नयाँ खबर
महेन्द्रनगर–डडेल्धुराको परशुराम नगरपालिकाले १७ औं नगरसभाको दोस्रो बैठकबाट ८० करोड ४९ लाख ४१ हजार ४ सय ३५ रुपैयाँ वजेट ल्याएको छ । मंगलबार नगरपालिकाको नगर सभामा संबिधानको ब्यवस्था, संघियता स्वरुप सरकार सञ्चालन ऐन २०७४ अनुसार आर्थिक बर्ष २०८२/०८३ को बजेट नगर उप–प्रमुख विमला कुमारी महता(बोहरा)ले बजेट प्रस्तुत गरेकी हुन् ।

नगरसभाको अर्को बैठक असार १४ गते शनिबार बिहान १० वजे बस्ने र उप–प्रमुखले प्रस्तुत गरेको आर्थिक बर्ष २०८२/०८३ को वजेट माथि दफावार छलफल गरिने भएको छ । असार ७ गते नगर–प्रमुख भरत वडायर जोशीले टेवुल गर्नु भएको आर्थिक बर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम समेत पास गरिएको नगर–प्रबक्ता खगेन्द्र बहादुर सिहले बताउनुभयो । दायित्व, चालू र पुजिगत खर्च, राजश्वको आधारमा, प्रदेश सम्पुरक र संघिय वजेटलाई टेकेर नगरपालिकाको आन्तरिक आयलाई अनुमान गरि बजेट सार्वजनिक गरिएको नगर–उप प्रमुख बिमला कुमारी महाता(बोहरा) ले बताउनु भयो ।

जनताको अपेक्षामा वजेट हुने गरे पनि केहि वजेट शिर्षकले बाधेको हुन्छ समग्रम जनताको माग अनुसार बजेट ल्याएको उहाले बताउनु भयो ।
पुर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारलाई महत्व दिएर परशुराम नगरपालिकाले बजेट ल्याएको नगर प्रमुख जोशीले बताए ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।