Advertisement

Author: नयाँ खबर

छाउपडी प्रथा अन्त्य गर्न सुरुवाती चरणमा छाउपढी गोठ भत्काउनुपर्ने सरोकारवालाको जोड

छाउपडी प्रथा अन्त्य गर्न सुरुवाती चरणमा छाउपढी गोठ भत्काउनुपर्ने सरोकारवालाको जोड

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–सुदुरपश्चिम प्रदेशका सरोकारवालाले छाउपडी प्रथा अन्त्यका लागि छाउपढी गोठ भत्काउन जोड  दिएका छन् । बुधबार कृष्णपुर नगरपालिकामा सुदुरपश्चिम प्रदेश सभा समाजिक विकास समितिले आयोजना गरेको अन्तरकृया कार्यक्रममा सरोकारवाला जनप्रतिनिधी एव सरकारी कर्मचारीले प्रथा अन्त्य गर्न छाउपढी गोठ भत्काउन एक मत देखिएका हुन् । कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले छाउबार्नका लागि गोठमा बसेकी निगालीकी २८ बर्षिया कमला आउजीदमाईको निधनसंगै सबै वडाहरुमा रहेका छाउगोठ भत्काउनुका साथै सचेतना कार्यक्रम संचालन गरिने बताए । ‘पहाडबाट बसाई सरी आएका अधिकांस परिवारहरुमा छाउपढीको समस्या देखिएको छ, अछाम समुदायमा अझ बढि समस्या रहेकोछ, छाउपढी गोढ छिटो भत्काईएन भने अझ थप जोखिम हुन्छ भन्ने हो, जनचेतनामुलक कार्यक्रम गर्दैगरौला, सर्पले टोक्ने कुरामा मात्रै समस्या छैन, समाजमा अन्य विभिन्न बिकृति छ,’ उनले भने, ‘छाउगोठमा सु...
छाउगोठमा मृत्यु भएकी कमलाका परिवारलाई नेपाली कांग्रेसद्वारा सहयोग

छाउगोठमा मृत्यु भएकी कमलाका परिवारलाई नेपाली कांग्रेसद्वारा सहयोग

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– कृष्णपुर नगरपालिका–१ निगालीकी छाउ गोठमा मृत्यु भएकी कमलाका परिवारलाई नेपाली कांग्रेसले सहयोग रकम प्रदान गरेको छ। नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नम्बर २ ९क० कार्यसमितिले मृतक कमलाका परिवारलाई २१ हजार नगद सहयोग प्रदान गरेको हो। असार २७ गते राति छाउगोठमा सुतिरहेकी कमला दमाईको सर्पको टोकाई बाट ज्यान गएको थियो। कृष्णपुर नगरपालिका १ निगालीकी २८ वर्षीय दमाईको सर्पदंशबाट मृत्यु भएपछि नेपाली कांग्रेसले उनको घरमै गएर बुधबार श्रद्धाञ्जली सभासमेत गरेको छ। ुहामी आफैंले आफ्ना आमाछोरीलाई यस्ता कुप्रथामा राखेर जीवनज्योतिमा पारिरहेका छौं । ु नेपाली कांग्रेसका प्रदेशसभा क्षेत्र नम्बर क सभापति शंकरबहादुर खड्काले भने ुअब ढिला नगरी यस्ता अमानवीय परम्पराको अन्त्य गर्न जरुरी छ ।ु मृतक कमलाका १४ वर्षीय छोरा आयुष १२ वर्षीय आशिष र पाँच वर्षीय आदित्य रहेको परिवारले बताएको छ।...
बोराडाडीमा विपन्न महिलाका लागि निःशुल्क सिलाई तालिम सुरु

बोराडाडीमा विपन्न महिलाका लागि निःशुल्क सिलाई तालिम सुरु

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
हेमा भट्ट, धनगढी– धनगढी उपमहानगरपालिका–३ बोराडाँडीमा आर्थिक रूपमा कमजोर तथा विपन्न महिलाहरूका लागि एक महिनाको निःशुल्क सिलाई–कटाई तालिम सुरु गरिएको छ । तालिम असार ३२ गतेदेखि साउन ३० गतेसम्म सञ्चालन हुने छ । तालिम कार्यक्रमको उद्घाटन वडा अध्यक्ष राजबहादुर ऐर द्वारा गरिएको थियो । कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी तथा महिलाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उद्घाटन समारोहमा अध्यक्ष ऐरले यस्तो तालिम कार्यक्रम समाजमा अत्यन्तै सान्दर्भिक रहेको भन्दै आयोजकलाई धन्यवाद दिए। कार्यक्रम रागव सिलाई द्वारा आयोजना गरिएको हो। संचालक ललिता कोलीका अनुसार १५ जना महिलालाई निःशुल्क तालिम दिइनेछ। उनले तालिम गुणस्तरी रुपमा सञ्चालन गरिने प्रतिबद्धता जनाउँदै चाँडै आयमूलक सीप सिकेर स्वरोजगार बन्न सक्ने वातावरण तयार गरिने बताइन्। संचालिका कोलीले साउन महिना भगवान शिवप्रति भक्तिभाव प्रकट गर्ने महिना भ...
एमाले महिला संघको छाउपढी गोठसंगै कुरीती मनैदेखि जरा उखेल्न सिडियोलाई ज्ञापन पत्र

एमाले महिला संघको छाउपढी गोठसंगै कुरीती मनैदेखि जरा उखेल्न सिडियोलाई ज्ञापन पत्र

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–नेकपा एमाले सम्बद्ध अखिल नेपाल महिला(अनेम) संघले छाउपढी गोठ भत्काउनु पर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई ज्ञापन पत्र बुझाएको छ । बुधबार अनेम संघ कञ्चपनुरका जिल्ला अध्यक्ष चिनी गिरीको नेतृत्वमा संघले प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाललाई छाउपढी गोठ भत्काउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो । कृष्णपुर नगरपालिका १ निगालीका २८ वर्षीय कमला आउजी दमाइको शनिबार छाउगोठमा सर्पले टोकेर मृत्यु भएको थियो । त्यसपछि छाउपढी गोठको बारेमा राष्ट्रिय अन्तराष्ट्रिय स्तरमै आवाज उठिरहको छ । संघले मंगलबार प्रेस विज्ञप्ति जारी गदैँ छाउगोठ भत्काउने अभियानमा सक्रिय हुन सबै नेता कार्यकर्तालाई अपील समेत गरीसकेको छ । अनेम संघ कञ्चनपुरकी अध्यक्ष चिनि गिरीले महिलालाई दोस्रो दर्जाको नागरीक बनाउने छाउपडी प्रथाको अन्त गर्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बझाएको बताईन् । ‘छाउपडी प्रथा नारीला...
सुप विश्वविद्यालय सेवा आयोगमा सत्तारुढ दुई दलको भागबण्डा, अध्यक्ष कांग्रेसलाई एमालेलाई सदस्य

सुप विश्वविद्यालय सेवा आयोगमा सत्तारुढ दुई दलको भागबण्डा, अध्यक्ष कांग्रेसलाई एमालेलाई सदस्य

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
काठमाण्डौ –सुदूरपश्चिम विश्वविद्यालयको सेवा आयोगमा सत्तारुढ दुई दल एमाले कांग्रेसले भागबण्डा गरेका छन् । सत्तारुढ प्रमुद दुई दल एमाले र कांग्रेसको भागबण्डाअनुसार अध्यक्ष कांग्रेसको भागमा परेको छ भने सदस्य एमालेको भागमा परेको हो । सुप विश्वविद्यलय सेवा अयोग अध्यक्षमा पूर्व प्राध्यापक यज्ञराज भट्ट नियुक्त भएका छन् । उनी मानविकी तथा सामाजिक शास्त्र संकायका पूर्व प्राध्यापक हुन् । त्यसैगरी सेवा आयोग सदस्यमा प्राडा तारादत्त भट्ट नियुक्त भएका छन् । उनी त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन् । यसअघि एमाले कोटाबाट प्राडा पूर्ण बहादुर चन्द सेवा आयोग अध्यक्ष थिए । एक जना लोकसेवाका प्रतिनिधि सदस्य हुने सुप विश्वविद्यालयको सेवा आयोगमा अध्यक्षसहित तिन सदस्यीय हुने व्यवस्था रहेको छ । विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार, परीक्षा नियन्त्रक, डीन लगायतका पदाधिकारी यस अघि भागबण्डामा नियुक्त गरिएका थिए ...
डडेल्धुरा अस्पताललाई फेरि ‘प्रथम सेवा विन्दु’ कायम

डडेल्धुरा अस्पताललाई फेरि ‘प्रथम सेवा विन्दु’ कायम

samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
डडेल्धुरा – स्वास्थ्य बीमा बोर्डले डडेल्धुरा अस्पताललाई आगामी असोज मसान्तसम्म ‘प्रथम सेवा विन्दु’ का रूपमा सेवा दिन अनुमति दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार बोर्डले यसअघि हटाइएको प्रथम सेवा विन्दुको सुविधा फेरि बहाल गर्ने निर्णय गरेको हो । यसअघि बोर्डले २०८२ साउन १ गतेदेखि रेफरल अस्पतालले प्रथम सेवा विन्दुको रूपमा काम गर्न नपाउने भन्दै पत्राचार गरेको थियो । डडेल्धुरा अस्पतालबाट सेवा विन्दु हटाउने निर्णयपछि सामाजिक सञ्जालदेखि नागरिक तहसम्म स्थानीय तह र सेवाग्राहीको चर्को विरोधपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रको आधारमा बोर्डले फेरि असोज मसान्तसम्मका लागि सेवा निरन्तर गर्ने निर्णय गरेको छ । बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लका अनुसार डडेल्धुरा अस्पताललाई असोज मसान्तसम्म प्रथम सेवा विन्दुको रूपमा काम गर्न सक्ने गरी पत्राचार गरिएको छ। डडेल्धुरा अस्पतालले...
छाउगोठ हटाउने अभियानमा सक्रिय हुन् अनेम संघ कञ्चनपुरद्धारा अपील

छाउगोठ हटाउने अभियानमा सक्रिय हुन् अनेम संघ कञ्चनपुरद्धारा अपील

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – महिलामाथि हुने सबै किसिमको विभेद र हिंसाको अन्त्यका लागि निरन्तर संघर्षरत अखिल नेपाल महिला(अनेम) संघ जिल्ला कमिटी, कञ्चनपुरले छाउगोठ उन्मूलन अभियानमा सक्रिय हुन् संगठनमा आवद्ध नेता कार्यकर्तालाई आग्रह गरेको छ । मंगलबार प्रेस विज्ञप्ती जारी गदैँ अनेम संघ कञ्चनपुरले महिलामैत्री वातावरण निर्माणमा योगदान पुयाउन राज्यका सबै निकाय, सरोकारवाला संस्था र नागरिक समाजलाई आग्रहसहित अखिल नेपाल महिला संघसँग आबद्ध जिल्ला भरिका सबै महिला दिदिबहिनीहरुलाई आ–आफ्नो स्थानीय पालिकामा छाउगोठ भत्काउने अभियानमा सक्रिय हुन निर्देशन दिएको हो । शनिबार कृष्णपुर नगरपालिका वडा नम्बर १ निगालीका २८ वर्षीय कमला आउजी दमाइको छाउगोठमा सुतिरहेका बेला सर्पदंशबाट ज्यान गएको थियो । महिलाको मौलिक अधिकार सुनिश्चित गर्न र समानतामूलक समाज निर्माण गर्न छाउगोठ जस्ता कुरीति अन्त्य गर्नु अत्यावश्यक भएको उल्लेख गरीएको अनेम ...
सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

samachar, शिक्षा, समाचार
काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ५४ करोड रुपैयाँको अनुमानित बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा डा विनोद लेखकद्धारा प्रस्तुत बजेट र कार्यक्रम संशोधनसहित स्वीकृत भएको हो । कुलपति ओलीले विश्वविद्यालयको आर्थिक थितिलाई तन्दुरुस्त राख्न आग्रह गर्दै बजेट प्रस्तुत गर्दा यथार्थ चित्रका आधारमा प्रस्तुत गर्न निर्देशन दिए।...
कञ्चनपुर जिल्ला अदालतद्धारा ७० प्रतिशत मुद्धा फछ्यौट, ७ सय ५ मुद्धाको छिनोफानो हुन बाँकि

कञ्चनपुर जिल्ला अदालतद्धारा ७० प्रतिशत मुद्धा फछ्यौट, ७ सय ५ मुद्धाको छिनोफानो हुन बाँकि

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – पछिल्ला चार वर्षमा कञ्चनपुर जिल्ला अदालतले मुद्धा फछ्यौटको प्रतिशत बढाएर ७० प्रतिशतमा पु¥याएको छ । चालु आर्थिक वर्ष २०८१।०८२ मा दुई हजार ३ सय ५० मुद्धा फर्छयौट गर्नुपर्नेमा एक हजार ६ सय ४५ मुद्धाको छिनोफानो गरेको हो । नयाँ दर्ता एक हजार तीन सय २१ र जिम्मेवारी सरी आएका एक हजार २० गरि दुई हजार तीन सय ५० मुद्धा दर्ता भएकोमा ७ सय ५ मुद्धा फेरी पनि फर्छयौट गर्न बाँकि रहेका छन् । कञ्चनपुर अदालतले आर्थिक वर्ष २०७८।७९ मा ४४ दशलमलव १५ प्रतिशत, आर्थिक वर्ष २०७९।८० मा ५२ दशमलव १० प्रतिशत, आव २०८०।८१ मा ५३ दशलमल ८३ प्रतिशत मुद्धा फर्छयौट गरेको थियो । त्यस्तै अदालतले दुई वर्ष पुराना मुद्धा शुन्यमा झारेको छ । २०७८/०८९ मा ३२, ०७९/८० मा २६, २०८०/८१ मा २९ मुद्धा दुई बर्ष पुराना रहेका थिए । अदालतले पुराना मुद्धा हरुलाई प्राथमिकतामा राखेर कार्य सम्पादन गरेको कारण दुई बर्ष पुराना मुद्धा ...
भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त

भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा भगवती न्यौपाने नियुक्त भएकी छन् । घुस ‘डिल’ को अडिओ काण्डमा मुछिएका यसअघिका मन्त्री राजकुमार गुप्ताको राजीनामा स्वीकृतसँगै राष्ट्रियसभामा एमाले प्रमुख सचेतक रहेकी न्यौपानेलाई नियुक्त गरिएको हो । प्रधानमन्त्रीको सिफारिसमा न्यौपानेलाई नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्ति निकालेर जनाएको छ । उनी अनेरास्ववियुको विद्यार्थी राजनीतिबाट उदायकी हुन् । अनेम संघ तनहुँको सचिव हुँदै दुई कार्यकाल अध्यक्ष बनिन् । तनहुँ एमालेको जिल्ला सचिव निर्वाह गरेकी न्यौपाने राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको सदस्यसमेत हुन् । न्यौपाने २०७४ सालको स्थानीय तह चुनावमा तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित भएकी थिइन् ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज