Advertisement

निर्माण ब्यबसायि संघ कन्चनपुरको १५औ अधिबेशन : युवा व्यवसायी नवीन चन्दको सदस्य पदकालागि उमेदवारि घोषणा

नवीन चन्द कञ्चनपुरका सक्रिय युवा व्यवसायीका रूपमा परिचित छन्। बासुलिङ्ग कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लिका सञ्चालकका रूपमा उनले विभिन्न ठूला तथा साना निर्माण परियोजनामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। सडक, भवन, खानेपानी र अन्य पूर्वाधार निर्माणमा कम्पनीले देखाएको सफलताले उनलाई व्यवसायी समुदायमा सक्षम र जिम्मेवार व्यक्तिका रूपमा चिनाएको छ। चन्दले आफ्नो उमेदवारिको उद्देश्य संघलाई अझ सबल, पारदर्शी र समयानुकूल बनाउन योगदान पुर्‍याउने रहेको बताए ।

व्यवसायीहरूको एकता, पारदर्शी व्यवस्थापन र संगठनको मजबुतिकरणलाई मुख्य प्रथमिकतामा राख्ने उनले बताए ।  ‘सदस्य पदमा निर्वाचित भएमा निर्माण व्यवसायीहरूको हितको संरक्षण र संघलाई सक्षम संस्थाका रूपमा स्थापित गर्न महत्वपुर्ण भुमिका खेल्नेछु त्यसका लागि ब्यबसायी साथिहरूको साथ आवश्यक छ,` उनले भने- ´भाद्र २० र २१ गते हुने निर्वाचनमा मलाई अत्याधिक बहुमतले विजयी गराइदिन सम्पूर्ण व्यवसायी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अपिल गर्दछु।`

निर्माण व्यवसायी संघजस्तो संस्थाले सरकारी ठेक्का प्रक्रियामा पारदर्शिता ल्याउने, गुणस्तरीय काम सुनिश्चित गर्ने, व्यवसायीबीच सहकार्य बढाउने र विभिन्न समस्या समाधान गर्ने महत्वपूर्ण भूमिका खेल्दै आएको छ। यसरी हेर्दा, संघमा सक्षम नेतृत्वको खाँचो सधैं रहँदै आएको छ। यही सन्दर्भमा युवा पुस्ताबाट उम्मेदवार बनेका नवीन चन्दको उम्मेदवारीलाई व्यवसायीहरूले सकारात्मक रूपमा लिएका छन्।

निर्माण व्यवसायमा संलग्न व्यवसायीहरूले यसपटकको अधिवेशनमा केही प्रमुख मुद्दा प्राथमिकतामा ल्याएका छन्। ठेक्का प्रक्रियामा पारदर्शिता, निर्माण क्षेत्रमा गुणस्तरीय मापदण्डको कडाइका साथ पालना, कर र राजस्वसम्बन्धी समस्या समाधान, स्थानीय व्यवसायीलाई प्राथमिकता र आपसी एकतालाई मजबुत बनाउने विषयहरू व्यवसायीको प्रमुख सरोकार बनेका छन्। नवीन चन्दले पनि यी सबै मुद्दालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

युवा पुस्ताको नेतृत्वमा संघलाई अघि बढाउनुपर्ने अपेक्षा यसअघि भन्दा यसपाली बढेको देखिन्छ। कारण, युवा पुस्ताले आधुनिक प्रविधिको प्रयोग, नयाँ सोच र समयानुकूल व्यवस्थापनलाई अघि सार्ने अपेक्षा गरिएको छ। नवीन चन्द जस्ता युवाहरूको उम्मेदवारीलाई त्यसैले व्यवसायी समुदायले उत्साह र निकै महत्वका साथ हेरिएको छ । यसले संघलाई नयाँ उर्जा थप्ने मात्र नभई व्यवसायीबीचको सहकार्यलाई अझ सबल बनाउन सहयोग पुर्‍याउने पनि विश्वास गरिएको छ।

१५ औं अधिवेशनमा विभिन्न पदका लागि उम्मेदवारी घोषणा हुने क्रम बढ्दो छ। सदस्यदेखि अध्यक्षसम्म पदमा उम्मेदवारहरू उत्साहपूर्वक अघि आएका छन्। निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन संघले तयारी तीव्र पारेको छ। निर्माण व्यवसायीहरूको ठूलो सहभागितासहित हुने यस अधिवेशनले संघलाई नयाँ नेतृत्व दिनेछ र संघको भविष्यको दिशानिर्देशन गर्नेछ।

यसरी हेर्दा, कञ्चनपुर निर्माण व्यवसायी संघको १५ औं अधिवेशन केवल नेतृत्व चयन मात्र होइन, सम्पूर्ण व्यवसायी समुदायको भविष्य निर्माण गर्ने अवसर पनि हो। युवा व्यवसायी नवीन चन्दको उम्मेदवारीले व्यवसायी समुदायमा नयाँ आशा जगाएको छ। उनले गरेका अपिलहरूले व्यवसायीहरूलाई एकताबद्ध भएर संघलाई सबल बनाउन प्रेरणा दिएको देखिन्छ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज