Advertisement

पुनर्वास नगरपालिकाको न्यायिक समितिद्वारा तीन ठाउँमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

किशोर तामाङ , पुनर्वास – कञ्चनपुरको पुनर्वासमा न्यायिक समितिको आयोजनामा तीन ठाउँमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको  छ । पुनर्वास नगरपालिका वडा नम्बर ४, १ र २ मा गरी न्यायिक समितिले सार्वजनिक सुनवाई गरेको थियो ।

पालिकाको न्यायिक समितिबाट प्रवाह गरिएका सेवा सुविधा, सुशासन, सामाजिक उत्तरदायित्व, न्यायिक गतिविधिको प्रभावकारिता, पारदर्शिता र जवाफदेहिताका विषयमा सार्वजनिक सुनुवाइमा छलफल गरिएको थियो। पुनर्वास नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रमलाई बार्षिक कार्यतालिका अनुसार नियमित रूपमा सञ्चालन गर्दै आएको  पुनर्वास नगरपालिकाको नगरप्रमुख तथा न्यायिक समिति संयोजक भूलीया कुमारी रानाले जानकारी दिनुभयो ।

यसरी विभिन्न ठाउँमा सार्वजनिक सुनवाई गर्दा, नागरिकहरूलाई न्यायिक समितिको बारेमा जानकारी हुने, न्यायिक समितिले गर्ने काम कारबाही, र न्यायक समितिमा के का लागि किन र कसरी पुग्ने भन्ने जस्ता विषयमा जानकारी हुने उहाँले बताउनुभयो ।  जसले समग्र स्थानीय शासन प्रणालीलाई जनमुखी र उत्तरदायी बनाउने उद्देश्य राखेको उहाँको तर्क छ ।

पुनर्वास ४, १ र २  भएको न्यायिक समितिको सार्वजनिक सुनवाइमा बोल्दै पुनर्वास नगरपालिकाका नायब सुब्बा तथा न्यायिक समिति उजुरी प्रशासक गणेशराज जोशीले न्यायिक समितिले सेवा प्रवाहमा पारदर्शिता र सुशासन सुनिश्चित गर्न विभिन्न सुधारात्मक कदम चालेको बताउनुभयो । उहाँले न्यायिक समितिमा आएका विवादहरू निरूपण गर्न कुनै पनि पक्ष विपक्ष नभनिकन स्वतन्त्रपूर्वक मेलमिलाप मार्फत काम गर्दै आएको बताउनुभयो । न्यायिक समितिमा पुग्ने जो कोही पनि व्यक्ति कसैको हार जित भन्दा पनि जित-जीतको अवस्थाबाट मिलेर फर्किने गरेको उहाँको तर्क छ ।

तिनै ठाउँमा भएको कार्यक्रममा सहभागीहरूले न्यायिक समिति भनेको के हो? न्यायिक समितिले के काम गर्छ? न्यायिक समितिमा किन र केका लागि पुग्ने? न्यायिक समितिमा उजुरी दर्ता गर्न आउँदा के के चाहिन्छ ? लगायतका पुनर्वास भित्रका विभिन्न विषयहरुमा प्रश्नहरू गरेका थिए । सहभागीहरूको प्रश्नको जवाफ दिँदै पुनर्वास नगरपालिकाको नगर उपप्रमुख तथा न्यायिक समितिका संयोजक भुलिया कुमारी रानाले स्थानीय सरकार जनताको सेवा गर्न कटिबद्ध रहेको स्पष्ट पार्नुभएको थियो ।

कार्यक्रममा सहभागिहरूले न्यायिक समितिको कार्यप्रणाली, विवाद समाधानको पारदर्शिता, सेवा प्रवाहको गति र पहुँचको विषयमा सुझाव र गुनासोहरू राखेका थिए। कार्यक्रमको सहजीकरण नेपाल सृजनशिल विकास तथा संरक्षण समाज (CDPS-Nepal) ले गरेको थियो।

सहभागीहरूले यस किसिमको सार्वजनिक सुनुवाईले स्थानीय तहमा जवाफदेहिता र नागरिक सहभागिता बढाउने विश्वास व्यक्त गरेका थिए। कार्यक्रममा न्यायिक समितिका पदाधिकारी, सहजीकरण संस्था (CDPS-Nepal) का अध्यक्ष, कर्मचारीहरु, स्थानीय नागरिक, महिला समूह, युवा प्रतिनिधि, नागरिक समाज, पत्रकार र अन्य सरोकारवालाको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार किशोर तामाङ्गले गर्नुभएको थियो

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित व...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज