Advertisement

दैजी-जोगबुडा सडक निर्माण गर्न यस्तो आन्दोलन, मुख्यमन्त्री कार्यालय अगाडि लाश प्रदर्शन

महेन्द्रनगर – दैजी जोगबुडा सडकको दैजी देखि लिपन सम्मको सडकखण्ड निर्माण सम्झौता भएको आठ वर्ष बितेपनि कालोपत्रे नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि लास प्रदर्शन गरिएको छ । झण्डै पुरै रकम भुक्तानी हुँदा पनि सडक निर्माण सम्पन्न नहुँदा बोलन्या थलीको आयोजनामा मुख्य मन्त्रीको कार्यालय अगाडि लास प्रदर्शन गरिएको हो । सडक समय निर्माण नहुँदा यहाँका नागरिकको जीवन जोखिमपूर्ण भएको भन्दै लाश प्रदर्शन गरी आन्दोलन गरिएको संस्थाका संयोजक यादव जोशीले बताए ।

२०७४ साल वैशाख ८ मा नार्गाजुन कन्स्ट्रक्सनसँग २१ करोड २६ लाख ५३ हजार रुपैयाँमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएता पनि १८ करोड रकम बढी भुक्तानी भइसक्दा पनि सडक कालोपत्रे हुन् नसक्दा स्थानीय आन्दोलित भएका छन् । सडक निर्माणका लागि अहिलेसम्म पाँचपटक म्याद थप गरिसकिएको छ।
पूर्वाधार विकास कार्यालय महेन्द्रनगरका अनुसार, पछिल्लो पटक २०८२ असार २० गते निर्माण सम्पन्न गर्ने म्याद थप गरिएको थियो।
दैजी–जोगबुढा सडक निर्माण नहुँदा कञ्चनपुर, डडेल्धुरा र भित्रीमधेशका स्थानीयले कठिन यात्रा गर्नुपरेको छ।
पाँचौं पटक थपिएको म्याद असार १५ गते सकिन लागेको भएता पनि निर्माणको नाममा निर्माण कम्पनीले बिग्रेको जेसिबि राख्नु बाहेक केही गरेको छैन । निर्माण कम्पनीले यस वर्ष बर्सादले अवरुद्ध भएको बाटो खोल्नु बाहेकको काम नगरेको यातायात व्यवसायी महाजन बोहोराले बताए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित व...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज