Advertisement

Author: नयाँ खबर

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति साउदी अरबको युवा संयोजकमा महता

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति साउदी अरबको युवा संयोजकमा महता

samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
साउदी अरब-कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी युवा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिती साउदी अरबको युवा संयोजकको जिम्मेवारी पदम बहादुर महताले पाएका छन्।   शुक्रबार एक कार्यक्रमका साथ साउदी अरबको राजधानी रियादमा सम्पन्न गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति साउदी अरबको १०औ अधिबेशन बाट २०२५-२०२७ को लागि युवा संयोजकको जिम्मेवारी महताले पाउनुका साथै प्रमाणपत्र समेत बुझेका छन् । ग्रामीण क्षेत्र बेलडाँडी गाउँपालिकाको एक सामान्य घरपरिवारमा जन्मिएका उनि वैदेशिक रोजगारीको सिलसिलामा सन २०१२ मा कर्म थलो साउदी अरब बनाएका महता पहिलो कार्यकाल सदस्य हुँदै अहिले दोस्रो कार्यकालमा युवा संयोजकको जिम्मेवारी पाएका छ्न। समाजसेवामा समर्पित रहेका उनी पछिल्लो समयमा वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब आएर आपतबिपतमा परेका नेपालिहरुको समेत सहारा बन्न पुगेका छन्। ...
एनआरएनए साउदी अरबको अध्यक्षमा भट्टराई

एनआरएनए साउदी अरबको अध्यक्षमा भट्टराई

samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
बिकाश सिंह महता, साउदी अरब-गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) साउदी अरब को १० औं राष्ट्रिय महाधिवेशन बाट सर्वसम्मत अध्यक्षमा उमेश भट्टराई चयन भएका छन्। साउदी अरबको राजधानी रियादमा सम्पन्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको १०औं राष्ट्रिय महाधिवेशन बाट २०२५-२०२७ कार्यकालको लागि अध्यक्षमा उमेश भट्टराईको नेतृत्व सर्वसम्मत निर्विरोध चयन भएको हो। पहिलो महिला नेतृत्व पाएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीको निवर्तमान अध्यक्ष रबिना अर्यालले आफ्नो कार्यकाल सकुशल साथ सम्पन्न गर्दै नयाँ कार्यसमिति लाई नेतृत्व हस्तान्तरण गरेको छ। अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यमा रबिना अर्याल, अमृत बहादुर तामाङ, राम बहादुर लामा चयन भएका छन्। भने राष्ट्रिय समन्वय परिषदको अध्यक्ष उमेश भट्टराई, वरिष्ठ उपाध्यक्ष, हेम सुवेदी, उपाध्यक्ष राज कुमार ...
समावेशी कटान सामुदायिक बनमा तिन हजार विरुवा रोपियो, ४ हजार ५ सय विरुवा रोप्ने लक्ष्य

समावेशी कटान सामुदायिक बनमा तिन हजार विरुवा रोपियो, ४ हजार ५ सय विरुवा रोप्ने लक्ष्य

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कृष्ण दत्त पन्त, महेन्द्रनगर–कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. ३ स्थीत श्री समावेशी कटान सामुदायिक वनमा विभिन्न प्रजातीका ३ हजार बोटविरुवा बृक्षारोपण गरीएका छन् । समाबेशी कटान सामुदायिक बनमा बिहिबार एक हजार पाँस सय र शुक्रबार पनि एक हजार पाँच सय गरी विभिन्न प्रजातीका तिन हजार विरुवा रोपिएको सामुदायिक बनका अध्यक्ष खेमराज ओझाले बताए । वन समन्वय समिति कञ्चनपुरको ‘निजि बन प्रबद्धन तथा बृक्षारोपण सप्ताह’ कार्यक्रम अन्तरगत सामुदायिक बनमा ४ हजार पाँच सय विरुवा रोप्ने लक्ष्य लिईएकोमा शुक्रबारसम्म तिन हजार विरुवा रोपिएको अध्यक्ष ओझाले बताएका हुन् । वनमा रक्तचन्दन, कागती, बकाईनो, श्रीखण्ड, सिसम, विजयसाल र लिप्टीसका बोटविरुवा रोपिएको अध्यक्ष ओझाले बताए । बनमा घाईते बन्यजन्तु उपचार केन्द्रको स्थापना गरीने अध्यक्ष ओझाले जानकारी दिए । उनका अनुसार उपचार केन्द्रमा आरक्षबाट डाक्टर आउने र ...
प्यारा तालमा पत्रकार महासंघको बैठक सम्पन्न: पूर्वाधार विकास र खबरदारीको नयाँ चरण

प्यारा तालमा पत्रकार महासंघको बैठक सम्पन्न: पूर्वाधार विकास र खबरदारीको नयाँ चरण

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
हेमा भट्ट, महेन्द्रनगर- सदियौँदेखि बेवास्ताको सिकार बनेको प्यारा ताल, पुनर्वास नगरपालिका–९ मा, अहिले परिवर्तनको नयाँ चरणमा प्रवेश गरेको छ। स्थानीय पत्रकार दिपेन्द्र बस्नेतको सामाजिक सञ्जालमार्फत चलाइएको जागरण अभियान र स्थानीय समाजसेवीहरूको ऐक्यबद्धताले तालप्रति जन–चासो बढेको छ। यसले गर्दा अहिले प्यारा ताल स्थानीय तथा प्रदेश सरकारको प्राथमिकतामा पर्न सफल भएको देखिन्छ। पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयानाथ शर्माको पहलमा हालसम्म ताल क्षेत्रमा तटबन्ध निर्माण सम्पन्न भइसकेको छ भने सभा हल निर्माण कार्य पनि तीव्र गतिमा अगाडि बढिरहेको जानकारी दिइएको छ। यस्तै, आज तालको छेउमै नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको बैठक सम्पन्न भयो। बैठकमा पत्रकार, समाजसेवी, स्थानीय जनप्रतिनिधि र युवाहरूको सक्रिय सहभागिता रहेको थियो। बैठकको मूल उद्देश्य प्यारा तालको दीर्घकालीन संरक्षण, स्थानीय पूर्वाधारको दिगो ...
मध्यरातसम्म बसेको एमाले सचिवालय बैठकले यस्ता निर्णय गर्यो

मध्यरातसम्म बसेको एमाले सचिवालय बैठकले यस्ता निर्णय गर्यो

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
काठमाडौं- नेकपा एमालेमा पदाधिकारीको संख्या १९ बाट १५ जनामा घटाउने भएको छ । यसैगरी चर्चामा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था पनि हटाइएको छ । गएराती सम्पन्न पार्टी केन्द्रीय सचिवालयको बैठकले सचिवालयको अवधारणा पनि हटाएको छ ।   जस अनुसार अब एमाले स्थायी कमिटी,पालिटव्यूरो र केन्द्रीय कमिटी मात्र रहनेछन् । पार्टी उपाध्यक्ष गुरु बरालले दिएको जानकारी अनुसार लामो छलफलपछि नेताहरु उल्लेखित विषयमा सहमतिमा पुगेका हुन् । आगामी राष्ट्रिय महाधिवेशन देखि केन्द्रीय निकायका रुपमा तीनवटा कमिटी मात्र सक्रिय हुने गरी विधान महाधिवेशनमा प्रस्ताव गरिने निर्णय भएको बरालले बताउनुभयो । १५ वटा पदाधिकारीका पदमा अध्यक्ष र महासचिव बाहेक अरु पदलाई के कसरी विभाजन गर्ने भन्ने बारेमा निर्णय गरिएको छैन । तर पार्टीका एक पदाधिकारीका अनुसार अध्यक्ष,महासचिव र उपमहासचिव एक एक,उपाध्यक्ष पाँच र सचिव सा...
व्यवसाय सञ्चालन गरे ५ देखि २५ हजारसम्म जरीवाना

व्यवसाय सञ्चालन गरे ५ देखि २५ हजारसम्म जरीवाना

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा सुनचाँदी पसल संञ्चालन गरे ५ देखि २५ हजारसम्म जरिवाना तिर्नुपर्ने भएको छ । सरकारले यो आर्थिक बर्षका लागि ल्याएको बजेट कार्यन्वयनमा आएसंगै कञ्चनपुरका सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । कञ्चनपुर सुनचाँदी व्यवसायी संघले एक प्रेस नोट जारी गरी पाँच दिनका लागि सुनचाँदी पसल बन्द गरी फेरी आन्दोलनमा उत्रेको जनाएको हो । आन्दोलनको क्रममा जोकसै सुनचाँदी व्यवसायीले पसल सञ्चालन गरेमा ५ देखि २५ हजारसम्म जरिवाना तिर्नुपर्ने कञ्चनपुर सुनचाँदी व्यवसायी संघले जनाएको छ । सरकारले ल्याएको बजेटले सुनको कारोबारमा २ प्रतिशत विलासिता कर र हीराजडित गहनामा १३ प्रतिशत भ्याटको व्यवस्था गरेको थियो । कर र भ्याटले उपभोक्ता र व्यवसायी दुवैलाई असर पर्ने भन्दै फिर्ताको माग गर्दै व्यवसायीहरू एक महिनादेखि आन्दोलनमा उत्रिएका थिए । उनीहरुले असार १३ गतेदेखि पसल बन्द गरेकाले सुनचाँदीको भाउ समेत तोकि...
“अजमेरा फैशन ईन्डिया” अब नेपालमै : फेक्ट्री रेटमा सामान पाइने

“अजमेरा फैशन ईन्डिया” अब नेपालमै : फेक्ट्री रेटमा सामान पाइने

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं, नेपाल — भारतको गुजरातस्थित न. १ टेक्सटाइल कम्पनी अजमेरा फैशन ईन्डियाले नेपालको इन्द्रेणी भवन बानेश्वरबाट बिधिवत बिक्री सुरु गरेको छ ।मासिक १० लाख उत्पादन क्षमता भएको कम्पनीका अध्यक्ष अजय अजमेरा भारतका प्रतिष्ठित कपडा उद्योगी हुन । नेपालको आधिकारिक कार्यालय इन्द्रेणी भवन, नयाँ बानेश्वरको तेस्रो तल्लामा रहेको छ। यहाँबाट ग्राहकहरूले भारतकै फेक्ट्री दररेटमा सामान प्राप्त गर्न सक्नेछन्, ।भारतमा १९९२ मा स्थापना भएको कम्पनी गुजरातकै न १ कम्पनी हो । १ लाख भन्दा बढी बिक्रेता भएको यस कम्पनीले ३० भन्दा बढी देशमा आफनो ब्यापार बिस्तार गरेको छ साथै १ अर्ब भन्दा बढी ग्राहकको मन जितेको कम्पनीको दाबी छ। नेपालमा ठुलो सख्यामा ग्राहक रहेपनी विभिन्न रुपमा नेपाल समान भित्र्याउने तर आधिकारिता नभएकोले अजमेरा फेसनले नेपालका लागी आधिकारिक बिक्रेता नियुक्त गरेको छ। नेपालका लागि कम्पनीको आधिकारिक बिक्रेत...
अमरगढी किल्लाको कोतघर निर्माण गरिदै

अमरगढी किल्लाको कोतघर निर्माण गरिदै

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
डडेल्धुरा–डडेल्धुरा जिल्लामा रहेको ऐतिहांसिक अमरगढी किल्लामा कोतघर निर्माणको काम थालिएको छ । जिल्ला सदरमुकाम अमरगढी नगरपालिका ५ मा अवस्थित अमरगढी किल्लामा डेढ करोड लागतमा कोतघरसंगै किल्ला भित्र र बाहिर पत्थर बिछाउनेगरि नेपाली सेनासंग ठेक्का सम्झौता भई असारको अन्तिम साताबाट कोतघर निर्माणको कार्य सुरु गरीएको हो । गत आर्थिक बर्ष २०८१÷०८२ मा बजेट विनियोजन गरीएको भएता पनि आर्थिक बर्षको अन्तिममा आएर बजेट सुनिश्चितता भएपछि निर्माण कार्य सुरु गरीएको शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका प्राबिधिक दिपक ओझाले बताए । उनका अनुसार बजेट ढिला गरि प्राप्त भएपछि असार महिनाको पहिलो साता मात्रै ठेक्का सम्झौता भएको थियो । गत आर्थिक वर्षमा काम नसकिने निश्चित भएपछि म्याद थप गरि चालु आर्थिक वर्ष २०८२÷०८३ मा निर्माण कार्य सम्पन्न गर्ने लिईएको उनले बताए । नेपाली सेनाको अमरग...
समावेशी तथा बालमैत्री शौचालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण

समावेशी तथा बालमैत्री शौचालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–४ स्थित श्री पञ्चाधिन माध्यमिक विद्यालयमा समावेशी तथा बाल अपाङ्गता तथा लैङ्गिक मैत्री शौचालय निर्माण गरी औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुर, वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र कृष्णपुर नगरपालिकाको साझेदारीमा समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना अन्तर्गत शौचालय निर्माण गरी हस्तान्तरण गरीएको हो । कार्यक्रममा नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुरका कार्यक्रम संयोजक रामेश्वर जैरुले बालबालिकालाई सुरक्षित, समावेशी र बालमैत्री वातावरणमा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने उद्देश्यसहित भुगोल सुहाउँदो ढाँचामा शौचालय निर्माण गरिएको जानकारी दिए । उनका अनुसार कृष्णपुर नगरपालिकाको २ लाख र साझेदार संस्थाहरूको १२ लाख रुपैयाँ लगानीमा कुल १४ लाख ३ हजारको लागतमा शौचालय निर्माण सम्पन्न गरिएको हो। वर्ल्ड भिजन इन्टरने...
दोधारा चाँदनीमा विपद् पूर्वतयारीका लागि ‘टेबलटप कृत्रिम नमुना घटना अभ्यास’

दोधारा चाँदनीमा विपद् पूर्वतयारीका लागि ‘टेबलटप कृत्रिम नमुना घटना अभ्यास’

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकामा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ अन्तर्गत ‘टेबलटप कृत्रिम नमुना घटना अभ्यास’ सम्पन्न गरीएको छ । मनसुनमा आउन सक्ने बाढी, डुबान, भूक्षय र अत्यधिक वर्षा जस्ता प्राकृतिक विपद्हरूको सामना गर्न सरोकारवाला निकायहरूलाई तयार पार्ने उद्देश्यले उक्त अभ्यासको आयोजना गरिएको हो । सम्भावित मनसुनी विपद्बाट हुने क्षति न्यूनीकरण गर्न र समुदायलाई सुरक्षित राख्न दोधारा चाँदनी नगरपालिकामा कार्यक्रमको आयोजना गरीएको आयोजकले जानकारी दिएको छ । उक्त कार्यक्रम आयोजना गर्न नेपाल राष्ट्रीय समाज कल्याण संघ (एनएनएसडब्लुए), दोधारा चाँदनी नगरपालिका, क्लाइमेट रेजिलियन्स एलायन्स, मर्सीकोर, डिसिए, युनिसेफ, निड्स नेपाल र अक्सफामले सहकार्य गरेको हो । कार्यक्रमले विपद् व्यवस्थापनमा स्थानीय तह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू र मानवीय सेवा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज