Advertisement

कञ्चनपुरमा जेठदेखि लालपुर्जा वितरण गर्ने भुमी आयोगको तयारी

महेन्द्रनगर–कञ्चनपुरमा भुमी समस्या समाधान आयोगले आफ्नो कार्यलार्य तिव्र बनाएको छ । आयोग गठन भएको तीन महिनामै कञ्चनपुरमा आयोगले लालपुर्जा वितरणको अन्तिम तयारी थालेको हो ।

भुमी आयोग कञ्चनपुरका अध्यक्ष नेत्र प्रकाश पन्तले सेतो पुर्जा विरतण भएकालाई लालपुर्जा वितरण गर्ने तयारी भईरहेको बताउनुभयो । उनका अनुसार आयोगले सेतो पुर्जा वितरण भएका जग्गाधनिको फाईल अध्ययनको काम भईरहेको छ । आयोगले फाईल अध्ययन गरि आवश्यक कागजात भए नभएको प्रमाणित गरि पुर्जा वितरण गर्ने भुमि आयोग कञ्चनपुरका अध्यक्ष पन्तले बताउनुभयो ।

आयोगले भीमदत्त नगरपालिकामा तीन सय ६० र दोधरा चादनी नगरपालिकाका एक चार फाईलको काम सकिएको जनाएको छ । जिल्ला भरिमा अघिल्लो आयोगले चार हजार ६५ सेतो पुर्जा वितरण गरेको थियो । जेठसम्म एक हजार लालपुर्जा वितरण गर्ने आयोगको लक्ष्य छ ।

अघिल्ला आयोगले गरेका अधुरा कामहरु पुरा गदैँ छौँ,’ आयोगका अध्यक्ष पन्तले भने ‘पहिलो चरणमा सेतो पुर्जा वितरण गरेकालाई लालपुर्जा वितरण गछौँ, सँग–सँगै आवेदन परेको फाईलहरु प्रमाणीकरण गर्ने र कम्प्युटर सिष्टममा अपडेट गर्ने काम भईरहेको छ ।’

कञ्चनपुरमा भुमिहिन दलित, भुमिहिन सुकुम्बासी, अव्यवस्थित बसोवासी गरि ७२ हजार नौ सय ३० वटा आवेदन परेका छन् । आयोग गठन भएको पछिल्लो तीन महिनामा कञ्चनपुरमा आठ हजार ९२ फाईल प्रमाणीकरण गरिएको छ ।

 

त्यस्तै स्थानीय तहका प्रमुख, वडा कार्यालयसँगै समन्वयात्मक बैठकसँगै प्राविधिकहरु तालिम दिईएको अध्यक्ष पन्तको भनाई छ । भुमी सम्बन्धि समस्या लामो समयदेखि समाधान हुन नसकेको बताउँदै अध्यक्ष पन्तले भने ‘अहिलेको सरकारले पनि आयोगको कामलाई उच्च प्राथकिमतामा राखेको छ, जग्गा प्राप्तीमा विगतमा तोकिएको राजस्व पनि अकल्पनिय हिसाले घटाएको छ, कञ्चनपुरमा दुईदेखि अढाई वर्षभित्रमा लालपुर्जा वितरण गरिसक्ने हाम्रो लक्ष्य छ ।’
साथै श्रोत साधनको अभावले कार्यालय व्यवस्थापन तथा सञ्चालनमा असजता भएको उनले गुनासो पनि गरे ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज