कञ्चनपुर प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एसपि खत्रीले गरे पत्रकारसंग परिचयात्मक कार्यक्रम
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा प्रहरी कमाण्ड समालेका प्रहरी प्रमुख एवम एसपी खडक बहादुर खत्रीले जिल्लामा विभिन्न मिडियामा आवद्ध पत्रकारसंग परिचयात्मक कार्यक्रम गरेका छन् । एसपी खत्रीले जिल्लाको शान्ति सुरक्षा मजबुत बनाउनकालागि सबैले आआफ्नो ठाउबाट लाग्नुपर्नेभन्दै पत्रकारबाटै आएका सूचनालाई आधार बनाएर एक्सनमा जाने बताउनुभयो । ‘शान्ति सुरक्षा कायम गर्न जिल्लामा हामीलाई विभिन्न प्रकार सूचनाको आवश्यकता पर्दछन् । कुन सूचना सहि हुन कुन होईनन् पत्रकारबाट आएका सूचना बढि विश्वसनिय हुन्छन् जसको आधारमा एक्सन गर्न सजिलो पनि हुन्छ,’ प्रहरी प्रमुख एसपीले भन्नुभयो ‘तपाईका सूचनाका आधारमा एक्सनमा जान्छौ, तपाईहरुले अंगालेको पेशा हाम्रो सहयोगीरुपमा लिएका छौ । पत्रकारीता भनेको समाजको ऐना नै हो ।’
एसपि खत्रीले समाज सुधारमा यहाका पत्रकारको रचनात्मक सहयोगको अपेक्षा गरेको समेत बताउनुभयो । कार्यक्रमम...




















