Advertisement

महेन्द्रनगरमा कांग्रेस-एमालेको विरोध प्रदर्शन

महेन्द्रनगर – महेन्द्रनगरमा एमाले र नेपाली कांग्रेसले संयुक्त प्रदर्शन गरेका छन् ।

पूर्व प्रधानमन्त्री एबं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र रमेश लेखकलाई सरकारले शनिबार बिहान पक्राउ गरेको विरोधमा एमाले कांग्रेसले कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गरेको हो ।

 

दुवै पार्टी कार्यालयबाट निस्केको विरोध प्रदर्शन कञ्चनपुर उद्योग वाणिज्य संघ भवनमा मिसिएर पुष्पलाल मदनचोक हुँदै बजारमा प्रदर्शन पछि मदनचोकामा पुगेर कोण सभामा परिणत भएको छ । कोण सभालाई एमालेका जिल्ला उपाध्यक्ष जनकराज अवस्थी र काँग्रेसका प्रदेश सहमहा मन्त्री गोपाल भट्टले सम्बोधन गरेका छन् ।

काँग्रेस प्रदेश सहमहामन्त्री गोपाल भट्टले बलेन नेतृत्व सरकार गठन भएकै दिन देखि प्रतिशोधको राजनीति सुरु गरेको बताए । प्रतिशोधको राजनीति गरेर देशमा मुठभेटको अवस्था सिर्जना गर्न खोजेको उनले आरोप लगाए । उनले नेताहरूलाई निःशर्त छोड्नुपर्ने नछोडेमा देशभर आन्दोलनको आधिभेरी ल्याउने चेतावनी दिए ।

एमाले उपाध्यक्ष जनक अवस्थीले पूर्व प्रधानमन्त्री र गृहमन्त्रीलाई निःशर्त रिहाइ नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिए । उनले आन्दोलनबाटै सरकार विस्थापित गर्ने बताउँदै एमालेका कार्यकर्ताहरु हातमा दइ जमाएर बस्ने बताए ।

पूर्वगृहमन्त्री लेखकलाई प्रहरीले शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरेको थियो । उनलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको छ ।

प्रहरीले लेखकपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि पक्राउ गरेको थियो । उनलाई भने महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

 

पूर्वगृहमन्त्री लेखकको पक्राउ बारे कांग्रेसले अहिलेसम्म केही प्रतिक्रिया दिएको छैन । तर, नेकपा एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा सरकारविरूद्ध संघर्षका कार्यक्रम घोषणा गरिसकेको छ । देशभरि प्रदर्शन गरिएका छन्।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज