Advertisement

अर्थ

निर्माण कार्य अलपत्र पार्ने दश कम्पनीलाई स्पष्टिकरण

निर्माण कार्य अलपत्र पार्ने दश कम्पनीलाई स्पष्टिकरण

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–पूर्वाधार विकास कार्यालय, कञ्चनपुरले निर्माण कार्य अलपत्र पार्ने दश निर्माण कम्पनीहरूको नाम सार्वजनिक गर्दे स्पष्टीकरण सोधेको छ । सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको कार्यालयले काम नगर्ने १० निर्माण कम्पनीहरूलाई राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गर्दे किन ठेक्का अन्त्य नगर्ने ? भन्दै स्पष्टीकरण सोधेको हो । निर्माण कार्य अलपत्र पार्ने निर्माण कम्पनीहरूलाई पूर्वाधार विकास कार्यालयले पटक–पटक मौखिक तथा लिखित ताकेता गर्दा समेत बेवास्ता गरेको भन्दै स्पष्टीकरण सोधिएको जनाएको छ । पूर्वाधार विकास कार्यालयले निर्माण कम्पनीहरूलाई सम्झौता सर्त एवं प्रचलित कानून बमोजिम ठेक्का अन्त्य किन नगर्ने ? भन्दै ७ दिन भित्र अन्तिम स्पष्टीकरणको जवाफ पेस गर्न सूचना प्रकाशित गरेको छ । पूर्वाधार कार्यालयले निर्माण कार्य अलपत्र पार्ने र कार्यालयको आदेशलाई आल–टाल गर्ने तथा जनताला...
एमालेको बिशेष सभालाई ज्ञवाली र पोखरेलले संवोधन गर्ने

एमालेको बिशेष सभालाई ज्ञवाली र पोखरेलले संवोधन गर्ने

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेकपा एमालेले कैलालीको धनगढीमा आयोजना गर्ने प्रदेशस्तरीय विशेष सभाको तयारी तिब्र बनाएको छ । पार्टी प्रदेश कमिटीको नेतृत्वमा यही चैत्र २९ गते हुने बिशेष सभालाई व्यापक बनाउन प्रचार प्रसार देखि अन्य व्यवस्थापकीय तयारीलाई तिब्र पारिएको प्रचार तथा प्रकाशन विभाग प्रमुख भागरथी विष्टले जानकारी दिनुभयो । लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा र पछिल्लो समय देखिएका अराजकताविरुद्ध सभा आयोजना गर्न लागिएको नेकपा एमालेले जनाएको छ । सभालाई नेकपा एमाले उपाध्यक्ष युवराज ज्ञवाली र महासचिव शंकर पोखरेलले संवोधन गर्ने प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं पार्टी प्रदेश कमिटी उपसचिव भागरथी विष्टले जानकारी दिनुभयो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपीशर्मा ओली आउने भनिएपनि अन्तिममा सरकारकै काममा व्यस्त रहनु पर्ने भएकोले उपाध्यक्ष र महासचिवले संवोधन गर्ने कार्यक्रम तय गरिएको उ...
सिद्धबाबा मन्दिर महेन्द्रनगरमा १५औँ विशाल भण्डारा

सिद्धबाबा मन्दिर महेन्द्रनगरमा १५औँ विशाल भण्डारा

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–महेन्द्रनगरस्थीत सिद्धबाबा मन्दिरमा १५औँ विशाला भण्डारा लागेको छ । सिद्धनाथ बैजनाथ अन्न क्षेत्र भण्डारा समिति महेन्द्रनगर कञ्चनपुरको आयोजनामा आईतबारदेखि मन्दिरमा १५औँ विशाल भण्डारा लगाईएको हो । पूर्णागिरी माताको दर्शनपछि सिद्धबाबाको दर्शनका लागि मन्दिरमा आउने भक्तजनहरुका लागि निशुल्करुपमा विशाल भण्डारा लगाईएको भण्डारा समिति सदस्य निरज गुप्ताले बताउनुभयो । उहाँले विशाल भण्डारा चैत्र नवरात्रीलाई लक्षीत गरेर लगाईएको बताउनुभयो । ‘पूर्णागिरीको जो यात्री आउछन, पूर्णागिरीबाट सिद्धबाबाको दर्शन गर्नु पर्ने यीनीहरुको आस्था छ, भक्तजनहरुलाई सहयोग पुग्नेहेतुले भण्डारा लगाईएको हो,’ भण्डारा समिति सदस्य गुप्ताले भन्नुभयो ‘यसमा हामीहरुले श्रद्धालु भक्तजनहरुलाई खानासाना खुवाउछौ, निराहार भक्तजनको लागि प्रसादको पनि व्यवस्था गरेका छौ, यो चैत्र २५ गतेसम्म लगाउछौ ।’ उहाँले महेन्द्रनगरका व्यपारीहरुबाट...
नेपाल खेलकुद महासंघ कञ्चनपुरको अध्यक्षमा गोविन्द थापा निर्विरोध

नेपाल खेलकुद महासंघ कञ्चनपुरको अध्यक्षमा गोविन्द थापा निर्विरोध

अर्थ, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघ कञ्चनपुरको अध्यक्षमा गोविन्द थापा निर्विरोध चयन भएका छन् । शनिबार नेकपा एमाले पार्टी कार्यालयमा सम्पन्न भएको नेपाल खेलकुद महासंघ कञ्चनपुरको दोस्रो जिल्ला अधिबेशनबाट थापाको नेतृत्वमा १३ सदस्यीत कमिटि निर्विरोध गठन भएको हो । दोस्रो जिल्ला अधिबेशनबाट उपाध्यक्षमा सरोज बैज्य र अमित कुमार विक चयन भएका छन् । त्यस्तै सचिवमा खगेन्द्र विष्ट तथा उपसचिवमा ललिता कुवर र राजेन्द्र कुमार काकी निर्वाचित भएका छन् । कोषाध्यक्षमा खगेश्वरी चन्द निर्विरोध चयन भएका हुन् । त्यसैगरी सदस्यमा आशिष धामी, दीपेन्द्र भण्डारी, किसान सिंह महत, भान सिंह भण्डारी, राजेश रैकाल र ललित खडायत सर्वसम्मतरुपमा चयन भएका छ । अधिबेशनमा नेकपा एमाले जिल्ला ईन्चार्ज निरुदेवि पाल प्रमुख अतिथि रहेका थिए । त्यसैगरी अधिबेषनमा नेकपा एमाले नेता नर बहादुर धामी, जिल्ला अध्यक्...
चैत २५ गते महेन्द्रनगरमा ‘एड–टेक राउन्डटेबल’को आयोजना हुदै

चैत २५ गते महेन्द्रनगरमा ‘एड–टेक राउन्डटेबल’को आयोजना हुदै

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
रिदम पन्त, महेन्द्रनगर : महेन्द्रनगरमा चैत्र २५ गते ‘एड–टेक राउण्डटेवल’ आयोजना गरीएको छ । ‘फर दी फ्युचर अफ एजुकेसन ईन नेपाल’ भन्ने मुल नाराकासाथ नोट स्विप्ट प्रालीको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । शनिबार महेन्द्रनगरमा नोट स्विप्ट प्रालिका संथापक विकास पाण्डेयले पत्रकार सम्मेलनको आयोजना गरी ग्रामिण शिक्षा प्रणालीमा विद्यमान चुनौतीहरु पहिचान गर्दै दिगो प्रविधिमैत्री समाधान विकास गर्ने उदेश्यका साथ ‘एड–टेक राउण्डटेवल’ कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहाँले उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेशलाई आधार बनाई शिक्षा क्षेत्रमा काम गरीरहेका प्रतिष्ठित दश जना विज्ञहरु सहभागि हुने बताउनुभयो । कार्यक्रममा प्रतुत भएका दश जना विज्ञहरुका अनुभव, चुनौती र समाधानका लागि नितिनिर्माणका लागि दिने सल्लाह सुझावलाई ग्रिहमन्त्रीसहित प्रधानमन्त्रीलाई बझाउने संस्थापक पाण्डेयले बताउनुभयो ।...
शैक्षिक क्षेत्र बाहेक अन्य क्षेत्रमा पनि लगानी गर्न संस्थापकहरुमा पूर्व मुख्यमन्त्री रावलको आग्रह

शैक्षिक क्षेत्र बाहेक अन्य क्षेत्रमा पनि लगानी गर्न संस्थापकहरुमा पूर्व मुख्यमन्त्री रावलको आग्रह

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले निजी तथा आवाशीय विद्यालयका संस्थापकहरुलाई शैक्षिक क्षेत्र बाहेक अन्य क्षेत्रमा पनि लगानी गर्न आग्रह गर्नुभएको छ । शनिबार महेन्द्रनगरमा निजी तथा आवाशीय विद्यालय अर्गनाईजेसन नेपाल(प्याब्सन) कञ्चनपुरले आयोजना गरेको संस्थापक तथा प्रिन्सिपलहरुको भेलामा बोल्दै पूर्व मुख्यमन्त्री रावलले देशको आर्थिक विकासका लागि अन्य शैक्षिक क्षेत्रबाहेक अन्य क्षेत्रमा पनि लगानी गर्न आग्रह गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि रहेका उहाँले सुदूरपश्श्चिम प्रदेशले लगानी सम्मेलन आयोजना गर्न लागेको र त्यसमा कृषि, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको बताउदै बताउनुभयो । ‘सुदूरपश्श्चिम प्रदेश लगानी सम्मेलन आयोजना गर्न लागेको र त्यसमा कृषि, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको छ,’ पूर्व मुख्य मन्त्री रावले भन्...
कञ्चनपुरमा झन्डै ९ लाख मुल्यका भन्सार छलीका सामान बरामद

कञ्चनपुरमा झन्डै ९ लाख मुल्यका भन्सार छलीका सामान बरामद

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुरमा झन्डै ९ लाख मुल्यको भन्सार छलीका सामान बरामद गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका–११ भुजेला भाईरल रोड र बेलौरी नगरपालिका–१ फटैयाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ८ लाख ८२ हजार ४ सय बराबरको सामान बरामद गरिएको हो । भन्सार छलीका पेय पदार्थ, कुरकुरे, चस्मा, मोबाईल डिस्प्ले, ग्लास, चार्जर, हाउजिङ्ग, ब्याक पाईनल, बोईलर कुखुरा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ । थप आवश्यक कारवाहिको लागि बरामद गरीएको सामान कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।...
महाकाली प्रादेशिक अस्पतालमा सिटिस्क्यान सेवा सञ्चालन गरीदै

महाकाली प्रादेशिक अस्पतालमा सिटिस्क्यान सेवा सञ्चालन गरीदै

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा सिटी स्क्यान सेवा सञ्चालन हुने भएको छ । महाकाली प्रादेशिक अस्पतालमा असारको पहिलो सातादेखि सिटी स्क्यान सेवा सञ्चालनमा ल्याईने भईएको हो । अस्पतालले सिटिस्क्यान सेवा सञ्चालनका लागि उपकरण आपूर्तिकर्ता संग फागुन ६ गते सम्झौता गरेको छ । सम्झौता अनुसार सम्झौता भएको मितिदेखि चार महिनामा उपकरण जडान गरी आपूर्तिकर्ताले उपकरण सञ्चालन गरी हस्तान्तरण गर्नुपर्ने छ । सिटिस्क्यान उपकरण खरिदका लागि अस्पतालले बालाजी सर्जिकल सप्लायर्ससंग तीन करोड ८३ लाख ५५ हजार ५ सय ६० रुपयाँमा सम्झौता गरेको छ । सिटिस्क्यान सेवा सञ्चालन गर्नका लागि सामाजिक विकास मन्त्रालय प्रदेश सरकारसंग बजेट माग गरेका र सरकारले बजेट दिएपछि सिटिस्क्यान मेसिन खरिद प्रक्रिया अगाडि बढेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष किरण भट्टले बताउनुभयो । असारको पहिलो साताबाट नै सिटिस्क्यान सेवा प्रवाह ग...
लेखा आयोगका बाँकि रहेका कार्यहरुलाई तिब्रता दिने–अध्यक्ष डां कंडेल

लेखा आयोगका बाँकि रहेका कार्यहरुलाई तिब्रता दिने–अध्यक्ष डां कंडेल

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेकपा एमाले केन्द्रीय लेखा आयोगको कञ्चनपुर जिल्लामा सम्पन्न १३ औँ बैठकले स्थानीय तहसम्मको लेखा परीक्षण गराउने निर्णय गरेको छ । शुक्रबार नेकपा एमाले कञ्चनपुर पार्टी कार्यालयमा बैठकका निर्णय सार्वजनिक गर्न गरीएको पत्रकार सम्मेलनमा नेकपा एमाले केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कंडेलले पार्टिको विधान अनुसार पालिकास्तरसम्मका कमिटिहरुको लेखा परीक्षण गर्नुपर्ने भएकाले त्यही म्याण्डेट अनुसार केन्द्रीय लेखा आयोगले काम गरीरहेको बताउनुभयो । ‘स्थानीय तहसम्मको लेखा परीक्षण गर्नेभन्ने छ, पार्टीको विधानमा, त्यो विधानले गरेको व्यवस्थाअनुसार नै पार्टीको राजनितिक दस्तावेज, राजनितिक प्रतिवेदनले र पार्टिको सयूक्त सोचलाई सहयोग गर्ने हिसावले केन्द्रीय लेखा आयोगले काम गरीरहेको छ,’ उहाँले भन्नुभयो ‘र यहि अनुसार हामीले गरेका छौ र अघिल्लो आर्थिक बर्षको करिव–करिव हामीले हामीलाई तोकिएको जुन विधानमा ...
हात्ती मारेको आशंकामा एमाले अध्यक्ष पक्राउ

हात्ती मारेको आशंकामा एमाले अध्यक्ष पक्राउ

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–हात्ति मारेको आशंकामा नेकपा एमालेका लालझाडी गाउँ कमिटी अध्यक्ष ओम प्रकाश राना पक्राउ परेका छन । एमाले लालझाडी गाउपालिका अध्यक्ष ओमप्रकास रानालाई सोधपुछका लागि नियन्त्रणमा लिईएको डिभिजन वन कार्यालय कञ्चनपुरका सहायक वन अधिकृत करुणाकर जोशीले बताए । अध्यक्ष रानालाई वन कार्यालयको हिरासतमा राखिएको छ । केही दिन अघि लालझाडीमा जंगली हात्ती मृत फेला परेपछि पोष्टमाष्टम प्रतिवेदनले करेन्ट लागेर हात्तीको मुत्यु भएको विषय खुलेपछि डिभिजन वन कार्यालयले कसले करेन्ट लगाएर हात्ती मारेको बारे अनुसन्धान अघि बढाएको छ । लालझाडीमा जंगली हात्तीले मानिसमाथि आक्र्रमणदेखि भौतिक सरचना अन्नबालीमा क्षति पु¥याउँदै आएको छ । लालझाडीका स्थानीय हात्ती आतंकले समस्या छन् ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज