संघर्ष र आन्दोलनबाट उदाएका नेता धामी एमाले केन्द्रीय सदस्यमा पुनः उम्मेदवार
काठमाण्डौ – कञ्चनपुरका चर्चित एमाले नेता नरबहादुर धामीले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । निवर्तमान केन्द्रीय सदस्यसमेत रहेका धामीले सोमबार दोस्रो कार्यकालका लागि सुदूरपश्चिम भुगोलबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका धामी एमालेभित्र संघर्ष, आन्दोलन र संगठन निर्माणबाट उदाएका नेताका रूपमा चिनिन्छन् ।
नेता धामीले २०४८ सालमा नेकपा(एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुको स्कुल कमिटीमार्फत राजनीतिक जीवनको सुरुवात गरेका हुन् । २०५४ सालमा अनेरास्ववियु कञ्चनपुर जिल्ला कमिटी सदस्य बनेका उनी २०५६ मा जिल्ला अध्यक्षमा निर्वाचित भए । २०५७ सालमा कञ्चनपुरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसको स्ववियु सभापति निर्वाचित धामी सोही वर्ष अनेरास्ववियुको केन्द्रीय सह–अध्यक्षसमेत बनेका थिए । २०७५ सालमा नेपाल कम्युनिस्ट पार्टी(ने...



















