कञ्चनपुरमा ४५ लाख मूल्यबढिको भन्सार छलीको सामान बरामद
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा प्रहरीले भारतबाट भन्सार छलि नेपाली भित्र्याईएको ४५ लाख मूल्य बढिको सामान बरामद गरेको छ । बिहिबार जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ४ स्थीत बसपार्क, ब्रह्मदेव हाईवेलगायतका स्थानबाट अबैधरुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी ४५ लाख १ हजार १ सय ७९ रुपयाँ बरावरका सामान बरामद गरेको हो । भन्सार छली गरी ल्याएका आईफोन मोवाईल, डोरी, बेल्ट, सवारी साधन मर्मत गर्ने सामान लगायत विभिन्न सामान बरामद गरीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एव प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए ।
उनका अनुसार उक्त सामान नियन्त्रणमा लिई गड्डाचौकी भन्सार कार्यालय पठाईएको छ । पछिल्लो समयमा गड्डाचौकी सिमानाकाबाट आईफोन, सुट लगायतका विभिन्न सामान भन्सार छली गरी काठमाण्डौ लगायत पहाडी जिल्लामा पठाईउने गरेको तथ्य बाहिरीएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपि सागर...



















