Advertisement

कञ्चनपुरमा ७३ औँ कानुन दिवस मनाइयो

महेन्द्रगनर–उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले एक कार्यक्रमको आयोजना गरी कानुन दिवस मनाएको छ । ‘छिटो छरितो न्याय, सबैका लागि न्याय’ भन्ने नाराका साथ कञ्चनपुरमा पनि कानून दिवस मनाइएको हो । शुक्रवार एक कार्यक्रम गर्दै ७३ औँ कानुन दिवस मनाइएको उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका रजिस्ट्रार जनक बहादुर बोहराले जानकारी दिनुभयो ।

कार्यक्रममा उच्च अदालत दिपालय महेन्द्रनगर इजलासका न्यायधिस उज्ज्वल सुक्ल, न्यायधीस फृर्पा तामाङ, रजिष्ट्रार जनक बहादुर बोहरा, उच्च सरकारी वकिल कार्यालयका प्रमुख उप महान्यायाधिवक्ता धर्मराज जोशी, जिल्ला अदालत कञ्चनपुरका न्यायधिस राजेन्द्र सिंह भण्डारी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) खड्क बहादुर खत्री, जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार तारा प्रसाद जोशी लगायतको उपस्थिति रहेको थियो ।
समारोहमा बोल्नुहुँदै रजिस्ट्रार जनक बहादुर बोहराले न्याय सम्पादनको क्रममा नागरिकको हक र अधिकारको सुनिश्चितताका लागी न्यायालयको सधैँ अहम् भूमिका रहने प्रतिबद्धता जनाउनुभयो । ‘संवैधानिक सर्वोच्चता, कानुनी शासन स्थापना गर्नका लागी सर्वौच्च अदालतले अहम् भूमिका खेल्दै आइरहेको छ, उहाँले भन्नुभयो,–‘आगामी दिनमा पनि सर्वौच्च अदालतकै मातहतमा रहेका अदालत सधैँ न्यायका पक्षमा रहने छन् ।’

कार्यक्रम अध्यक्ष एवम् उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका न्यायाधीश शुक्लले स्वतन्त्र न्याय पाएको दिनको सम्झना स्वरूप यस दिवसलाई मनाउँदै आइएको बताउनुभयो । स्वच्छ, निष्पक्ष, छिटो, छरितो एवं गुणस्तरीय न्याय सम्पादन र प्रभावकारी सेवामार्फत न्यायालयमा सुदृढ एवं भरोसायोग्य न्याय प्रणालीको स्थापना र विकासका हुँदै गएको उहाँले बताउनुभयो । न्यायमा सबैको समान पहुँच पुग्नुपर्नेमा जोड दिनुहुँदै उहाँले विगतका कमीकमजोरीहरूलाई सुधार्दै लैजाने प्रतिवद्धता जनाउनुभयो ।
उच्च सरकारी वकिल कार्यालय कञ्चनपुर उप महान्यायाधिवक्ता जोशीले निष्पक्ष, प्रभावकारी र छिटोछरितो ढङ्गले न्याय पाउन सकेमा न्याय प्रति विश्वास कायम रहिरहने बताउनुभयो ।
कानुन व्यवसायीहरूले पनि सर्वसाधारणलाई छिटो, छरितो न्याय दिने गरी न्याय सम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । वरिष्ट अधिवक्ता नारायण प्रसाद खत्रीले न्याय नपाएर छटपटिएका सर्वसाधारणलाई छिटो न्याय दिने गरी काम गर्न न्यायाधिसहरुलाई अपिल गरे । कार्यक्रममा बोल्नुहुँदै पूर्व पार्षद् प्रकाश पाण्डेले न्यायमा सबैको पहुँच र न्यायालयमा भएका कमीकमजोरी सुधार हुँदै जानुपर्ने बताउनुभयो ।
विसं २००८ सालमा प्रधान न्यायालय ऐन जारी भई २००९ साल वैशाख २६ गते राजा त्रिभुवनबाट लालमोहर लगाएको दिनको स्मरणमा यो दिनलाई कानुन दिवसका रूपमा मनाइँदै आइएको छ ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

कञ्चनपुर - बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि कञ्चनपुरका एक पुर्व विद्यार्थी नेताले उपचार खर्च सहयोग गरेका छन । सरकारी ...
दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

महेन्द्रनगर, — एनएमबी बैंक लिमिटेड, शाखा कार्यालय महेन्द्रनगरले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत कञ्...
सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

कञ्चनपुर – कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट ख...
गैराबारीको खेतीयोग्य जमिन कटानबाट जोगाउन श्रमदानमा जैविक तटबन्ध निर्माण सुरु

गैराबारीको खेतीयोग्य जमिन कटानबाट जोगाउन श्रमदानमा जैविक तटबन्ध निर्माण सुरु

दोधारा चाँदनी - कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका–८ गैराबारी टोलस्थित नदी किनारमा वर्षाको पानीका कारण भएको कटान नियन्त्रण ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज