मर्निङ्ग ग्लोरीमा निःशुल्क स्वास्थ्य शिबिर
महेन्द्रनगर – मर्निङ ग्लोरी स्कूलमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । शुक्रबार मर्निङ ग्लोरी सेकेन्डरी स्कूलले मन्त्र अस्पतालको सहकार्यमा गरेको निशुल्क स्वास्थ्य शिविरमा १ सय २७ जनाले सेवा लिएका छन् ।
स्कूलले कक्षा ३ सम्मका विद्यार्थीहरुको स्वास्थ्यलाई लक्षित गरी आयोजना गरिएको उक्त शिविरमा दुई जना विषेशज्ञ डाक्टर र एक जना डेन्टिष्टले सेवा दिएका छन् । प्रिन्सिपल शर्माका अनुसार बाल रोग विशेषज्ञ डाक्टर मनिस शाह र जनरल फिजिसियन डा गोविन्द रोकायाले बालबालिकाहरुको स्वास्थ्य परिक्षण गर्नुका साथै असिस्टेन्ट डेन्टिष्ट पवित्रा बुढाले बालबालिकाहरुको दातको परिक्षण गरेका थिए । स्वास्थ्य परिक्षणपछि अभिभावक र बालबालिकाहरुलाई परामर्श प्रदान गरीएको छ ।
शिक्षासँगै स्वास्थ्यलाई पनि प्राथमिकता दिने लक्ष्य र उदेश्य राखेर बालबालिकाहरुको स्वास्थ्य सुरक्षाका लागि निशुल्क स्वास्थ्य शिविर गरिएको स्कूलका प्रिन्सिपल...




















