Advertisement

अर्थ

महेश्वर माविमा सिटिजन्स् बैंकद्वारा प्रोजेक्टर सहयोग प्रदान

महेश्वर माविमा सिटिजन्स् बैंकद्वारा प्रोजेक्टर सहयोग प्रदान

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० सुकासालस्थित महेश्वर माध्यमिक विद्यालयलाई सिटिजन्स् बैंकले प्रोजेक्टर सहयोग प्रदान गरेको छ । विद्यार्थीको पठनपाठनलाई सूचना प्रविधिमैत्री बनाउन सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड महेन्द्रनगर शाखाले १ थान प्रोजेक्टर सहयोग गरेको हो । कक्षाकोठाको शैक्षणिक क्रियाकलापलाई प्रविधिमैत्री बनाउँदा सिकाइ उपलब्धि बढ्ने विश्वास गरिन्छ । विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयलाई प्रोजेक्टर सहयोग गरिएको महेन्द्रनगर शाखा प्रमुख शंकरप्रसाद जोशीले जानकारी दिए । कार्यक्रममा शाखा प्रमुख जोशीले १ थान प्रोजेक्टर विद्यालयलाई हस्तान्तरण गरे । विश्वकै प्रतिष्ठित अवार्ड ‘बैक अफ द ईयर २०२४’को उपाधि प्राप्त गर्न सफल सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेडले देशैभर ६० जिल्लामा फैलिएका १९८ वटा शाखा, १६३ वटा एटीएम,...
कञ्चनपुरसहित तराईका जिल्लाहरुमा धुमधामसित होली मनाईदै

कञ्चनपुरसहित तराईका जिल्लाहरुमा धुमधामसित होली मनाईदै

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
महेन्द्रनगर–आज कञ्चनपुरसहित तराईका जिल्लाहरुमा धुमधामसित होली पर्ब मनाईदैछ । हिमाली एवं पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो । कञ्चनपुरसहित तराईका नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), चितवन, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलालीलगायत जिल्लामा होली मनाइँदै छ। सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ दल्दै सबैलाई रसरङ्गले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वका रूपमा लिने गरिन्छ। सबैलाई एउटै रङमा रङ्ग्याउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको विश्वास रहेको छ । प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होल...
सशस्त्र प्रहरीद्धारा भन्सार छलीका कपडासहित भारतिय नम्बरप्लेटका दुई मोटरसाईक बरामद

सशस्त्र प्रहरीद्धारा भन्सार छलीका कपडासहित भारतिय नम्बरप्लेटका दुई मोटरसाईक बरामद

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार क्षेत्रबाट सशस्त्र प्रहरीले अबैध(भन्सार छलीको) कपडा बरामद गरेको छ । सोमबार १६ बजेको समयमा सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण हेड क्वाटर शैलेश्वरीबाट गस्ती गएको टोलीले भीमदत्त नगरपालिका वडा नं. ४ महेन्द्रनगर बजार क्षेत्रबाट ९ लाख ९८ हजार २ सय मूल्य बरावरको अवैध कपडा बरामद गरेको हो । सशस्त्र प्रहरीले कपडा बोक्ने भारतिय नंम्बर प्लेटका दुई मोटरसाईकल पनि बरामद गरेको छ । बरामद गरीएका भारतीय गाडिको नंम्बर UK 06A U7257 र UK 08S 4955 रहेको छ । बरामद गरीएको उक्त कपडा र मोटरसाईकल आवश्यक थप कारवाहिका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी कार्यालयलाई बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।...

कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकाको प्रशासनिक भवन पूर्ण निर्माण पछि यस्तो देखियो

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकाको प्रशासनिक भवन पूर्ण निर्माण पछि यस्तो देखियो ।  
लालझाडी गाँउपालिकाले ५ हजार घरमूलीको म्यादी जीवन विमा गर्दै

लालझाडी गाँउपालिकाले ५ हजार घरमूलीको म्यादी जीवन विमा गर्दै

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–लालझाडी गाँउपालिकाले ५ हजार घरधुरीका घरमूलीको विमा गर्ने भएको छ । लालझाडी गाँउपालिकाले गाँउपालिका भित्र बसोबास गर्ने ५ हजार घरधुरीका घरमूलीको म्यादी जीवन विमान गर्ने भएको हो । बुधबार ५ हजार घरधुरीका घरमूलीको म्यादी जीवन विमा गर्नका लागि लालझाडी गाउपालिका अध्यक्ष निर्मल रानाले प्रभु महालक्ष्मी ईन्स्युरेन्स कम्पनीसंग सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । विमा कार्यक्रमका लागि विभिन्न प्राबिधिक सहयोग बिएनएस ग्रुप अफ कम्पनीको रहने सम्झौतामा उल्लेख गरीएको छ । पालिका भित्रका स्थानीयको विभिन्न प्रकारका घट्ना दुर्घट्ना तथा घातक रोग लागी हुन सक्ने आर्थिक समस्यालाई मध्यनजर गर्दै लालझाडी गाँउपालिकाले ५ हजार घरमुलीको म्यादी जीवन विमा गर्न लागेको पालिका अध्यक्ष निर्मल रानाले बताउनुभयो । म्यादी विमाले विमितलाई विभिन्न १५ प्रकारका घातक रोगबाट हुने मृत्यूमा र दुर्घट्नाबाट हुने मृत्यूमा ...
एलपी ग्यासको मूल्य बृद्धि हुने

एलपी ग्यासको मूल्य बृद्धि हुने

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
महेन्द्रनगर–एलपि ग्यास उद्योगीहरु र सरकारविच भएको सहमति अनुसार एलपी ग्यासको मूल्य बृद्धि हुने भएको छ । आज मंगलबार भएको सरकार र नेपाल एलपी ग्यास उद्योग संघ बीच ग्यासको भाउ १२ रुपयाँ ७५ पैसा बढाउने लगायतका ५ बुँदे सहमति भएको हो । सरकारसंगको सहमतिसंगै संघले आन्दोलन फिर्ता लिएका छन् । सहमतिसँगै अब ग्यासको भाउ प्रतिसिलिन्डर १ हजार ९ सय १० बाट बढेर १ हजार ९ सय २२ रुपैयाँ ७५ पैसा पुगेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की सहितका सरकारी प्रतिनिधि र उद्योगीबीच भएको छलफलपछि आन्दोलन फिर्ता लिने सहमति निर्माण भएको हो । संघका वरिष्ठ उपाध्यक्ष कृष्णभक्त श्रेष्ठले ५ बुँदे सहमति भएपछि आन्दोलन फिर्ता भएको नयाँ खवरलाई जानकारी दिए । सहमतिमा यस्ता बुदा छन् : १. मिति २०८१ फागुन १८ गते बसेको नेपाल आयल निगम सञ्चालक समिति बैठकले ग्यास उद्योगहरूको वाह्य ढुवानी भाडा, आन्तरिक ढुवानी भा...
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख खड्काद्धारा बेदकोट ५ मा निर्माणाधिन जलबायु प्रबिधिमा आधारीत कुखुरा पालन फर्मको अनुगमन

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख खड्काद्धारा बेदकोट ५ मा निर्माणाधिन जलबायु प्रबिधिमा आधारीत कुखुरा पालन फर्मको अनुगमन

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरकार्यालयका प्रमुख श्याम सिंह खड्काले बेदकोट नगरपालिका वडा नं. ५ मा निर्माणाधिन जलबायु प्रविधिमा आधारित कुखुरा पालन फर्मको अनुगमन तथा अवलोकन गर्नुभएको छ । भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कञ्चनपुर कार्यालयका प्रमुख खड्काले प्रदेश सरकारको पचास प्रतिशत अनुदान रकममा उकृष्ठ कृषक टंक प्रसाद जोशीले निर्माण गरीरहेको जलबायु प्रविधिमा आधारित कुखुरा पालन फर्मको अनुगमन तथा स्थलगत अवलोकन गर्नुभएको हो । उहाले निर्माणाधिन फर्मको अवलोकन गरी कृषक जोशीबाट निर्माण प्रगतिबारे जानकारी लिनुभएको छ । उहाँले फर्मको ६० प्रतिशत निर्माण प्रगति भएको जानकारी कृषक जोशीले दिएको बताउनुभयो । ‘हामीले फर्मको अनुगमन गरेका छौ, अनुगमनको क्रममा सन्तोसजनक ढंगले निर्माण कार्य भईरहेको छ,’ कार्यालय प्रमुख खड्काले भन्नुभयो ‘अनुगमनको क्रममा फर्मको भौतिक संरचन...
नेवि संघ सहितका युवा विद्यार्थीले दिए धर्ना

नेवि संघ सहितका युवा विद्यार्थीले दिए धर्ना

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी लगायत कञ्चनपुरकै अतिक्रमित सरकारी जमिन खाली गराउनुपर्ने माग अघि सारेर जिल्लाका सकृय युवा विद्यार्थीले प्रशासनमा धर्ना दिएका छन । आइतबार संयुक्त युवा विद्यार्थीले अतिक्रमित सरकारी जमिन खाली गराउनुपर्ने माग अघि सारेर जिल्लाका सकृय युवा विद्यार्थीले प्रशासनमा धर्ना दिएका हुन । सत्ताधारी नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ सहित विपक्षी दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा बहुमत, रास्वपा सहितका दलका युवा विद्यार्थीले धर्ना दिएका छन । नेकपा एकीकृत समाजवादी अनेरास्ववियु कञ्चनपुरका इन्चार्ज रमेश पन्तले सरकारी जमिनमा अवैध तरिकाले निर्माण भएका सरचना हटाउनका लागि पालिका सहितका प्रशासन कार्यालयले अटेरी गरेपछि साँकेतिक रुपमा धर्ना दिएको बताए । ‘गत बर्ष ६ चैत्र ०८० मा प्रशासन कार्यालय नेतृत्वमा जिल्लाभरीका पालिका सरकारले आ–आफ्नो प...
महोत्सवमा क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई अभिनन्दन गरीदै

महोत्सवमा क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई अभिनन्दन गरीदै

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर उद्योग बाणिज्य संघले नेपाली क्रिकेट जगतका हस्ती एवं अन्तराष्ट्रिय टि–२० क्रिकेट जगतका अलराण्डर दिपेन्द्र सिंह ऐरीलाई अभिनन्दन गर्नेको भएको छ । कञ्चपनुर उद्योगबाणिज्य संघले १६औ प्रदेशस्तरीय औद्योगिक मेला तथा कञ्चपनुर पर्यटन महोत्सवको अवसरमा विश्व कृतिमानी राख्ने क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई नगद रु ५१ हजार पुरस्कारसहित रथमा महेन्द्रनगर बजार परिक्रममा र अभिनन्दन गर्ने भएको हो । टि–२० क्रिकेट फर्मेटको खेलमा थुप्रे विश्व कृतिमानी राख्ने खेलाडी दिपेन्द्र सिंह ऐरीलाई कञ्चनपुर उद्योग बाणिज्य संघले मेलाको अवसर पारेर अभिनन्दन तथा रथमा बजार परिक्रममा गराई नगद रु ५१ हजार पुरस्कार प्रदान गर्न लागिएको सघंका अध्यक्ष पिताम्बर जोशीले बताउनुभयो । ‘कञ्चनपुर उद्योग बाणिज्य संघले कञ्चनपुरमा जन्मेको हुर्केको युवा दिपेन्द्र सिंह ऐरी जसले देशको क्रिकेटको नेतृत्व गरीरहेको र देशकै नाम रोसन ग...
नौ लाखबढि रुपया बरावरका भन्सार छलीका सामान बरामद

नौ लाखबढि रुपया बरावरका भन्सार छलीका सामान बरामद

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चपनुर जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले विभिन्न ठाउबाट गरी झण्डै नौ लाख बढि मूल्यबरावरको समान बरामद गरेको छ । आईतबार जिल्ला प्रहरी कार्यालय मातहत रहेको ईप्रका बेलौरीबाट खटिएकोको प्रहरी टोलीले ३ लाख ३ हजार ४ ८० रुपया र जिल्ला प्रहरी कार्यालयबाटै खटिएको प्रहरी टोलीले ६ लाख, ५९ हजार ४ सय मूल्य बरावरको गरेको गरी ९ लाख ६२ हजार ८८० मुल्य बरावरको भन्सार छलीको समान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा ईन्सपेक्टर जमुना जोशीले भाडाकुडा, फ्लेबर, बिजुलीका समान, सुर्ति, तेल, प्याज, पेयपदार्थ, चक्लेटलगायतका समाग्रि बरामद गरिएको बताउनुभयो । भन्सार छलीको समाग्रि संगै एक थान मोटरसाईकल पनि बरामद गरीइएको ईन्सपेक्टर जमुना जोशीले जानकारी दिनुभयो । उहाका अनुसार थप कारबाहिका लागि बरामद गरीको समान कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी पठाईएको छ । उक्त बरामद गरी...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज