स्वतन्त्रको एकता महाकाली–मेची यात्रा गड्डाचौकीबाट हुदै
महेन्द्रनगर–स्वतन्त्रको एकता महाकाली मेची यात्रा गड्डाचौकीबाट सुरु हुने भएको छ । समृद्ध राष्ट्र निर्माणका लागि संकल्प अभियान नेपालले मंगलबारदेखि यात्रा गर्न लागेको छ । कञ्चनपुर उद्योग बाणिज्य संघ सभा कक्षमा पत्रकार सम्मेलन गरी यात्राबारे जानकारी दिइएको हो । महाकाली प्रादेशिक अस्पतालका पूर्व अध्यक्ष कृष्णदत्त जोशी बोक्सर सहित विभिन्न क्षेत्रका अगुवाहरु पत्रकार सम्मेलनमा सहभागी भएका छन् ।
समृद्ध राष्ट्र निर्माणका लागि संकल्प अभियान नेपालका संयोजक प्रेमराज भट्टले नागरिकलाई स्वतन्त्र बनाउने उद्देश्यले देशभर सन्देश फैलाउन यात्रा गर्न लागिएको बताए । ‘स्थानीय नागरिक स्वतन्त्र हुनु पर्छ, तपाई पत्रकार, पत्रिका पनि स्वतन्त्र हुनु पर्छ, कर्मचारी पनि स्वतन्त्र हुनु पर्छ भनेर अभियान गोदावरीमा अभियान चलायौ, त्यसपछि यसलाई देशव्यापी बनाउन पर्छ भनेर यो यात्रा गरि रहेका छौ’ पत्रकार सम्मेलनमा उनले भने ।
दे...




















