कञ्चनपुरमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने विपद व्यवस्थापन समिति बैठकको निर्णय
महेन्द्रनगर – कञ्चनपुर जिल्लामा विपद व्यवस्थापनलाई प्रभावकारी बनाईने विपद व्यवास्थापन समितिले निर्णय गरेको छ । बिहिवार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) मदन कोइरालाको अध्यक्षतामा बसेको विपद व्यवस्थापन समिति बैठकले मनसुनजन्य विपद पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय योजना–२०८२ अनुसार जिल्लामा पूर्वतयारी तथा प्रतिकार्य योजना स्वीकृत गर्ने निर्णय गरेको हो । उनका अनुसार बैठकले विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यका कार्यक्रमहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित निकायहरूलाई निर्देशन समेत दिएको छ ।
समितिले विपद् व्यवस्थापनसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित निकायबीच समन्वय गर्दै प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था पनि गरेको छ।
बैठकले जिल्लामा विपद् जोखिम न्यूनीकरण र प्रभावकारी व्यवस्थापनका लागि विभिन्न नीतिगत तथा कार्यान्वयन सम्बन्...


















