Advertisement

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख खड्काद्धारा बेदकोट ५ मा निर्माणाधिन जलबायु प्रबिधिमा आधारीत कुखुरा पालन फर्मको अनुगमन

महेन्द्रनगर – भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरकार्यालयका प्रमुख श्याम सिंह खड्काले बेदकोट नगरपालिका वडा नं. ५ मा निर्माणाधिन जलबायु प्रविधिमा आधारित कुखुरा पालन फर्मको अनुगमन तथा अवलोकन गर्नुभएको छ ।
भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कञ्चनपुर कार्यालयका प्रमुख खड्काले प्रदेश सरकारको पचास प्रतिशत अनुदान रकममा उकृष्ठ कृषक टंक प्रसाद जोशीले निर्माण गरीरहेको जलबायु प्रविधिमा आधारित कुखुरा पालन फर्मको अनुगमन तथा स्थलगत अवलोकन गर्नुभएको हो ।
उहाले निर्माणाधिन फर्मको अवलोकन गरी कृषक जोशीबाट निर्माण प्रगतिबारे जानकारी लिनुभएको छ । उहाँले फर्मको ६० प्रतिशत निर्माण प्रगति भएको जानकारी कृषक जोशीले दिएको बताउनुभयो ।
‘हामीले फर्मको अनुगमन गरेका छौ, अनुगमनको क्रममा सन्तोसजनक ढंगले निर्माण कार्य भईरहेको छ,’ कार्यालय प्रमुख खड्काले भन्नुभयो ‘अनुगमनको क्रममा फर्मको भौतिक संरचना बनाउने कार्य लगभग ६० प्रतिशत सकिएको कृषक टंक जोशीले बताउनु भयो र हामी तपाईले त्यो देख्यौ पनि ।’
सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक बर्ष २०८१/०८२ को बजेटबाट रु ३० लाख रकम अनुदान दिएको कार्यालय प्रमुख खड्काले बताउनुभयो । ‘बातावरण अनुकुलन प्रविधिमा आधारीत फर्म निर्माण गर्नका लागि प्रदेश सरकारको आर्थिक बर्ष २०८१/०८२को बजेट मार्फत आएको रकममध्ये ३० लाख अनुदान उहाँलाई दिईएको हो,’ कार्यालय प्रमुख खड्काले भन्नुभयो ‘लागत साझेदारी भएकोले तिस लाख सरकारले अनुदान दिएको हो भने बाकि तिस लाख रकम कृषक आफैले लगानी गर्ने सम्झौता अनुसार ६० लाखको लगानीमा उहाले फर्मको स्थापना गर्नुपर्ने हो ।’
उहाँले भौतिक संरचना निर्माण भईसकेपछिमात्रै मुल्यांक गरेर अनुदान रकम भुक्तानी गरीने बताउनुभयो । ‘सम्झौता अनुसार समग्र निर्माण कार्य सम्पन्न भईसकेपछि मात्रै यसको प्राविधिध मुल्यांक गरेर मात्रै भुक्तानी गछौ,’ उहाँले भन्नुभयो ‘लागत साझेदारी अनुसार लगानी लागेको पचास प्रतिशत रकम हामीले गरेको सम्झौतामा रकम नबढ्ने गरी पचास प्रतिशत हामीले अनुदान दिन्छौ ।’
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दका प्रमुख खड्काले कञ्चनपुर जिल्लाभरीमा ६ जना किषानलाई जलबायु प्रविधिमा आधारीत कुखुरा पालन फर्म निर्माण गर्न अनुदान उपलब्ध गराउने सम्झौता गरेको बताउनुभयो । ‘भीमदत्त नगरपालिका वडा नं ५, १० र ११ नम्बर, बेलौरी नगरपालिका वडा नं. १०, कृष्णपुर नगरपालिका वडा नं. ९ र बेदकोट नगरपालिका वडा नं. ५ का १/१ जना किषान गरी जिल्ला भरीमा ६ जना किषानसंग फर्म निर्माण गर्न सम्झौता गरीएको छ,’ उहाँले भन्नुभयो ‘जिल्ला भरीमा एक करोड ८० लाख रुपया अनुदान दिईएको हो ।’
प्रतिकुल समयमा पनि मासुको उत्पादनमा बृद्धि गर्नका लागि सरकारले अनुदान दिएको कार्यालय प्रमुख खड्काले बताउनुभयो । ‘गर्मीको समयमा कुखुराको तौल नबढ्ने समस्या हटाई उत्पादनमा बृद्धि गर्ने उदेश्यका साथ सरकारले कृषकहरुलाई अनुदान दिएको हो,’ उहाले भन्नुभयो ‘यो प्रविधि नयाँ हो, यो प्रविधिको अरुले पनि देखासिकि गरेर कुखुराको उत्पादन बृद्धि गराई उत्पादनलाई घाटा हुन नदिन र नयाँ उत्पादनकलाई प्रोत्साहन पुगोस भन्ने हेतुले सरकारले अनुदान दिएको हो ।’

 

लटिनाथ कुखुरा फर्म खोलेर दश बर्षदेखि व्यवसायिक रुपमा कुखुरा उत्पादन गर्दै आईरहेका टंक प्रशाद जोशीले आफुले सरकारले दिएको अनुदानमा आधारीत भएर जलबायु प्रविधिमा आधारीत कुखुरा फर्मको निर्माण गरीरहको बताउनुभयो । कुखुरा उत्पादक जोशीले सरकारको पचास प्रतिशत(३०लाख) र आफ्नो पचास प्रतिशत(तिस लाख) रकम लगानी लगानुपर्ने भएता पनि आफु अझै १०÷१५ लाख रकम थप लगाएर भए फर्मको गुणस्तरमा कुनै पनि कमी आउन नदिने बताउनुभयो । कृषक टंक जोशी सदूरपश्चिम प्रदेश भरीमा उत्कृष्ठ किषानकोरुपमा सम्मानित समेत भईसकेका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

महेन्द्रनगर - होली फेम्ली क्रीकेट एकेडेमीद्वारा संचालित "इन्डोर क्रीकेट ट्रेनिङ सेन्टर " सञ्चालनमा ल्याइएको छ । मंगलबार होली फेँम्...
१४ महिला आइतबारदेखि सम्पर्कविहीन

१४ महिला आइतबारदेखि सम्पर्कविहीन

महेन्द्रनगर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना सम्पर्क बिहिन भएका छन् । भीमदत्त नगरपालिका १९ का उनीहरू निकु...
भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

महेन्द्रनगर – दोधारा चादनी नगरपालिका वडा नं. ९ झाक्रिटोलकी सम्झना धामीको घरबाट असार ३२ गते बिहिबार दिउसो २ बजे प्रहरीले बहुमुल्य ग...
टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

महेन्द्रनगर - बैतडीको डिलासैनी गाउँपालिका–२ स्थित कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् सेवा अवरुद्ध हुँदा स्वास्थ्य सेवा प्रभावित बन...
सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

काठमाडौं – प्रेस चौतारी नेपालले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत करार सेवाका श्रमजीवी पत्रकार तथा कर्मचारीलाई योजनाबद्ध ...
भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

महेन्द्रनगर – भीमदत्त नगरपालिका वडा नं. ९ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सबैभन्दा बिकट वडाकोरुपमा रह...
संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट आफ्नो प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोला...
भरुवा बन्दुकसहित दम्पती पक्राउ

भरुवा बन्दुकसहित दम्पती पक्राउ

महेन्द्रनगर - कञ्चनपुर जिल्लाका एक दम्पती प्रहरी हिरासतमा छन् । जिल्लाको कृष्णपुर नगरपालिका वडा नं ९ पिपरियाका जोखराम राना र जानकी...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज