Advertisement

दोधारा चाँदनीमा विपद् पूर्वतयारीका लागि ‘टेबलटप कृत्रिम नमुना घटना अभ्यास’

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकामा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ अन्तर्गत ‘टेबलटप कृत्रिम नमुना घटना अभ्यास’ सम्पन्न गरीएको छ । मनसुनमा आउन सक्ने बाढी, डुबान, भूक्षय र अत्यधिक वर्षा जस्ता प्राकृतिक विपद्हरूको सामना गर्न सरोकारवाला निकायहरूलाई तयार पार्ने उद्देश्यले उक्त अभ्यासको आयोजना गरिएको हो । सम्भावित मनसुनी विपद्बाट हुने क्षति न्यूनीकरण गर्न र समुदायलाई सुरक्षित राख्न दोधारा चाँदनी नगरपालिकामा कार्यक्रमको आयोजना गरीएको आयोजकले जानकारी दिएको छ ।

उक्त कार्यक्रम आयोजना गर्न नेपाल राष्ट्रीय समाज कल्याण संघ (एनएनएसडब्लुए), दोधारा चाँदनी नगरपालिका, क्लाइमेट रेजिलियन्स एलायन्स, मर्सीकोर, डिसिए, युनिसेफ, निड्स नेपाल र अक्सफामले सहकार्य गरेको हो । कार्यक्रमले विपद् व्यवस्थापनमा स्थानीय तह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू र मानवीय सेवा प्रदायकहरूबीचको समन्वयलाई थप सुदृढ बनाएको एनएनएसडब्लुएका कार्यकारी निर्देशक अशोक विक्रम जैरुले बताए ।

 

एनएनएसडब्लुएका कार्यकारी निर्देशक जैरुले कृत्रिम नमुना अभ्यासको आवश्यकतामाथि प्रकाश पार्दै विपद् जोखिम र त्यसको प्रभाव न्यूनीकरणका लागि पूर्वतयारी कसरी गर्ने ? भन्ने विषयमा जोड दिए । उनले मनसुनको उच्च जोखिमलाई ध्यानमा राख्दै बाढी, डुबान, भू–क्षय, अत्याधिक वर्षा लगायतका सम्भावित प्राकृतिक विपद्का परिदृश्यहरूमा कसरी प्रभावकारी रूपमा काम गर्न सकिन्छ ? भन्नेबारे आठवटा कृत्रिम नमुना घटनामार्फत अभ्यास गरिएको बताए ।

दोधाराचाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बूले दोधारा चाँदनीमा गत वर्ष गरीएको कार्यक्रमको स्मरण गर्दै सरोकारवाला निकायलाई सक्षम बनाएको र कार्यक्रमले विपद्को समयमा तत्काल प्रतिक्रिया जनाउन सक्ने क्षमताको विकास गरेको बताए । गत बर्षको कार्यक्रमको परीणामस्वरुप स्थानीय समुदायको सुरक्षाका लागि निकै महत्त्वपूर्ण भएको नगर प्रमुख लिम्बुले बताए ।

 

एनएनएसडब्लुएका सुदृढ परियोजना संयोजक राजकुमार सुनारले गत वर्ष पनि दोधाराचाँदनीमा कृत्रिम नमुना अभ्यास गरिएको र यसले विपद्को सामना गर्न तयार पार्न महत्त्वपूर्ण प्रभाव पारेको बताए । उनले यस्ता अभ्यासद्धारा विपद् प्रतिकार्य टोलीहरूको क्षमता अभिवृद्धि गर्ने र समुदायलाई सुरक्षित राख्न मद्दत गर्ने बताए ।

 

निडस् नेपालका प्रतिनिधि दिव्य देव पण्डितले बाढी आउनुअघि र आइसकेपछि के कस्तो कदम चाल्ने ? भन्ने सन्दर्भमा टेबुलटप अभ्यास महत्वपूर्ण हुने बताए । सम्बन्धित निकायहरूलाई पूर्वतयारी र उद्धार कार्यका लागि स्पष्ट मार्गनिर्देशन प्रदान गर्ने निड्स नेपालका प्रनिनिधि पण्डितले बताए ।

कार्यक्रममा स्थानीय विपद् व्यवस्थापन समिति, सामुदायिक विपद् व्यवस्थापन समिति, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र, स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र, मानवीय सेवा प्रदायक संघ–संस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र उत्थानशील युवा सञ्जालहरूले महाकाली नदीको बाढी पूर्वानुमानका विभिन्न परिदृश्यहरूमा आ–आफ्नो भूमिका बारे नमुना घटना अभ्यास गरेका थिए। अभ्यासले सबै सरोकारवाला निकायहरूलाई एकसाथ बसेर योजना बनाउन र विपद्को समयमा आ–आफ्नो जिम्मेवारी बुझ्न मद्दत गर्ने अपेक्षा गरीएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज