Advertisement

निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ कार्यसमितिका लागि अवस्थीले गरे प्यानल घोषणा, भट्ट र अवस्थी प्यानलविच घमासान प्रतिष्पर्धा हुने निश्चित

महेन्द्रनगर – निर्माण व्यवसायी संघ कञ्चनपुरको आगामी भदौ २० र २१ गते हुन गईरहेको १५ औं अधिवेशनअन्तरगत नयाँ कार्यसमितिका लागि दुई प्यानलमा घमासान प्रतिष्पर्धा हुने भएको छ । युवा निर्माण व्यवसायी पुष्पराज अवस्थीले नयाँ कार्यसमितिका लागि आज प्यानल घोषणा गरेपछि दुई प्यानलविच नेतृत्वका लागि कडा प्रतिप्पर्धा हुने भएको हो । यस अघि बहालवाला अध्यक्ष निरञ्जन भट्टले आफ्नो प्यानल खडा गरी प्रचार प्रसारमा लागिसेका छन् । सोमबार महेन्द्रनगरको सिद्धार्थ होटेलमा पत्रकार सम्मेलनको आयोजना गरी कुसल निर्माण व्यवसायी अवस्थीले आफ्नो नेतृत्वमा प्यानल घोषणा गरेका छन् ।
संघको सदस्य हुँदै बरिष्ठ उपाध्यक्षसम्मको जिम्मेवारी कुसलतासाथ सम्मालिसकेका अवस्थीले आफ्नो प्यानलबाट वरिष्ठ उपाध्यक्षमा अमर बम, उपाध्यक्षमा यज्ञराज बैज, महासचिवमा देवीदत्त भट्ट, सचिवमा गोरेसिंह ऐर, कोषाध्यक्षमा दिलबहादुर सिंह र सह–कोषाध्यक्षमा चित्रबहादुर कार्कीलाई चुनावि प्रतिष्पर्धाका लागि मैदानमा खडा गरेका छन् ।

संघको नेतृत्वका लागि अवस्थीले नयाँ तथा युवा व्यवसायीको हकहितमा काम गर्ने उद्देश्यले उम्मेदवारी दिएको दावि गरेका छन् । उनले आफ्नो उमेदवारी निर्माण व्यवसायीको पेशागत हकहितका लागि भएको पनि बताए । ‘मेरो उम्मेदवारी सवै युवा व्यवसायी साथीहरुलाई संघमा आवद्ध गराउन हो अहिले तिन सय व्यवसायी संघ बाहिर छन्, सबै व्यवसायी साथीहरुको चुलो बलोस र संघलाई प्रविधियुक्त बनाउनका लागि मैले नेतृत्वमा जान खोजेको हुु,’ अवस्थीले भने ‘विशेषगरी साना व्यवसायीलाई कसरी उकास्न सकिन्छ भन्नेमा मेरो जोड हो।’

 

उनले यहाँका निर्माण व्यवसायीहरूले ल्याब परीक्षणका लागि नेपालगञ्ज धाउनुपर्ने बाध्यता अन्त्य गर्न संघकै कार्यालयमा ल्याब स्थापना गर्ने योजना सार्वजनिक गरे । ‘पटक पटक एउटै पदमा बसीरहने परम्परालाई तोड्का लागि पनि मेरो उमेदवारी हो,’ उनले भने ‘मेरो प्यानलबाट जुनसुकै साथीहरु पनि एक पटक पदमा निर्वाचन भईसकेपछि अर्को पटक सोहि पदमा कुनै पनि साथीहरु बस्दैनन्, यसमा हामीहरु निधक्क छौ।’ उनले आफ्नो टीम युवा व्यवसायीहरूको रहेकोले सबैलाई समेटेर काम गर्ने प्रतिबद्धता जनाए।

प्यानल घोषणा कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुरेश रावलले संघ–संस्थामा युवा र नयाँ व्यक्तिलाई मौका दिनुपर्नेमा जोड दिए । उनले उद्योग वाणिज्य संघ र निर्माण व्यवसायी संघ दुवैमा एउटै व्यक्तिको दोहोरिने परम्परा रहेको तर त्यसले संस्थाका लागि खासै हितमा नगर्ने बताए । संस्थाको पदमा दोहोरिदा व्यक्तिगत स्वार्थपुर्ति हुने भएता पनि संस्थागतरुपमा कुनै पनि कार्य गर्न नसक्ने उनले बताए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज