Advertisement

Author: नयाँ खबर

भीमदत्त नगरपालिकामा पनि जग्गाको नापनक्सा गर्ने कार्यले पायो निरन्तरता, असार मसान्तभित्र झण्डै चार हजार लालपुर्जा वितरण गरीने

भीमदत्त नगरपालिकामा पनि जग्गाको नापनक्सा गर्ने कार्यले पायो निरन्तरता, असार मसान्तभित्र झण्डै चार हजार लालपुर्जा वितरण गरीने

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, विचार, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– भूमि समस्या समाधान आयोगले भीमदत्त नगरपालिमा पनि जग्गाको नापनक्सा गर्ने कार्यलाई निरन्तरता दिएको छ । मंगलबार आयोगले एक औपचारकि कार्यक्रमको आयोजना गरी भीमदत्त नगरपालिका वडा नं. १३ हात्तिसार बाट जग्गाको नापनक्सांकन गर्ने कार्यलाई निरन्तरता दिएको हो । वडा नं. १३ का वडा अध्यक्ष राम बहादुर बोहरा(झक्कास)को सभापतित्वमा भएको समुद्धघाटन कार्यक्रमको प्रमुख अतिथि भूमि समस्या समाधान आयोगका केन्द्रिय अध्यक्ष हरि प्रसाद रिजाल रहेका थिए । उक्त कार्यक्रममा भुमि समस्या समाधान आयोग केन्द्रिय समिति विज्ञ सदस्य टेक बहादुर शाह, केन्द्रिय समिति सदस्य गोवर्धन कोलि, जिल्ला अध्यक्ष नेत्र प्रकास पन्त अतिथि रहेका थिए । भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरि प्रशाद रिजालले देशभर आयोगले ऐलानी जमिनको नाप नक्सादेखि लालपुर्जा वितरणको कार्य तिव्ररुपमा अघि बढाएको बताए । त्यसैगरी कायक्रममा जिल्ला...
महेन्द्रनगर नमुना मावि साधारण ‘उत्कृष्ट विद्यालय पुरस्कार २०८२’ बाट पुरस्कृत हुदै

महेन्द्रनगर नमुना मावि साधारण ‘उत्कृष्ट विद्यालय पुरस्कार २०८२’ बाट पुरस्कृत हुदै

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर नमुना मावि साधारण सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुको साझा छाता संगठन पान(PAN:principals association of Nepal)ले प्रत्येक बर्ष प्रदान गर्दै आईरहेको ‘उत्कृष्ट विद्यालय पुरस्कार २०८२’बाट पुरस्कृत हुने भएको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नं. १८ कटानस्थीत महेन्द्रनगर नमुना मावि सुदूरपश्चिमकै उत्कृष्ट विद्यालयकोरुपमा यहि जेठ २३ गते ‘उत्कृष्ट विद्यालय पुरस्कार २०८२’बाट पुरस्कृत हुने भएको हो । विद्यालयले उत्कृष्ट विद्यालयका रुपमा प्रमाण पत्र र नगद प्राप्त गर्नेछ । पानले ‘बर्षको उत्कृष्ट विद्यालय पुरस्कार २०८२’ प्रदान गर्न गठन गरेको प्रा.डा. विद्यानाथ कोईरालाको नेतृत्वमा गठित मूल्यांकन समितिले गरेको मूल्यांकनका आधारमा महेन्द्रनगर नमुना माविलाई सुदूरपश्चिमकै उत्कृष्ट विद्यालय घोषणा गरिएको जानकारी दिएको छ । मूल्यांकन समितिले २५ वटा शैशिक मापदण्डक...
कञ्चनपुर उद्योग बाणिज्य संघको सभाकक्षमा निः शुल्क योग विज्ञान शिविर संचालनमा

कञ्चनपुर उद्योग बाणिज्य संघको सभाकक्षमा निः शुल्क योग विज्ञान शिविर संचालनमा

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–शारिरीक मानसिक तथा अध्यात्मीक विकासका लागि हरेक मानवलाई आवश्यक योग प्रति दिन प्रतिदिन आकर्षक भईरहेको अवस्थामा भीमदत्तनगर नगरकार्यपालिका र कञ्चनपुर उद्योग बाणिज्य संघको सहयोगमा पंतञ्जलि योग समिति कञ्चनपुरले सात दिने निः शुल्क योग विज्ञान शिविरको विधिवत रुपमा समुद्घाटन गरेको छ । महिला पंतञ्जलि योग समिति अध्यक्ष कमला पाण्डेयको सभापतित्व तथा पंतञ्जलि नेपालका केन्द्रिय सदस्य योग गुरु लबराज भट्टको प्रमुख आतिथ्यतमा एवं पंतञ्जलि योग समितिका अध्यक्ष दयाकृष्ण जोशीको विशिष्ट आतिथ्यतामा सम्पन्न समुद्घाटन कार्यक्रम महिला उपाध्यक्ष भावना के.सी.ले संचालन गर्नु भएको थियो । सात दिन सम्म आयोजना हुने नि:शल्क योग विज्ञान शिविरमा मोटापन, मधुमेह, थाईराईट, कम्मर दुखेको, उच्च रक्तचाप, लागायतका विमारिहरुका लागि विशेष योग अध्यास गराई कुरा संगठन सचिव पवन पनेरुले बताउनु भएको छ । कार्यक्रममा भीमदत...
सुदूरपश्चिम विश्वविद्यालयमा भ्रष्टाचार की कागजात मिलेन ?

सुदूरपश्चिम विश्वविद्यालयमा भ्रष्टाचार की कागजात मिलेन ?

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–सुुदूरपश्चिम विश्वविद्यालयको गत आर्थिक बर्ष ०८०/०८१ मा १७ करोड, १६ लाख, २१ हजार रकम बेरुजु देखिएको छ । केही समय अघि महालेखाले राष्ट्रपतिलाई बुझाएको प्रतिवेदन अनुरुप सुप विश्वविद्यालयको गत आर्थिक बर्षमा उक्त बेरुजु देखिएको हो । महालेखाको प्रतिवेदन अनुसार ५७ लाख, ५६ हजार रुपैया अशुल्नुपर्ने र १४ करोड, ६८ लाख, ३७ हजार नियमित बेरुजु देखिएको छ । सुप विश्वविद्यालयले विभिन्न योजनाको भुक्तानी कागजात बिनै पनि गरेकोे देखिएको महालेखाको प्रतिवेदनले स्पष्ट पारेको छ । विश्वविद्यालयले २ करोड ४७ लाख, ८४ हजार रुपैया बिना कागज भुक्तानी गरिएको र ७ लाख, ८३ हजार रुपैया बराबर पेश्की भुक्तानी गरेको पाईएको छ । विना कागजात भुक्तानी दिनुमा विश्वविद्यालयका कर्मचारीमाथि नैतिक प्रश्न चिन्ह उठेको छ । कहिकतै विश्वविद्यालयका कर्मचारीको मिलोमतोमा विना भुक्तानी दिने कार्य भएको हुनसक्ने चर्चा बजारमा व्यपक छ ।...
स्थानीय कृषक तथा व्यपारीविच अन्तरक्रिया सम्पन्न

स्थानीय कृषक तथा व्यपारीविच अन्तरक्रिया सम्पन्न

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–स्थानीय कृषक तथा व्यपारीविच अन्तरक्रिया सम्पन्न भएको छ । आईतबार दैजीस्थीत हाईवे ग्रिन होटेल एण्ड लजमा कृषि उत्पादन पकेट क्षेत्र विकास तथा बजारीकरणका लािग स्थानीय कृषक तथा व्यपारीविच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमको आयोजना बेदकोट नगरपालिका कार्यालय तथा कनेक्ट परियोजना कार्यक्रम साझेदारी र कृषिज्ञान केन्द्र कञ्चनपुरको सहकार्यमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ति क्षेत्रको आयोजनामा सम्पन्न भएको छ । कार्यक्रमको सभातित्व बेदकोट उपभोक्ता समिति अध्यक्ष भानमति खडायतले गरेका थिए भने प्रमुख अतिथि बेदको गरपालिकाका प्रमुख भोजराज बोहरा रहेका थिए । त्यसैगरी विशिष्ट अतिथिमा शुक्लाफाटा मध्यवर्ति क्षेत्र व्यवस्थापन समिति अध्यक्ष लवदेव विष्ट रहेका थिए । त्यसैगरी कार्यक्रममा हिमाली प्रकृतिका वरिष्ट कार्यक्रम अधिकृत श्रीराम घिमिरे, कनेक्ट परियोजनाका प्रमुख, कृर्षि ज्ञा...
नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्ष पदको लागि भएको निर्वाचनबाट विष्टले एक सय ३ मत लिएर अध्यक्षमा निर्वाचित भएका हुन् । विष्ट यस अघि संगठनका जिल्ला सचिव हुन् । उहाका प्रतिस्पर्धि भुवनेश्वरी थापा रावलले ३४ मत मात्र लिएका थिए । जिल्लाको अन्य पदाधिकारी तथा सदस्य र प्रदेश प्रतिनिधि निर्विरोध निर्वाचित भएता पनि अध्यक्ष पदका दुवै जना प्रत्यासीविच सहमति हुन नसकेपछि भने निर्वाचन भएको हो । १३ जिल्ला अधिबेशनबाट उपाध्यक्षमा चन्द्र बहादुर थापा, कुमारी सत्या रोकाया निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा धनञ्जय जोशी, कोषाध्यक्षमा छविराज पाण्डेय, सहसचिवमा गीता रेग्मी र सहकोषाध्यक्षमा नर्मदा जोशी निर्विरोध निर्वाचित भएका छन् । त्यसैगर िसदस्यमा टिकाराम शर्मा, लक्ष्मीदत्त भट्ट, रुद्र क...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय अन्तर्गत लेखा परीक्षणका लागि सञ्चालन गरिएको नेपाल लेखा व्यवस्थापन प्रणालीलाई छलेर किर्ते गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । गत आर्थिक वर्ष २०८०/८१ मा महालेखा परीक्षकको कार्यालयले गरेको लेखा परीक्षणमा लेखापाल भट्टले २ लाख राजस्व दाखिला नगरेको आरोपमा किर्ते मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको निर्देशनमा दुहुँ गाउँपालिकाका लेखापाल भट्टलाई बुधबार सदरमुकाम खलङ्गाबाट पक्राउ गरी मुलुकी फौजदारी ऐनअन्तर्गत मुद्दा दर्ता गरेर जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरीका सूचना अधिकारी छत्र रावतले जानकारी दिए। लेखापाल भट्टले आर्थिक वर्ष २०८०/८१ को समपरीक्षणका लागि २०८१ ...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । उक्त शाखको शनिबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रि मेघराज खड्काले विधिबधरुपमा समुद्धघाटन गरेका छन् । महेन्द्रनगर बजारको मुटुमा रहेको नेशनल प्याथ ल्यावको उद्धघाटन कार्यक्रममा प्रमुख अतिथि रहेका मन्त्री खड्काले समुद्धघाट समारोमा बौलदै ल्यावले सामान्य देखि विशेष प्रकारको शारिरीक परिक्षणको लागि स्थानीयहरुलाई बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्ने बताए । ‘राज्यले आफ्नो बजेटको सिमितताको आधारमा काम गर्दैछ, नेशनल ल्याव स्थापना गरी स्वास्थ्य क्षेत्रको विकासको लागि निजि क्षेत्रले पनि अग्रसरता देखाएको छ, यो राम्रो पक्ष हो,’ मन्त्री खड्काले भने ‘ल्यावले स्थानीयस्तरमा राम्रो सेवा सुविधा दिने जमर्को गरेको छ । यहाँका स्थानीयले विभिन्न किसिमका परिक्षणका लागि बाहिर जान...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्र।१–०२–००२ च ५२३८ नम्बरको गाडीलाई शंकाका लागि चेकजाँच गर्जे क्रममा ८ सय ९० किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । साथै, धनकुटा सांगुरीगढी–२ का उल्लास लिम्बुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गाँजासहित पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भइरहेको छ ।...
अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
काठमाडौं  । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले संगठनको राष्ट्रिय महाधिवेशनको लागि आज देशैभरका कलेजबाट एकै पटक प्रतिनिधि छनोट गर्दै छ । आगामी जेठ २५ देखि २८ गतेसम्म हुन लागेको संगठनको २४ औँ राष्ट्रिय महाधिवेशनको लागि आज प्रतिनिधि छनोट हुन लागेका हुन् । महाधिवेशनको लागि स्वतन्त्र विद्यार्थी युनियन भएका हरेक कलेजबाट एक जना प्रतिनिधि छानिने छन् । अनेरास्ववियुले जेठ १२ गतेसम्म सबै प्रतिनिधिको टुङ्गो लगाइसक्ने बताएको छ । त्यसको लागि प्रत्येक स्थानीय तहबाट एक जना, सबै प्रारम्भिक कमिटीबाट एक जना र जिल्ला कमिटीबाट एक महिला सहित ३ जना प्रतिनिधि छानिने छन् । ‘शिक्षालाई सीप, श्रम, उत्पादन र रोजगारीसँग जोडौँ, सामाजिक अराजकता र बढ्दो युवा पलायन रोक्न विद्यार्थी शक्ति समृद्धिमा अगाडि बढौँ’ भन्ने मूल नाराको साथ अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशन हुँदै छ । २४ ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज