डडेल्धुराको परशुराम नगरपालिकाले ल्यायो ८० करोड बढिको वजेट
महेन्द्रनगर–डडेल्धुराको परशुराम नगरपालिकाले १७ औं नगरसभाको दोस्रो बैठकबाट ८० करोड ४९ लाख ४१ हजार ४ सय ३५ रुपैयाँ वजेट ल्याएको छ । मंगलबार नगरपालिकाको नगर सभामा संबिधानको ब्यवस्था, संघियता स्वरुप सरकार सञ्चालन ऐन २०७४ अनुसार आर्थिक बर्ष २०८२/०८३ को बजेट नगर उप–प्रमुख विमला कुमारी महता(बोहरा)ले बजेट प्रस्तुत गरेकी हुन् ।
नगरसभाको अर्को बैठक असार १४ गते शनिबार बिहान १० वजे बस्ने र उप–प्रमुखले प्रस्तुत गरेको आर्थिक बर्ष २०८२/०८३ को वजेट माथि दफावार छलफल गरिने भएको छ । असार ७ गते नगर–प्रमुख भरत वडायर जोशीले टेवुल गर्नु भएको आर्थिक बर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम समेत पास गरिएको नगर–प्रबक्ता खगेन्द्र बहादुर सिहले बताउनुभयो । दायित्व, चालू र पुजिगत खर्च, राजश्वको आधारमा, प्रदेश सम्पुरक र संघिय वजेटलाई टेकेर नगरपालिकाको आन्तरिक आयलाई अनुमान गरि बजेट सार्वजनिक गरिएको नगर–उप प्र...




















