कञ्चनपुरमा निजी विद्यालय संचालकको आन्दोलनलाई सत्ताधारी दलहरुको ऐक्यवद्धता
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा निजि विद्यालय संञ्चालकहरुको आन्दोलनलाई सत्तारुढ दलहरुले ऐक्यवद्धता जनाएका छन् । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमाले कञ्चनपुरका तर्फबाट आन्दोलनको क्रममा गरीएको बृहत अन्तरक्रिया कार्यक्रममा सहभागि भएका क्रमश उप सभापति मिन बहादुर सिंह र उपाध्यक्ष जनकराज अवस्थीले निजी विद्यालयका संचालकहरुले गरिरहेको आन्दोलनमा साथ सर्मथन एव ऐक्यबद्धता जनाएका हुन ।
निजी विद्यालयका संचालकहरुले सरकारद्धारा ल्याएको विद्यालय शिक्षा ऐन संशोधनको माग राखि गरेको आन्दोलनलाई नेपाली काँग्रेस जिल्ला उपसभापति मिन बहादुर सिहले समग्र शिक्षा क्षेत्र तहसनहर गर्ने हिसाबले ल्याएको ऐन प्रभावकारी नहुने भन्दै खारेजीको माग अघि सारेका छन । उपसभापति सिहले पाटीका तर्फबाट आन्दोलनमा ऐक्यबद्धता जाहेर गर्दै समितिमा केही सदस्यलाई लिएर दृष्टिविहीनले हात्तीलाई छामेको कथा सुनाउँदै त्यसरी विधेयकमा त्यस्ता प्...




















