भीमदत्त नगरपालिकाले सञ्चालनमा ल्यायो ‘शव चिस्यान’ सेवा
महेन्द्रनगर–भीमदत्त नगरपालिकाले ‘शव चिस्यान’ सेवा सञ्चालनमा ल्याएको छ । विशेष गरी अस्पताल वा घरमा मृत्यु भएका व्यक्तिको शव सुरक्षित राख्न उपयुक्त सुविधा नहुँदा मृतकका आफन्तहरूलाई तत्काल अन्तिम संस्कार गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि शव चिस्यान सेवा सञ्चालनमा ल्याईएको हो । नगरपालिकाले यो सेवा निशुल्क प्रदान गर्ने नगरपालिकाका नगर प्रमुख पदम बोगटीले बताए ।
‘शव चिस्यान सुविधा नभएकै कारण धेरै परिवारहरू हतारमा अन्तिम संस्कार गर्न बाध्यता रहेको कुरालाई मध्यनजर गर्दै नगरपालिकाले यो सेवा सञ्चालनमा ल्याएको हो’, नगर प्रमुख बोगटीले भने, ‘हामी चाहन्छौं, मृत्युको क्षण पनि मर्यादित होस् । विशेष गरी रोजगारी वा अन्य कारणले विदेशमा रहेका आफन्तहरू आउन केही दिन लाग्ने अवस्था हुन्छ, यस्तो बेला शव सुरक्षित राख्न सकियोस भन्ने हो, यो सेवा नगरपालिकाले निशुल्क प्रदान गर्ने व्यवस्था मिलाएका...




















