कृष्णपुरमा नागरिकसंग मेयर अभियान समापन, साढे ३२ हजार लाभान्वित
महेन्द्रनगर – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नागरिकसंग मेयर तथा नसर्ने रोगको पहिचानका लागि चार महिनाअघि फागुन बाट सुरु गरिएको घरधुरी अभियानको समापन गरिएको छ । सोमाबार कृष्णपुर नगरपालिका वडा नं. ५ मा नगर प्रमुख हेमराज ओझाको प्रमुख आतिथ्यता एवं वडा नं. ५ का वडा अध्यक्ष टेक पाण्डेयको अध्यक्षतामा उक्त कार्यक्रमको समापन गरीएको हो ।
उक्त कार्यक्रम अन्तरगत नगरपालिका मातहतका स्वास्थ्यकर्मीहरुले नागरिकको घर घरमै गएर सुगर, रक्तचाप लगायतका जाँचहरु गरि स्वास्थ्य संस्थामा उपलब्ध औषधीहरु प्रदान गराई आवश्यक सुझाव सल्लाह दिए । असार ३० गतेसम्म सञ्चालन गरिएको उक्त कार्यक्रमबाट ३२ हजार पाँच सय ५५ जना लाभान्वित भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रतन बहादुर विष्टले बताए ।
उनका अनुसार १९ हजार ६५४ जना महिला र १२ हजार ९०६ जना पुरुष गरि जम्मा मबाट ३२ हजार पाँच सय ५५ जना लाभान्वित भएका हुन् ।...




















