Advertisement

ट्रेन्डिङ

निजामती कर्मचारी युनियन कञ्चनपुरले विबिध कार्यक्रम गरी स्थापना दिवस मनायो, विभिन्न व्यक्तित्व सम्मानित

निजामती कर्मचारी युनियन कञ्चनपुरले विबिध कार्यक्रम गरी स्थापना दिवस मनायो, विभिन्न व्यक्तित्व सम्मानित

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति कञ्चनपुरले विबिध कार्यक्रम गरी मनाएको छ । बिहिबार स्थापना दिवसको अवसरमा मुल समारोहको आयोजना गरेको युनियन कञ्चनपुर कार्यसमितिले भदौ १६ गतेदेखि १८ गतेसम्म व्यटमिन्टन प्रतियोगिता, १८ गते रक्तदान कार्यक्रम गरेको हो । आज निजामति कर्मचारी युनियन कञ्चनपुरले ब्याटमिन्टन प्रतियोगितामा प्रथम द्धितिय, तृर्तीय हुने सहभागि खेलाडिहरुलाई पुरस्कार वितरण लगायतको कार्यक्रम गरेको छ । व्यटमिन्टन प्रतियोगितामा संघ, प्रदेश र स्थानीय तह अन्र्तगतका कार्यालहरुमा कार्यरत कर्मचारीविच प्रतिस्पर्धा गराईएको थियो । प्रतियोगिताको प्रथम स्थान हात पार्न सफल महेश प्रशाद भट्ट र मदन भन्डारीलाई नगद पुरस्कार सहित प्रमाणपत्र, मेडल प्रदान गरीएको छ । त्यसैगरी द्धितिय स्थान प्राप्त गर्न सफल गणेश बहादुर सिह र नन्द राज भट्टलाई पनि नगद पुरस्कार सहित प्रमाणपत्र, मेडल प्...
विधान संशोधन केवल कागजको अभ्यास होइन, राजनीतिक इमानदारीको परीक्षण हाेस

विधान संशोधन केवल कागजको अभ्यास होइन, राजनीतिक इमानदारीको परीक्षण हाेस

samachar, ट्रेन्डिङ, ताजा अपडेट, विचार, शिक्षा
-प्रेमचन्द्र झा नेकपा (एमाले) ले आफ्नो विधान संशोधनको तयारी गरिरहेको छ, जसले पार्टीको मूल विचारधारादेखि सदस्यता संरचनासम्मका विषयमा गहिरो परिवर्तन ल्याउने संकेत दिएको छ। मार्क्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवाद (जबज) लाई पार्टीको केन्द्रीय सिद्धान्तको रूपमा स्वीकार्दै आएको एमालेले अब यी विचारधाराहरूलाई नमान्ने व्यक्तिहरूलाई समेत पार्टीको सदस्यता दिन सक्ने गरी विधान परिवर्तन गर्न लागेको छ। यसले पार्टीभित्र एक गम्भीर बहस र आलोचना जन्माएको छ, जसको प्रभाव संगठन, कार्यकर्ता मनोबल र आम जनताको विश्वासमा पर्ने देखिन्छ। विगतमा एमालेले पार्टी सदस्यता दिनुअघि राजनीतिक दृष्टिकोण र सिद्धान्तको परीक्षण गर्थ्यो। खासगरी जबज स्वीकार्नेलाई मात्र संगठनमा समावेश गरिन्थ्यो। तर अहिले उक्त प्रावधान हटाउँदै विचारधारात्मक प्रतिबद्धता नभएका व्यक्तिलाई पनि सदस्यता दिने निर्णय हुँदैछ। यस्ता निर्णयहरू ‘व्यापकत...
एमालेको विधान महाधिवेशनको तयारी पूरा, दुई हजार भन्दा बढी प्रतिनिधि सहभागी हुने

एमालेको विधान महाधिवेशनको तयारी पूरा, दुई हजार भन्दा बढी प्रतिनिधि सहभागी हुने

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
काठमाडौँ – नेकपा एमालेको विधान महाधिवेशनको तयारी पूरा भएको छ । बुधबार पार्टी कार्यालय च्यासलमा एमालेले पत्रकार सम्मेलन गर्दै महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । यही शुक्रबार(भदौ २० देखि) गोदावरीस्थित सनराइज हलमा नेकपा एमालेको विधान महाधिवेशन सुरु हुँदैछ । विधान महाधिवेशनमा दुई हजार ३३ प्रतिनिधिसहित दुई हजार ३४९ जना सहभागी हुनेछन् । एमालेले १०औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि नै आगामी विधान महाधिवेशनका प्रतिनिधि हुने भनेको छ । १०औँ महाधिवेशनपछि मनोनीत भएका वा अन्य पार्टीबाट समायोजन भएर केन्द्रीय सदस्य भएकाहरूलाई पनि प्रतिनिधित्व गराउन नमिल्ने भएकाले उनीहरूसमेत आयोजकका हैसियतमा मात्रै सहभागी हुनेछन् ।...
गोल्डमिडिलिष्ट युवा निर्माण व्यवसायी दिपक भट्ट कञ्चनपुर निर्माण व्यवसायी संघ उपाध्यक्षको दौडमा

गोल्डमिडिलिष्ट युवा निर्माण व्यवसायी दिपक भट्ट कञ्चनपुर निर्माण व्यवसायी संघ उपाध्यक्षको दौडमा

samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरका युवा निर्माण व्यवसायी दिपक भट्ट संघको पदाधिकारीकोे दौडमा देखिएका छन । आउँदो २० र २१ भदौँमा हुने निर्माण व्यवसायी संघ कञ्चनपुरको १५ औँ कार्यकारी समितिका लागि हुने निर्वाचनमा भट्ट उपाध्यक्ष पदका उम्मेदवार हुन । निरञ्जन प्रशाद भट्ट प्यानलबाट उपाध्यक्षका उम्मेदवार भट्ट अहिले चुनावी मैदानमा उत्रिएका छन । उनी आफ्नो सिङ्गो प्यानल र आफुलाई जिताउन मतदातासंग भेटघाट छलफलमा व्यस्थ छन । डेढ दशकदेखि प्रत्यक्ष निर्माण व्यवसायको क्षेत्रमा कार्यरत युवा अब्बल निर्माण व्यवसायी भट्ट निर्माण व्यवसायी संघ कञ्चनपुरको उपाध्यक्ष पदको प्रभावशाली उम्मेदवार हुन । भट्ट नेशनल कन्स्ट्रक्सन प्रालिका निर्देशक हुन । ११बैशाख ०७६सालमा सम्पन्न भएको निर्माण व्यवसायी संघको १३औँ कार्य समितिको सदस्यमा निर्वाचित भएका भट्ट दोस्रो पटक २५ भदौँ ०७९ सालमा सम्पन्न भएको १४औँ कार्य समितिको निर्वाचनमा कोषाध्यक्षमा न...
निर्माण व्यवसायी संघको सहकोषाध्यक्षमा कार्की लड्दै, सबै व्यवसायीको प्रतिनिधि बन्ने संकल्प

निर्माण व्यवसायी संघको सहकोषाध्यक्षमा कार्की लड्दै, सबै व्यवसायीको प्रतिनिधि बन्ने संकल्प

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा निर्माण व्यवसायीहरुलाई चुनाव लागेको छ । आउदो शनिबार २१ भदौमा निर्माण व्यवसायी संघ कञ्चनपुरको नया कार्यसमिति चयन गर्न निर्वाचन कार्यतालिका रहेको छ । यसैक्रममा जिल्लाको दक्षिणी बेल्टका युवा निर्माण व्यवसायी चित्र बहादुर कार्की पनि भोट माग्न व्यस्त रहेका छन् । संघमा उनी आफ्नो सिङ्गो टिम पुष्पराज अवस्थी नेतृत्वको प्यानल जिताउनका लागि मत मत मागिरहेका छन् । १४औ कार्यसमितिमा सानदार मतका साथ सदस्य पदमा जित हासिल गरेका कार्की जिल्लाकै चार पालिका रहेको दक्षिणी क्षेत्रकोे भुगोलबाट सघको पदाधिकारीमा एक्ला उमेदवार हुन् । युवा निर्माण व्यवसायीका पक्षमा लागेका पुष्पराज नेतृत्वको प्यानलबाट सहकोषाध्यक्ष पदमा उमेदवारी घोषणा गरेका कार्की डेढ दशकदेखि निर्माण व्यवसायी क्षेत्रमा सकृय युवा निर्माण व्यवसायी हुन् । कार्की केदार निर्माण सेवा प्रालिमार्फत स्थानीय स्तरदेखि जिल्ला बाहिर स...
कञ्चनपुरमा एक युवा नहरमा बेपत्ता

कञ्चनपुरमा एक युवा नहरमा बेपत्ता

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर –कञ्चनपुर जिल्लाको बेदकोटका एक युवा नदीमा बेपत्ता भएका छन् । मंगलबार दिउसो साढे चार बजेको समयमा बेदकोट नगरपालिका वडा नं. १० बल्मा नदीस्थीत नहरको स्पाममा हाम फालेका बेदकोट १० का २० बर्षिय बलभद्र राना नदीमा बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय कञ्चपनुरका अनुसार रानाको खोजि कार्य जारी रहेको छ । अस्थायी प्रहरी पोष्टका प्रहरी नायव निरिक्षक जगदिश भट्ट, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी नायव उपरिक्षक सागर बोहरा र सुदूरपश्चिम प्रहरी विपद व्यवस्थापन गुल्म महेन्द्रनगरबाट प्रहरी नायव निरिक्षक ललित सिह बिष्टको कमाण्डमा प्रहरी टोली नदीमा खोजि कार्य गरीरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।...
निर्माण ब्यबसायि संघ कन्चनपुरको १५औ अधिबेशन : युवा व्यवसायी नवीन चन्दको सदस्य पदकालागि उमेदवारि घोषणा

निर्माण ब्यबसायि संघ कन्चनपुरको १५औ अधिबेशन : युवा व्यवसायी नवीन चन्दको सदस्य पदकालागि उमेदवारि घोषणा

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर -  निर्माण व्यवसायी संघ कन्चनपुरको १५ औं अधिवेशन नजिकिँदै गर्दा उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ। युबा व्यवसायी नवीन चन्दले सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन। बासुलिङ्ग कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लिका सञ्चालक चन्दले सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवारी प्रस्तुत गर्दै आगामी भाद्र २० र २१ गते हुने अधिवेशनमा आफूलाई अत्याधिक बहुमतले विजयी गराइदिन सम्पूर्ण निर्माण व्यवसायीहरूसँग हार्दिक अपिल गरेका छन्। नवीन चन्द कञ्चनपुरका सक्रिय युवा व्यवसायीका रूपमा परिचित छन्। बासुलिङ्ग कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लिका सञ्चालकका रूपमा उनले विभिन्न ठूला तथा साना निर्माण परियोजनामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। सडक, भवन, खानेपानी र अन्य पूर्वाधार निर्माणमा कम्पनीले देखाएको सफलताले उनलाई व्यवसायी समुदायमा सक्षम र जिम्मेवार व्यक्तिका रूपमा च...
निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ कार्यसमितिका लागि अवस्थीले गरे प्यानल घोषणा, भट्ट र अवस्थी प्यानलविच घमासान प्रतिष्पर्धा हुने निश्चित

निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ कार्यसमितिका लागि अवस्थीले गरे प्यानल घोषणा, भट्ट र अवस्थी प्यानलविच घमासान प्रतिष्पर्धा हुने निश्चित

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – निर्माण व्यवसायी संघ कञ्चनपुरको आगामी भदौ २० र २१ गते हुन गईरहेको १५ औं अधिवेशनअन्तरगत नयाँ कार्यसमितिका लागि दुई प्यानलमा घमासान प्रतिष्पर्धा हुने भएको छ । युवा निर्माण व्यवसायी पुष्पराज अवस्थीले नयाँ कार्यसमितिका लागि आज प्यानल घोषणा गरेपछि दुई प्यानलविच नेतृत्वका लागि कडा प्रतिप्पर्धा हुने भएको हो । यस अघि बहालवाला अध्यक्ष निरञ्जन भट्टले आफ्नो प्यानल खडा गरी प्रचार प्रसारमा लागिसेका छन् । सोमबार महेन्द्रनगरको सिद्धार्थ होटेलमा पत्रकार सम्मेलनको आयोजना गरी कुसल निर्माण व्यवसायी अवस्थीले आफ्नो नेतृत्वमा प्यानल घोषणा गरेका छन् । संघको सदस्य हुँदै बरिष्ठ उपाध्यक्षसम्मको जिम्मेवारी कुसलतासाथ सम्मालिसकेका अवस्थीले आफ्नो प्यानलबाट वरिष्ठ उपाध्यक्षमा अमर बम, उपाध्यक्षमा यज्ञराज बैज, महासचिवमा देवीदत्त भट्ट, सचिवमा गोरेसिंह ऐर, कोषाध्यक्षमा दिलबहादुर सिंह र सह–कोषाध्यक्षमा चित्रबह...
दार्चुलाको नौगाडमा अटो खस्दा दुई जनाको मृत्यू, एक बेपत्ता

दार्चुलाको नौगाडमा अटो खस्दा दुई जनाको मृत्यू, एक बेपत्ता

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
दार्चुला–दार्चुलाको नौगाड खोलामा अटो खस्दा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । नौगाड गाउँपालिका–५ स्थित सौकेबगर नजिकै सोमबार साढे १ बजेको समयमा म १ ह ११४८ नम्बरको अटो नौगाड खोलामा खसेको दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतले बताए । रावतका अनुसार मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन । अन्य दुई जना महिला भने बेपत्ता छन् । बेपत्ता एक जनाको खोजी कार्य जारी छ । रावतले भने, ‘अटोमा चालकसहित ५ जना सवार थिए । ५ जना मध्ये चालक मणिराज भुल र उनका छोरा आयुष भुल सकुशल छन् । आयुषको हात भाँचिएको छ ।’ होपरी गाडबाट गोकुलेश्वर तर्फ आइरहेको अटो अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल खोलामा खसेको उनले बताए । चालक मणिराजलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।...
दोधारा चाँदनीको जर्का टोलमा पस्यो जोगबुडाको बाढी, दुई दर्जन बढी परिवार विस्थापित

दोधारा चाँदनीको जर्का टोलमा पस्यो जोगबुडाको बाढी, दुई दर्जन बढी परिवार विस्थापित

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
दोधाराचादनी–कञ्चनपुर जिल्लाको दोधारा चादनी नगरपालिका वडा नं. ४ स्थीत जर्का टोलमा बाढि पस्दा स्थानीय विस्थापित भएका छन् । जोगबुडा नदी किनारमा रहेको जर्का टोलमा बाढि पसेको हुदा दुई दर्जन बढी घरपरिवार विस्थापित भएका हुन् । वडा कार्यालयको अगुवाईमा सुरक्षाकर्मी र स्थानीयको सहयोगमा बाढीमा फसेका वासिन्दाको उद्धार गरी सुरक्षित राखिएको छ । अहिले विस्थापित वासिन्दा जनज्योति माध्यमिक विद्यालयमा राखिएका छन् । जोगबुडा नदीको बाढीले वडा नं. ७ र ८ का वासिन्दा विस्थापित भएका छन् । जोगबुडा नदीको बाढी वस्ती आएपछि डुबान भएर उनीहरु सुरक्षित स्थानमा सार्न थालिएको वडा अध्यक्ष ओम प्रकाश रोकायाले बताए । जरका टोल नजिक अर्को वस्ती रामपुरे टापु छ । यो टापुका वासिन्दा पनि बर्सेनी बाढीको चपेटामा पर्दै आएका छन् । समुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष टिका मगरले बाढी प्रभावित परिवारलाई प्राथमिक चरणमा अस्थायी आ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज