ जना पक्राउ

महेन्द्रनगर - कञ्चनपुर प्रहरीले कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहतको वडा प्रहरी ...
कच्ची सडक, कोचाकोच यात्रा

कच्ची सडक, कोचाकोच यात्रा

रनि विवश-  शुक्रबार साझ ६ बजे । देहीमाण्डौ बजारको पूर्वी कुना शान्त थियो । महेन्द्रनगरबाट आएको यात्रु बाहक बस झ्वाम्म रोकियो । देह...
कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

महेन्द्रनगर, साउन १५ - कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशन, महेन्द्रनगरको आयोजनामा खिर दिवसको अवसर पारेर "पेशागत संघ–संस्थाहरूको सा...
चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

काठमाडौँ  : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र...
महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज