Advertisement

एमालेका २३ जनसंगठनको चेतावनी : कार्की आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण, कार्यान्वयन भए प्रतिरोध हुन्छ

काठमाडौं- नेकपा एमाले सम्बद्ध २३ वटा जनसंगठनहरुले सरकारले गौरीबहादुर कार्की आयोगले तयार गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय आपत्तीजनक रहेको बताएका छन् । अहिले साँझ संयुक्त विज्ञप्ती जारी गर्दै उनीहरुले भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानविन हुनुपर्नेमा कार्की आयोगले प्रतिषोधपूर्ण र एकतर्फी तरिकाले बुझाएको प्रतिवेदन कार्यन्वयन गर्ने सरकारको निर्णय फिर्ता नलिए प्रतिवादमा उत्रने चेतावनी दिएका छन् ।
‘२०८२ भदौ २३ गतेको प्रदर्शनमा भएको जनधनको क्षतिका सम्बन्धमा निष्पक्ष छानविन गर्ने र भदौ २४ गते भएको प्रदर्शनीलाई विध्वंशात्मक बनाउन भएको घुसपैठ राष्ट्रिय तथा व्यक्तिगत सम्पती माथीको आक्रमण लुटपाट तथा आगजनीको घटनाको निष्पक्ष छानविन हुनुपर्ने पक्षमा हामी सदैव अडिग छौं’ विज्ञप्तीमा भनिएको छ ‘कार्की आयोग गठन हुनुभन्दा पहिले नै सावर्जनिक गरेको निष्कर्षलाई पुष्टि गर्ने र सो बाहेक अन्य कुनै विषयमा छानविन नगरेबाट कार्की आयोगको भूमिका पूर्णत पूर्वाग्रह प्रेरित रहेको पुष्टि भएको छ ।’
विज्ञप्तीमा प्रतिवेदन पूर्वाग्रहपूर्ण,तत्कालिन राजनैतिक नेतृत्वको चरित्रहत्या गर्ने उद्धेश्यले प्रेरित र घृणाको राजनीतिलाई संस्थागत गर्ने खालको भएको उल्लेख गरिएको छ ।। प्रतिवेदन कार्यान्वयनका नाममा सरकारले न्यायको आधारभुत सिद्धान्त विपरित धरपकड गर्ने वा बदला लिने उद्धेश्यसहित कदम चालेमा त्यसले गम्भिर परिणाम निम्त्याउने चेतावनी दिएको छ । भदौ २३ मा स्कूले पोशाकमा बालबालिका जबरजस्ती सडकमा उतार्ने,घेराबन्दी गरी तनावपूर्ण अवस्था सृजना गर्ने र २४ गते सरकारी तथा निजी आवास जलाउने र तोडफोड गर्नेको गम्भिर अनुसन्धान गर्नुपर्ने विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा कार्की आयोगको प्रतिवेदन खारेजी र मन्त्रिपरिषदको आजको निर्णय फिर्ता नलिए आवश्यक प्रतिरोधका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी दिइएको छ । ‘यसबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवार स्वयम् सरकार हुने व्योहोरा पनि जानकारी गराउदछौं’ विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीको पूर्ण पाठ यस्तो छ
प्रेस वक्तत्व
मितिः २०८२ चैत १३ गते

नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले गत भदौ २३ र २४ गतेको प्रदर्शनपछि भएका जनधनको क्षतिका सम्बन्धमा जाँचबुझका लागि गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन सम्बन्धमा गरेको निर्णयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

२०८२ भदौ २३ गतेको प्रदर्शनका क्रममा भएको जनधनको क्षति सम्बन्धमा निष्पक्ष छानबिन गर्ने र भदौ २४ गते भएको प्रदर्शनीलाई विध्वंशात्मक बनाउन भएको घुसपैठ, राष्ट्रिय तथा व्यक्तिगत सम्पत्तिमाथिको आक्रमण लुटपाट तथा आगजनीको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने पक्षमा हामी सदैब अडिग छौं । निष्पक्ष छानविन नगरी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आयोग गठन हुनुभन्दा पहिले सार्वजनिक गरेको निष्कर्षलाई पुष्टि गर्ने र सो बाहेक अन्य कुनै विषयमा छानविन नगरेबाट कार्की आयोगको भूमिका पूर्णतः पूर्वाग्रह प्रेरित रहेको पुष्टि भएको छ । कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने हाम्रो धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको छ । अतः कार्की आयोगको प्रतिवेदन पूर्वाग्रहपूर्ण, तत्कालीन राजनैतिक नेतृत्वको चरित्रहत्या गर्ने उद्देश्यले प्रेरित र घृणाको राजनीतिलाई संस्थागत गर्ने गरी तयार भएको हाम्रो निष्कर्ष छ । तसर्थ, यो प्रतिवेदन निन्दनीय, खेदजनक र अस्वीकार्य रहेको छ ।

कार्की आयोगको प्रतिवेदनका सन्दर्भमा कानुनविद् र नागरिक समाजका अगुवाहरुको प्रतिक्रियालाई समेत वेवास्ता गर्दै अध्ययनबिना प्रतिशोधात्मक रुपमा कारबाहीमा लैजाने मन्त्रिपरिषद्को निर्णय खेदजनक छ । सुरक्षाकर्मीका हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन राजनैतिक नेतृत्वका हकमा भने कार्यान्वयनतर्फ अघि बढ्ने भन्ने निर्णयबाट नवगठित सरकार विपक्षी नेताहरुप्रति पूर्वाग्रही र प्रतिशोधपूर्ण कारवाहीको प्रक्रिया अगाडि बढाउन उद्दत रहेको स्पष्ट गरेको छ । कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा सरकारले न्यायको आधारभूत सिद्धान्तविपरीत धरपकड गर्ने वा बदला लिने उद्देश्यसहित कदम चालेमा त्यसले देशमा गम्भीर परिणाम निम्त्याउने निश्चित छ ।

भदौ २३ मा आन्दोलन भड्काउने, स्कुले पोशाकमा बालबालिकालाई जबरजस्ती सडकमा उतार्ने, घेराबन्दी गरी तनावपूर्ण अवस्था सिर्जना गर्ने तथा आतंक फैलाउने गतिविधि तथा भदौ २४ मा उग्र उपद्रो मच्चाउँदै संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, प्रदेश र स्थानीय तहका कार्यालयहरु, सुरक्षा निकायका भवन, सरकारी कार्यालयहरू, राजनैतिक दलका कार्यालय, निजी उद्योग तथा व्यक्तिका घरहरूमा आगजनी र तोडफोड गर्ने घटनामा संलग्न व्यक्तिहरू नै पछि राज्यका उच्च पदहरूमा पुगेको अवस्था गम्भीर अनुसन्धानको विषय हो । ती घटनामा संलग्न सबै पक्षमाथि निष्पक्ष, स्वतन्त्र र गहिरो अनुसन्धान गरी कानुनी दायरामा ल्याइनु अत्यावश्यक छ । त्यसैगरी, विभिन्न सन्देहास्पद गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको स्रोत तथा लगानी आपराधिक गतिविधिमा प्रयोग भएको आशंकालाई समेत गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने देखिन्छ । तसर्थ, सबै पक्षको निष्पक्ष अनुसन्धान बिना चालिने कुनै पनि कदम पूर्वाग्रहपूर्ण हुनेछ । र, यसले समग्र फौजदारी न्याय प्रणालीमाथि प्रश्न उठाउनेछ । हामी पूर्वाग्रही कार्की आयोग खारेजीको माग गर्दै मन्त्रिपरिषद्को आजको निर्णय फिर्ता लिन माग गर्दछौं । अन्यथा, आवश्यक प्रतिरोधका कार्यक्रम अघि बढाउन बाध्य हुने हामी स्पष्ट गर्दछौं । त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् सरकार हुने व्यहोरा पनि जानकारी गराउँदछौं ।

१. महाराज गुरूङ, अध्यक्ष, राष्ट्रिय युवा संघ नेपाल
२. पर्शुराम बस्नेत, अध्यक्ष, नेपाल खेलकुद महासंघ
३. दीपक धामी, अध्यक्ष, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन
४. विनोद श्रेष्ठ, अध्यक्ष, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)
५. टुकाभद्र हमाल, अध्यक्ष, अखिल नेपाल महिला संघ
६. विदुर सुवेदी, अध्यक्ष, मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल
७. भूमिका लिम्बु सुब्बा, अध्यक्ष, राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपाल
८ ई. भेषराज थापा, अध्यक्ष, प्रोग्रेसिभ इन्जिनियर्स एशोसियन नेपाल
९. गणेश पाण्डे, अध्यक्ष, प्रेस चौतारी नेपाल
१०. तेजप्रसाद निसाद, अध्यक्ष, अखिल नेपाल पिछडावर्ग ९ओबीसी० महासंघ
११. अमरबहादुर थापा, अध्यक्ष, प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन
१२. पुण्यप्रसाद ढकाल, अध्यक्ष, पेशागत महासंघ नेपाल
१३. विनोद पाण्डे, अध्यक्ष, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन
१४. इन्द्र तामाङ, अध्यक्ष, भूमि अधिकार तथा श्रमिक संगठन, नेपाल
१५ ई. गजेन्द्र थपलिया, अध्यक्ष, नेपाल वौद्धिक परिषद्
१६. डा. प्रेम दंगाल, अध्यक्ष, अखिल नेपाल किसान महासंघ
१७. भगीरथ सापकोटा, अध्यक्ष, नेपाल उद्योग तथा व्यवसायी महासंघ
१८. मनोहर बी पौडेल, अध्यक्ष, मुक्ति समाज नेपाल
१९. पासाङ शेर्पा, अध्यक्ष, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल
२०. जगदीश अधिकारी, अध्यक्ष, राष्ट्रिय अपाङ्गता संगठन नेपाल
२१. हारुन हलुवाई, अध्यक्ष, नेपाल मुस्लिम इत्तहाद संगठन
२२. विनोद भट्टराई, अध्यक्ष, रिटर्नी फेडेरेशन नेपाल
२३. पुष्पराज श्रेष्ठ, अध्यक्ष, नेशनल भोलिटियर्स फोर्स नेपाल

 

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यसरी पुर्याइन उप प्रमुख लेखकले असाहाय परिवारको घरमा खाद्यान्न

यसरी पुर्याइन उप प्रमुख लेखकले असाहाय परिवारको घरमा खाद्यान्न

खडक बहादुर काेली महेन्भिद्रनगर - भीमदत्त  नगरपालिकाकी उप प्रमुख निलम लेखक जोशीले  माता तीर्थ औँसी अथवा आमाको मुख हेर्ने दिनकाे ...
सार्वजनिक खरिद ऐन संशोधनका लागि कञ्चनपुर निर्माण व्यवसायी संघद्वारा सुझाव समिति गठन

सार्वजनिक खरिद ऐन संशोधनका लागि कञ्चनपुर निर्माण व्यवसायी संघद्वारा सुझाव समिति गठन

महेन्द्रनगर– निर्माण व्यवसायी संघ कञ्चनपुरले सार्वजनिक खरिद ऐन ०६३ सशोधनका लागि सुझाव संकलन समिति गठन गरेको छ । नेपाल निर्माण व्यव...
भीमदत्तद्धारा शिक्षक दरबन्दी मिलान गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन, एकलाई अपग्रेड ६ लाई मर्ज गर्ने सुझाव

भीमदत्तद्धारा शिक्षक दरबन्दी मिलान गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन, एकलाई अपग्रेड ६ लाई मर्ज गर्ने सुझाव

महेन्द्रनगर–भीमदत्त नगरपालिकाले शिक्षक दरबन्दी मिलान, विद्यालय समायोजन तथा विद्यालय व्यवस्थापन सम्बन्धी कार्य गर्न गठन गरेको उच्च ...
इन्धनकाे मूल्य वृद्धिले निर्माण उद्योगमा ‘आपतकाल’ घोषणाको माग

इन्धनकाे मूल्य वृद्धिले निर्माण उद्योगमा ‘आपतकाल’ घोषणाको माग

महेन्द्रनगर - पेट्राेलियम पदार्थकाे मूल्य बढेकाे भन्दै कञ्चनपुरका निर्माण व्यवसायीहरूले उद्योगमा ‘आपतकाल’ घोषणाको माग गरेका छन् । ...
दैजी-जोगबुडा सडक निर्माण गर्न यस्तो आन्दोलन, मुख्यमन्त्री कार्यालय अगाडि लाश प्रदर्शन

दैजी-जोगबुडा सडक निर्माण गर्न यस्तो आन्दोलन, मुख्यमन्त्री कार्यालय अगाडि लाश प्रदर्शन

महेन्द्रनगर - दैजी जोगबुडा सडकको दैजी देखि लिपन सम्मको सडकखण्ड निर्माण सम्झौता भएको आठ वर्ष बितेपनि कालोपत्रे नबनेपछि मुख्यमन्त्री...
महेन्द्रनगरमा कांग्रेस-एमालेको विरोध प्रदर्शन

महेन्द्रनगरमा कांग्रेस-एमालेको विरोध प्रदर्शन

महेन्द्रनगर - महेन्द्रनगरमा एमाले र नेपाली कांग्रेसले संयुक्त प्रदर्शन गरेका छन् । पूर्व प्रधानमन्त्री एबं नेकपा ...
एमालेका २३ जनसंगठनको चेतावनी : कार्की आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण, कार्यान्वयन भए प्रतिरोध हुन्छ

एमालेका २३ जनसंगठनको चेतावनी : कार्की आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण, कार्यान्वयन भए प्रतिरोध हुन्छ

काठमाडौं- नेकपा एमाले सम्बद्ध २३ वटा जनसंगठनहरुले सरकारले गौरीबहादुर कार्की आयोगले तयार गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय आ...
४३औ प्रधानमन्त्री शाहको जीवनी यस्तो छ

४३औ प्रधानमन्त्री शाहको जीवनी यस्तो छ

महेन्द्रनगर – नेपालका ४३औँ प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) आयुर्वेदिक चिकित्सक रामनारायण शाह र धु्रवादेवी शाहका सुपुत्र हुन्। उ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज