Advertisement

Author: नयाँ खबर

कञ्चनपुर सुनचाँदी व्यवसायी संघ कञ्चनपुरको १७ औं बार्षिक साधारण सभा तथा ७ औं जिल्ला अधिवेशनको उद्घघाटनशत्र सम्पन्न

कञ्चनपुर सुनचाँदी व्यवसायी संघ कञ्चनपुरको १७ औं बार्षिक साधारण सभा तथा ७ औं जिल्ला अधिवेशनको उद्घघाटनशत्र सम्पन्न

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुर सुनचाँदी व्यवसायी संघ कञ्चनपुरको १७ औं बार्षिक साधारण एबम् ७ औं जिल्ला अधिवेशन को उदघाटन शत्रको सम्पन्न भएको छ । शनिबार महेन्द्रनगरको ममताज पार्टी प्यालेसमा सम्पन्न भएको उदघाटनशत्र सुनचाँदी व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष सुरत बहादुर सुनारको अध्यक्षता एबम् नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष सन्तोष लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य  गणेश बहादुर सुनार, रमेश बहादुर सुनार, नेपाल सुनचाँदी सुनचाँदी महासंघ सुदूरपश्चिम प्रदेशका पूर्व उपाध्यक्ष सुनिल घिमिरे, पत्रकार महासंघ कञ्चनपुरका सचिव कुन्दन पाण्डेय , अधिवक्ता सुमित्रा कार्की लगायत विशिष्ठ अतिथि रहेका थिए । कार्यक्रममा महासचिव नरेन्द्र बहादुर सुनारले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन् । भने कोषाध्यक्ष अशोक सि...
प्रत्यक्षतर्फका उम्मेद्वार टुंग्याउन शनिबार एमाले सचिवालय बैठक बस्ने

प्रत्यक्षतर्फका उम्मेद्वार टुंग्याउन शनिबार एमाले सचिवालय बैठक बस्ने

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
काठमाडौं- फागुन २१ गते हुने निर्वाचनका उम्मेद्वारको टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार भोली माघ ३ गते दिउसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको हो । निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेद्वार मनोनयनको कार्यक्रम भएकोले एमालेले भोली ३ गते उम्मेद्वारको नामावलीलाई अन्तिम रुप दिने तयारी गरेको हो । एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी,जिल्ला कमिटी र प्रदेश कमिटीहरुले यस अघि नै उम्मेद्वारको नाम सिफारिस गरिसकेका छन् । जस अनुसार अध्यक्ष केपी शर्मा ओली सहित करिब ३५ जना नेताको नाम सर्वसम्मत सिफारिस भएको छ । हालसम्म कुनै पनि पार्टीसँग चुनावी गठबन्धन गर्ने निधो नभएकोले सबै क्षेत्रमा एमालले सूर्य चिन्हबाहक उम्मेद्वार अघि बढाउने भएको छ । शाहीका अनुसार दु...
हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा सम्पन्न

हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा सम्पन्न

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
हेमा भट्ट, कञ्चनपुर — कृष्णपुर नगरपालिका वडा नम्बर ४–५ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा मिति २०८२ साल पौष २८ गते भव्य र सभ्य वातावरणमा सम्पन्न भएको छ। वन संरक्षण, दिगो व्यवस्थापन र समुदायको सहभागितालाई केन्द्रमा राख्दै आयोजित साधारणसभामा स्थानीय जनप्रतिनिधि, वन क्षेत्रका अधिकारी, सामुदायिक वनका अध्यक्षहरू तथा उपभोक्ताको उल्लेख्य उपस्थिति रहेको थियो। साधारणसभाको अध्यक्षता सभापति नित्यानन्द जेठराले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका वन निर्देशक श्री हेमराज बिष्ट रहनुभएको थियो। त्यसैगरी विशिष्ट अतिथि कञ्चनपुरका जिल्ला वन अधिकृत (DFO) लक्ष्मी राज जोशी, पूर्व मेयर कर्णबहादुर हमाल, कृष्णपुर–४ का वडा अध्यक्ष धर्मबहादुर सिंह, वन अधिकृत भरत शाह, इलाका प्रशासन कार्यालय गुलरियाका प्रमुख प्रतिनिधिलगायतको उपस्थिति रहेक...
कञ्चनपुरको राजघाटमा पहिलोपटक माघी मिलन तथा वृहत सांस्कृतिक कार्यक्रम हुने

कञ्चनपुरको राजघाटमा पहिलोपटक माघी मिलन तथा वृहत सांस्कृतिक कार्यक्रम हुने

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
हेमा भट्ट, कञ्चनपुर - कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाटमा पहिलोपटक माघी मिलन तथा वृहत सांस्कृतिक कार्यक्रम–२०८२ आयोजना हुने भएको छ। स्थानीय धर्म, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको हो । आगामी माघ ३ र ४ गते राजघाटदेखि राजपुर जाने बाटो नजिकै रहेको राजघाट खेलमैदानमा कार्यक्रम बिहान ११ बजेदेखि सञ्चालन हुनेछ। थारू समुदायको महान पर्व माघीलाई केन्द्रमा राखेर आयोजना हुन लागेको यस कार्यक्रमले सामाजिक सद्भाव, सांस्कृतिक एकता र आपसी मेलमिलापको सन्देश फैलाउने अपेक्षा गरिएको छ । हाम्रो धर्म, हाम्रो संस्कृति, हाम्रो पहिचान, भन्ने मूल नारासहित आयोजना हुने कार्यक्रममा स्थानीय बासिन्दादेखि छिमेकी क्षेत्रका नागरिकसम्मको उल्लेखनीय सहभागिता रहने आयोजक समितिको विश्वास छ। स्थानीय समाजसेवी तथा वनदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष युवा न...
स्वर्गीय विपिन जोशीको जन्म स्मृतिमा महेन्द्रनगरमा दीप प्रज्वलन

स्वर्गीय विपिन जोशीको जन्म स्मृतिमा महेन्द्रनगरमा दीप प्रज्वलन

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
भुवन भट्ट, महेन्द्रनगर - पावर अफ युथमा आवद्ध युवाहरुले इजरायलमा हमासको आक्रमणमा परि ज्यान गुमाएका विपिन जोशीको २५ औं जन्म स्मृतिमा मंगलबार महेन्द्रनगरमा दीप प्रज्वलन गरेका छन् । पावर अफ युथमा आवद्ध अंकित जोशी लगायतका युवाहरुले जोशीको जन्मजयन्तीको स्मृतीमा मंगलबार साँझ महेन्द्रनगर स्थित मदन चोकमा दीप प्रज्वलन गरेका हुन् । लर्न एण्ड अर्न कार्यक्रम अन्र्तगत नेपालबाट इजरालय पुगेका जोशीको सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा अपहरणमा परेर मृत्यु भएको थियो । युद्धविरामपछि हमासले इजरायली सेनालाई उनको शव हस्तान्तरण गरेको थियो । गत कार्तिक ३ गते नेपाली सेनाको टोलीले सम्मानका साथ परिवारलाई शव हस्तान्तरण गरेको थियो । मंगलबार साँझ युवाहरुले जोशीको २५ औँ जन्मस्मृतिमा दीप प्रज्वलन गरेका हुन् ।...
भीमदत्त नगरपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको शिल्ड नगरपालिकामै राखियो

भीमदत्त नगरपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको शिल्ड नगरपालिकामै राखियो

samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – भीमदत्त नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिताको शिल्ड नगरपालिका मै राखिएको छ । आईतबार कबर्ड हलमा गरिएको १६ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको समापन गरीएता पनि पदक विवादकाकारण शिल्ड भने नगरपालिकामा फिर्ता ल्याईएको हो । समापन कार्यक्रममा विधागतरुपमा शिल्ड सहित विद्यार्थीलाई पदकहरु वितरण गरिएका छन् । समापन कार्यक्रममा प्रतियोगिताको विजेता विद्यालय घोषणा नगरी शिल्ड नगरपालिकामा ल्याईएको छ । प्रतियोगितामा उसु खेलको पदक गणनालाई लिएर विवाद भएको थियो । प्रतियोगिता निर्णायक समितिले राष्ट्रिय खेलकूद परिषद्को पत्रलाई वेवास्ता गरी पदक गणना नहुने निर्णय गरेपछि विवाद चर्किएको थियो । उसुका पदक सहित गणना भए बैजनाथ माध्यमिक विद्यालय सबैभन्दा बढी पदक भएर शिल्ड पाउनेछ । बैजनाथले जितेका पदक गणना नहुँदा सिद्धनाथ अमर मावि गड्डाचौकी पहिलो र पूर्णा मावि ऐरी दोस्रो स्थानमा...
प्रतिनिधि सभा निर्वाचनका लागि एमाले कञ्चनपुरबाट नाम सिफारिस

प्रतिनिधि सभा निर्वाचनका लागि एमाले कञ्चनपुरबाट नाम सिफारिस

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – नेकपा एमाले कञ्चनपुरले फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचनका लागि सात जनाको नाम सिफारिस गरेको छ । सोमबार बसेको जिल्ला कमिटीको बैठकले क्षेत्रीय कमिटीबाट सिफारिस भई आएका नामहरूमा रायसहित प्रदेश कमिटीलाई पठाउने निर्णय गरेको हो । एमाले कञ्चनपुरका उपाध्यक्ष जनक राज अवस्थीले जिल्लाका तीनवटै क्षेत्रीय कमिटीले पठाएका नामहरूलाई आवश्यक सुझावसहित प्रदेश कमिटीमा सिफारिस गरिएको जानकारी दिए । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट तीन जनाको नाम सिफारिस गरिएको छ। सिफारिस सूचीमा विघटित प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ, केन्द्रीय कमिटी सदस्य कमला बोहरा तथा निर्वतमान केन्द्रीय सदस्य इन्दु कडरियाको नाम रहेको छ। त्यसैगरी, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार छनोट निर्वाचनबाट गरीएको छ । मतदानबाट पूर्व केन्द्रीय सदस्य नर बहादुर धामी, प्रदेश कमिटी ...
एमाले अध्यक्ष ओलीको स्थानहद फुकुवा

एमाले अध्यक्ष ओलीको स्थानहद फुकुवा

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थानहद फुकुवा भएको छ । भदौ २३–२४ को घटनासम्बन्धी जाँचबुझ आयोगले ओलीमाथि लगाएको विदेश भ्रमण रोक र स्थानहद फुकुवा गर्ने निर्णय गरेको हो। आयोगको सोमबार बसेको बैठकले ओलीको विदेश भ्रमणमा लगाइएको रोक र काठमाडौं उपत्यका छाड्न नपाउने पूर्ववर्ती निर्णय फुकुवा गरेको हो। आइतबार जाँचबुझ आयोगले अध्यक्ष ओलीसँग बयान लिएको थियो। त्यससँगै उनको स्थानहद फुकुवा गरिएको जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए।...
सुदूरपश्चिममा लागूऔषधमुक्त समाज निर्माणका लागि प्रदेशस्तरीय प्रभातफेरी सम्पन्न

सुदूरपश्चिममा लागूऔषधमुक्त समाज निर्माणका लागि प्रदेशस्तरीय प्रभातफेरी सम्पन्न

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
हेमा भट्ट, कञ्चनपुर - सुदूरपश्चिम प्रदेशलाई लागूऔषधमुक्त बनाउने उद्देश्यसहित प्रदेशस्तरीय प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालय तथा प्रदेश युवा परिषद्को आयोजनामा “लागूऔषधमुक्त प्रदेश–हाम्रो अभियान, हाम्रो पहिचान” भन्ने मूल नारासहित कार्यक्रम सञ्चालन गरिएको हो। कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–२, वाणीस्थित जे.बी. एकेडेमीको सहकार्यमा २०८२ साल पौष २१ गते सोमबार आयोजित प्रभातफेरी विद्यालय परिसर तथा आसपासका क्षेत्र हुँदै सम्पन्न भएको थियो। प्रभातफेरीमार्फत लागूऔषधको दुरुपयोगले निम्त्याउने सामाजिक, पारिवारिक तथा व्यक्तिगत समस्याबारे जनचेतना फैलाउने उद्देश्य राखिएको थियो। कार्यक्रमको अध्यक्षता प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष गजेन्द्र सावदले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा सामाजिक विकास मन्त्रालयकी माननीय राज्य मन्त्री ...
महाकाली सुगर मिलमा भारतीय उखु भित्रिदै, प्रशासन मौन

महाकाली सुगर मिलमा भारतीय उखु भित्रिदै, प्रशासन मौन

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको दक्षिणीबेल्टमा अबैधरुपमा भारतिय उखुभित्रिन थालेको छ । जिल्लाको बेलौरी नगरपालिका वडा नं. १० शिवनगरस्थीत महाकाली सुगर मिलमा भारतिय उखु भित्रिन थालेको हो । सरकारले भारतिय उखु आयातमा कडाई गरेता पनि कञ्चनपुर जिल्लामा भने अबैधरुपमा भारतीय उखुको आयात भईरहेको स्थानीयहरुले बताएका छ्न । भारतबाट अबैधरुपमा उखु आयात हुन थालेपछि स्थानीय उखु कृषक मारमा परेको उनीहरुले दुखेसो पोखेका छन् । भारतीय उखुका कारण कृषकहरुले ५÷५ दिनसम्म पालो पर्खेर बस्नुपर्ने बाध्यता रहेको बताएका छन् । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले पनि चासो नदिनुका साथै उनीहरुको मिलोमतोमा उखु भित्रिरहेको उनीहरुको दावि रहेको छ । ‘भारतबाट अबैध उखु भित्रि रहेको छ,’ नाम नखुलाउने सर्तमा एक कृषकले भने, ‘अनुदान पाईन्छ भन्दैमा भारतबाट उखुलिएर अन्य उखु किसानलाई परिसान त गर्नु भएन नी, जिल्ला प्रशासन र जिल्ल...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज