Advertisement

छोरी–बुहारीलाई उच्च शिक्षा छात्रवृत्ति सहित भीमदत्त नगरले ल्यायो १ अर्ब ९३ करोड बढीको बजेट

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । मंगलवार भीमदत्त नगरपालिकाको नगर सभा हलमा बसेको १७औँ नगरसभाको बैठकबाट नगरपालिकाको आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट पारित भएको हो ।

 

नगरनगरपालिकाले आर्थिक वर्ष ०८२/०८३ का लागि १ अर्व ९३ करोड ८३ लाख २३ हजार ३ सय १९ बराबरको बजेट ल्याएको छ । नगरपालिकाले प्रस्तुत गरेको बजेटको स्रोत अन्तर्गत आन्तरिक स्रोतबाट ३३ करोड, वित्तिय समानिकरण अनुदान संघिय सरकारबाट २३ करोड ९१ लाख, वित्तिय समानिकरण अनुदान प्रदेश सरकारबाट २ करोड ३७ लाख ६० हजार, संघिय सरकारबाट सशर्त अनुदान ५३ करोड २९ लाख,संघिय सरकारबाट राजश्व बाडफाँडको १७ करोड २२ लाख ६३ हजार ३ सय १९ र प्रदेश सरकारबाट राजश्व बाडफाँडको ८४ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

 

यस्तै विशेष अनुदान संघिय सरकारबाट ७८ लाख, विशेष अनुदान प्रदेश सरकारबाट ६० लाख, सडक बोर्ड नेपालबाट १ करोड, सामाजिक सुरक्षा तर्फ ५७ करोड, क्षेत्रिय शहरी विकाश आयोजनाबाट २० लाख र नगद मौज्दात २ करोड बजेटको स्रोतको रुपमा रहने नगर प्रमुख पदम बोगटीले बताए । नगरपालिकाले आगामी वर्षदेखी लागु हुने गरी छोरी बुहारी उच्च शिक्षा अध्ययन छात्रवृत्ति कार्यक्रम ल्याएको छ । आर्थिक अभावका कारण कोहीपनि छोरी बुहारीहरु उच्च शिक्षा अध्ययनबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले उक्त कार्यक्रम ल्याइएको बताइएको छ ।

 

नगर क्षेत्रभित्र शवयात्राका लागि प्रयोग हुने शव वाहना निशुल्क उपलब्ध गर्ने, विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न तथा विद्यार्थीहरुको रचनात्मकता प्रस्फुटन गर्न(अतिरिक्त क्रियाकलाप गर्ने) विद्यालयमा पुस्तक विहिन शुक्रवार ‘बुक फ्रि फ्राईडे’ कार्यक्रम संञ्चालन गर्ने, नगरपालिकाको दुर्गम क्षेत्र, अति विपन्न, दलित, लोपान्मुख जाति, द्वन्द्व पिडित, महामारी विपद् प्रभावित, हिंसामा परेका महिला बालवालिका, अपाङगता भएका व्यक्ति, गम्भिर दुर्घटनामा परेका व्यक्ति तथा साहाराविहिन व्यक्ति विषेशको हकमा ‘मेयर अन द स्पट’ कार्यक्रम निरन्तरता दिइएको छ ।

प्रस्तुत निति तथा कार्यक्रममा नगरवासीको अत्यावश्यक माग, आवश्यकता र समस्या सम्बोधन गर्न ‘नगरप्रमुख पूर्वाधार विकास कार्यक्रम’ नगरपालिका क्षेत्रमा रहेका सार्वजनिक जग्गाहरुको पहिचान, संरक्षण र लगत तयार गरी अतिक्रमित जग्गा क्रमशः खाली गराई संरक्षण गर्ने, भीमदत्त नगरपालिकाकालाई विषादीमुक्त नगरपालिका बनाउन प्राङ्गारिक एवम् जैविक मल उत्पादन गर्ने किसानलाई प्रोत्साहान गर्ने, “विद्यार्थीसँग मेयर कार्यक्रम”, “जेहेन्दार विद्यार्थी छात्रवृत्ती कार्यक्रम” अन्तरगत नगर क्षेत्रका विद्यालयहरुबाट अध्ययन गरेका विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको उच्च शिक्षामा पहुँच बढाउन छात्रवृत्तीको व्यवस्थालाई निरन्तरता दिइएको छ । ७५ वर्ष उमेर पुरा भएका ज्येष्ठ नागरिकहरुलाई आधारभूत स्वास्थ्य सेवा घरदैलो कार्यक्रमलाई निरन्तरता दिइने, प्रसुति सेवा केन्द्रबाट प्रवाह हुने सेवालाई थप व्यवस्थित गर्दै संस्थागत प्रसुति सेवा प्रोत्साहन गर्न गर्भवती सुत्केरीहरुका लागि नगरभित्र निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिई प्रभावकारी बनाइने लगाएतका कुरा समेट्दैँ निति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । समग्रमा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई उच्च प्राथमिकतामा राखेर निति कार्यक्रम प्रस्तुत गरिएको छ । बैठकमा नगरप्रमुख तथा नगरसभा अध्यक्ष बोगटीले पेस गरेको नीति तथा कार्यक्रम र बजेटलाई नगरसभा सदस्यले सर्वसम्मतले पारित गरेका हुन् । बैठकमा नगरसदस्यहरुले बजेटमाथि आ–आफ्नो धारणा राखेका थिए । नगरप्रमुख बोगटीले नगरसभा सदस्यहरुले उठाएका विषय र सुझावलाई यथासम्भव समावेश हुने गरी बजेट र नीति तथा कार्यक्रम कार्यान्वयन गरिने विश्वास व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज