एक पाउबढि खैरो हिरोईन बरामद
महेन्द्रनगर – नेपाल प्रहरीले एक पाउभन्दा बढि खैरो हिरोईन सहित दुई जनालाई पक्राउ गरेको छ । कञ्चनपुर जिल्लाको पुनर्वास – ६ स्थित सम्राट होटल नजिकै बाट शुक्रबार दुई सय ७३ ग्राम खैरो हिरोई (लागू औषध) सहित पुनर्वास नगरपालिका–६ बस्ने ५० वर्षीय दीपक बिसी र दार्चुलाको महाकाली नगरपालिका– ३ बस्ने ४२ वर्षीय नरसिंह महरालाई पक्राउ गरेको हो ।
लागुऔषध बेचविखन हुने सूचनाआधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली, लागू औषध नियन्त्रण ब्युरो महेन्द्रनगर कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको संयुक्त टोलीले रंगेहात पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपि सागर बोहराले बताए । उनका अनुसार उनीहरुका साथबाट ५ थान सेतो प्लाष्टिकको पोका पारेको अवस्थामा लागुऔषध बरामद गरीएको हो । प्लाष्टिक सहित २७९ ग्राम २५० मिलीग्राम भएता पनि प्लास्टिक हटाएपछि २७३ ग...




















