नयाँ खबर
हेमा भट्ट, धनगढी– धनगढी उपमहानगरपालिका–३ बोराडाँडीमा आर्थिक रूपमा कमजोर तथा विपन्न महिलाहरूका लागि एक महिनाको निःशुल्क सिलाई–कटाई तालिम सुरु गरिएको छ । तालिम असार ३२ गतेदेखि साउन ३० गतेसम्म सञ्चालन हुने छ ।
तालिम कार्यक्रमको उद्घाटन वडा अध्यक्ष राजबहादुर ऐर द्वारा गरिएको थियो । कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी तथा महिलाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उद्घाटन समारोहमा अध्यक्ष ऐरले यस्तो तालिम कार्यक्रम समाजमा अत्यन्तै सान्दर्भिक रहेको भन्दै आयोजकलाई धन्यवाद दिए।
कार्यक्रम रागव सिलाई द्वारा आयोजना गरिएको हो। संचालक ललिता कोलीका अनुसार १५ जना महिलालाई निःशुल्क तालिम दिइनेछ। उनले तालिम गुणस्तरी रुपमा सञ्चालन गरिने प्रतिबद्धता जनाउँदै चाँडै आयमूलक सीप सिकेर स्वरोजगार बन्न सक्ने वातावरण तयार गरिने बताइन्।
संचालिका कोलीले साउन महिना भगवान शिवप्रति भक्तिभाव प्रकट गर्ने महिना भएको भन्दै धर्म, सेवा र सीप विकासलाई जोडेर तालिम सुरु गरिएको उल्लेख गरिन्।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।