कञ्चनपुरबाट रावल र चौधरी मन्त्री बन्दै
महेन्द्रनगर – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ तथा संसदीय दलका नेता (बालेन्द्र) बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । आज शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । यस्तै बालेन नेतृत्वको सरकारमा कञ्चनपुर जिल्लाबाट दुई मन्त्री बन्ने भएका छन् । रास्वपाका अनुसार प्रतिभा रावल र गिता चौधरी मन्त्री बन्ने भएका छन् । उनी दुबै जना कञ्चनपुरका हुन् । उनीहरुमध्ये रावललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिने तयारी गरीएको छ । भने चौधरीलाई कृषिमन्त्री दिने तयारी रहेको छ । दुवै जना समानुपातिक निर्वाचन प्रणालिबाट प्रतिनिधि सभा सदस्य बनेका हुन् ।
रास्वपाको सह प्रवक्ताको जिम्मेवारीमा रहेकी रावल दशक बर्ष पत्रकारीताबाट राजनितिमा आएकी हुन् । रवि लामिछाने गृहमन्त्री हुँदा उनको सचिवालयमा पनि काम गरेकी रावल रास्वपा गठन भएदेखि नै प्रत्यक...




















