Advertisement

ट्रेन्डिङ

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरणमा किरण विष्टले मानसखण्ड दैनिकका प्रकाशक तथा सम्पादक भण्डारीविरुद्ध दिएको गाली–गलौज तथा बेइज्जती मुद्दामा कञ्चनपुर जिल्ला अदालतले एक महिना कैद, जरिवाना र क्षतिपूर्तिको फैसला गरेपछि भण्डारीले उक्त अभिव्यक्ति दिएका हुन् ।   उनले जिल्ला अदालत कञ्चनपुरले आफूविरुद्ध गरेको फैसला स्वागतयोग्य रहेको विचार राख्दै सामाजिक सञ्जाल फेसबुकमा उक्त फैसलाले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको उल्लेख गरेका छन् । ‘म यो फैसलालाई निर्मला प्रकरणको कोशेढुंगा मान्छु किनभने अब निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको छ। फैसला शीरोधार्य गर्छु। जिल्ला अदालतले अहिलेसम्म तत्कालिन एसपी डिल्लीराज विष्टका छोरा किरणराज विष्टले मेराविरुद्ध हालेको मुद्दा अलमल गर्दै आइरहेको थि...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ। न्यायधीश राजेन्द्र सिंह भण्डारीको एकल इजलासले बिहिबार पत्रकार भण्डारलाई गाली बेइज्जतीको मुद्दामा दोषी ठहर गर्दै एक महिना कैद, १० हजार जरिवाना र एक लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो । बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामा तथ्यहीन रुपमा आफूलाई जोड्दै समाचार लेखेको भन्दै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज बिष्टका छोरा किरण बिष्टले पत्रकार भण्डारीविरुद्ध मुद्दा दायर गरेका थिए।   पत्रकार भण्डारीलाई गाली बेइज्जतीको कसुरमा १ महिना कैदका साथै १० हजार जरिवाना र १ लाख क्षतिपूर्ति तिराउनेको फैसला भएको कन्चनपुर जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले बताए। अदालतको फैसलालाई सम्मान...
माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा फेरी भट्ट

माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा फेरी भट्ट

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर : नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताको जिम्मेवारी फेरि खगराज भट्टले पाएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका पदाधिकारीको उपस्थितिमा डडेल्धुरामा बसेको संसदीय दलको बैठकले दलको नेतामा भट्टलाई पुर्नवहाली गर्दै निरन्तरता दिने सर्वसम्मत निर्णय गरेको हो । प्रदेश सभा सदस्य शिवसिंह ओलीले बैठकले सर्वसम्मत रूपले दल नेता परिवर्तन गरेको जानकारी दिए । उनकाअनुसार उपनेता, प्रमुख सचेतक र सचेतकका सम्बन्धमा भने कुनै निर्णय भएको छैन् । १२ माघ २०८० मा उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बहुमत सांसदको बैठकले भट्टलाई हटाउदै दल नेतामा मानबहादुर धामीलाई चयन गरेको थियो । त्यसपछि माओवादी प्रदेश संसदीय दल विभाजित बनेको थियो । पार्टीका स्थायी कमिटी सदस्य समेत रहेका भट्टलाई दलको नेतामा निरन्तरता दिन पार्टी ...
स्थापना दिवसको उपलक्ष्यमा युवा विद्यार्थीद्वारा रक्तदान

स्थापना दिवसको उपलक्ष्यमा युवा विद्यार्थीद्वारा रक्तदान

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर : कञ्चनपुर जिल्लामा एमाले निकट युवा संगठन युवा संघ नेपाल र विद्यार्थी संगठन अनेरास्ववियू ले स्थानापना दिवसको उपलक्ष्यमा संयुक्तरुपमा रक्तदना गरेका छन् । ‘देशलाई सबैखाले भ्रष्टाचारको काण्डबाट मुक्त गरौँ’ भन्ने मुल नाराका साथ युवा संघको ३६ औ र विद्यार्थी संगठन अनेरास्ववियुको ६१औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरीएको हो । कञ्चनपुर जिल्लामा युवा सघको ३६औँ र अनेरास्ववियुको ६१औँ स्थापना दिवसको अवसरमा संयुक्तरुपमा रक्तदान कार्यक्रम गरी मनाईएको राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरका जिल्ला अध्यक्ष डिवि विष्टले बताउनुभयो । अध्यक्ष विष्टले देश र जनताका लागि आवश्यक परेका बेला युवा संघ र अनेरास्ववियूमा आवद्ध व्यक्तिले आफ्नो ज्यान बाजी लगाउन सक्छन भन्ने सन्देश दिनको लागि उक्त कार्यक्रमको आयोजना गरीएको बताउनुभयो । अनेरास्ववियुका अध्यक्ष अमर सिह धामीले संयुक्त रुपमा गरिए...
आर्थिक अभावमा क्यान्सरपीडित सुदूरका युवा जमन कार्की संकटमा

आर्थिक अभावमा क्यान्सरपीडित सुदूरका युवा जमन कार्की संकटमा

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर - आर्थिक अभावमा सुदूरपश्चिम प्रदेश दार्चुलाका एक युवा संकटमा परेका छन । लामो समयदेखि क्यान्सर रोगसंग लडिरहेका महाकाली नगरपालिका २पण्डोराका जमन सिह कार्की संकटमा परेका हुन । कार्की चार महिनादेखि शिक्षण अस्पताल महाराजगंज काठमाण्डौँमा उपचारार्थ छन । कञ्चनपुर महेन्द्रनगर स्थित सिद्धनाथ विज्ञान क्याम्पसका पुर्व विद्यार्थी समेत रहेका कार्की हाल बुटबल बस्दै आएका छन । उनी क्यान्सर रोगसंग लडिरहेका छन । आर्थिक अभावमा कार्कीको उपचार संकटमा परेको परिवारजनले जनाएका छन । दार्चुलाका किसान लालसिह कार्कीका छोरा जमन सिह कार्कीको उपचारमा भएको पैशा सकिएपछि संकटमा परेका हुन । क्यान्सर पीडित कार्कीका भिनाजु सुरेश सिह भण्डारीले उनको उपचारका लागि लाखौँ रकम खर्च भईरहेको बताए । ‘भएको पैशा चार महिनादेखि उपचारमै सकियो, ऋण निकालेर पनि उपचार गरियो, अब त त्यो पैशा पनि सकियो, अस्पतालमा अझै पैशा...
महाकाली नदीमा विपदपूर्व तयारी कृत्रिम नमुना अभ्यास प्रदर्शन

महाकाली नदीमा विपदपूर्व तयारी कृत्रिम नमुना अभ्यास प्रदर्शन

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
रिदम पन्त, महेन्द्रनगर–कञ्चनपुरस्थीत महाकाली नदीमा विपदपूर्व तयारी कृत्रिम नमुना अभ्यास प्रदशन गरीएको छ । बुधबार जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ११ भुजेलास्थीत महाकाली नदीमा नेपाली सेनाको श्री बराहदल गुल्म भगतपुरले जिल्लास्थीत सुरक्षा निकायहरुसंगको समन्वय तथा जिल्ला प्रशासन कार्यालय कञ्चनपुर संगै निड्स नेपाल, एनएनएसडव्ल्यूए, मर्सिकोर, नेपाल रेडक्रस लगायतका विभिन्न संघ संघसंस्थाहरुको सहकार्यमा ‘अभ्यास मनसुन ५’ नामक विपदपूर्व तयारी कृत्रिम नमुना अभ्यास प्रदर्शन गरेको हो ।   कार्यक्रममा बाढी तथा प्राकृतिक प्रकोपको वेला जोखिममा परेका ब्यक्तिहरुलाई कसरी उद्दार गर्ने, धानजनको क्षतीकम गर्न सावधानी कसरी अपनाउने, घाईतेको प्राथमिक उपचार कसरी गर्ने र उनीहरुलाई कसरी अस्पतालसम्म पु¥याउने बारे नमुना अभ्यास गरीएको छ । प्राकृतिक विपदको जोखिम रहेको क्षेत्रका स्थानीयहरुको विपद प्रति...
कञ्चनुरमा महेन्द्र राजमार्ग अवरुद्ध

कञ्चनुरमा महेन्द्र राजमार्ग अवरुद्ध

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुरमा महेन्द्र राजमार्ग बन्द गरिएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–२ वंकमा ठायर बालेर सडक अवरुद्ध पारिएको हो। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले बुधवार दिउँसो पौने ३ बजेबाट राजमार्ग अवरुद्ध भएको बताएको छ। कृष्णपुर नगरपालिका–२ वंक चौकस्थित महेन्द्र राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६८३ नम्बरको बोलेरो जिपले सोही ठाउँका ५० वर्षीय महेन्द्र बिष्टलाई मङ्गलवार ठक्कर दिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएपछि परिवारका सदस्यहरू तथा आफन्तहरूले राजमार्ग बन्द गरेका हुन्। बझाङको छबिस पाथिभेरा गाउँपालिका–२ का २१ वर्षीय चालक रवि रोकायालाई जिपसहित प्रहरीले नियन्त्रणमा लिएको थियो।...
राष्ट्रिय जेष्ठ नागरीक समाज नेपाल भीमदत्त नगरपालिका कार्यसमितिद्धारा दिवासेवा कार्यक्रम सम्पन्न

राष्ट्रिय जेष्ठ नागरीक समाज नेपाल भीमदत्त नगरपालिका कार्यसमितिद्धारा दिवासेवा कार्यक्रम सम्पन्न

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – राष्ट्रिय जेष्ठ नागरीक समाज नेपाल भीमदत्त नगरपालिका कार्यासमितिद्धारा दुईदिने ‘दिवासेवा कार्यक्रम’ सम्पन्न भएको छ । सोमबार र मंगलबारगरी दुई दिनसम्म चलेको दिवासेवा कार्यक्रम मंगलबार सम्पन्न गरीएको हो । कार्यक्रम भीमदत्त नगरपालिका वडा नंम्बर १८को राधाकृष्ण मन्दिर वरपिपलचोकमा गरीएको थियो । दुई दिने दिवासेवा कार्यक्रम अन्तरगत जेष्ठ नागरीकविचमा भलाकुसारी, भजनकृतन, धार्मिक प्रवचन र योगसम्बन्धी आधारभूत शिक्षा दिईएको राष्ट्रिय जेष्ठ नागरीक समाज नेपालक भीमदत्त नगर कार्यसमिति सचिव गोपाल सिंह खत्रीले बताउनुभयो । उक्त समापन कार्यक्रमको सभापतित्व राष्ट्रिय जेष्ठ नागरकि समाज नेपाल भीमदत्त नगरकार्यसमिति अध्यक्ष डम्बर बहादुर सिंहले गरेका थिए भने प्रमुख अतिथि भीमदत्त नगरपालिका वडा नंम्बर १८का वडाध्यक्ष रविन्द्र देवकोटा रहेका थिए । कार्यक्रमको संञ्चालन राष्ट्रिय जेष्ठ नागरकि समाज...
‘उप प्रमुख गरिव विपन्न सहयोग कार्यक्रम’ मार्फत उप प्रमुख जोशी विपन्नको घरदैलोमा

‘उप प्रमुख गरिव विपन्न सहयोग कार्यक्रम’ मार्फत उप प्रमुख जोशी विपन्नको घरदैलोमा

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
हेमा भट्ट, महेन्द्रनगर– भीमदत्त नगरपालिका “उपप्रमुख गरिब विपन्न सहयोग कार्यक्रम” अन्तर्गत भीमदत्त नगरपालिकाकी उपप्रमुख निलम लेखक जोशीले विपन्न, दलित तथा असहाय १५ घरधुरीको घरघरमा पुगेर खाद्यान्न वितरण गरेकी छिन् ।   वडा नं ३, ४, ५, ७, ८ र १९ का स्थायी बासिन्दाहरूमध्ये छानिएका अति विपन्न परिवारहरूसम्म उपप्रमुख स्वयं घरदैलोमै पुगी खाद्यान्न हस्तान्तरण गरेकी हुन् । खाद्यान्न वितरणपछिको अनुभव साझा गर्दै उपप्रमुख जोशीले भनिन्, “जब म ती परिवारहरूको आँगनमै पुगेर राहत सामग्री दिएँ, त्यतिबेला मेरो मन पनि हलुका भयो। सहयोगको सानो प्रयासले कसैको चुल्हो बल्दोरहेछ भन्ने अनुभूति अत्यन्त सन्तोषजनक रह्यो।” उनले नगरपालिकाको तर्फबाट आगामी दिनमा अझ प्रभावकारी सहयोगका कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउँदै भनिन्, “यस वर्ष बाढीका बेला कोही समस्या नपरोस् भनेर नगरपालिकासँग समन्वय गरी पूर्वतयार...
मेधावी सेकेण्डरी स्कूलद्धारा २५६९औ बुद्ध जयन्ती विबिध कार्यक्रम गरी मनायो

मेधावी सेकेण्डरी स्कूलद्धारा २५६९औ बुद्ध जयन्ती विबिध कार्यक्रम गरी मनायो

ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–मेधावी सेकेण्डरी स्कूल महेन्द्रनगरले विबिध कार्यक्रम गरी २५६९औ बुद्ध जयन्ती मनाएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो। सोमबार स्कूलले ड्रईङ कम्पिटिसन, बक्तित्वकला प्रतियोगिता र रौटेलस्थीत बैजनाथ मन्दिर परिसरमा सरसफाई तथा बादरहरुलाई फलफुल खुवाएर गौतम बुद्ध जयन्ती मनाईएको हो । कक्षा ८ र ९ का विद्यार्थीहरुले कञ्चनपुर जिल्लाकै धार्मिक तथा पर्यटकिय स्थल रौटेलामा रहेको बैजनाथ मन्दिर परिसरमा सरसफाई गरेको स्कूलका विज्ञान शिक्षक शिवम बस्नेतले बताउनुभयो । उहाँका अनुसार विद्यालयका प्रिन्सिपल एवं एमडि महाशर्मा न्यौपानेलगायत शिक्षक र ९० जना विद्यार्थी सरसफाई कार्यक्रममा सहभागि भएका थिए । त्यसैगरी मन्दिरपरिसरमै बादरहरुलाई पनि केरालगायतका फलफुल खान दिए...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज