कोराभित्र पिता, घरदैलोमा छोरीहरू : शोकबीचको चुनावी यात्रा
बिराटनगर : मोरङ क्षेत्र नं. ६ मा यतिबेला चुनावी माहोल तातेको छ । तर यो चुनावी दौडबीच नेकपा (एमाले) का उम्मेदवार विनोद ढकालका लागि यो समय दोहोरो पीडाको क्षण बनेको छ । एकातर्फ १०१ वर्षको उमेरमा दिवंगत बुबा विष्णुप्रसाद ढकालको वियोग, अर्कोतर्फ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको जिम्मेवारी ।
उम्मेद्धार ढकाल हिन्दु संस्कारअनुसार १३ दिने काजक्रियामा सेतो वस्त्र धारण गरेर कोरामा बसेका छन् । घरभित्र धार्मिक विधि चलिरहदा उनको मन भने मतदातामाझ पुग्न नसकेको पीडाले झन भारी बनेको छ ।
केही दिनअघिमात्र कोराभित्रबाटै एक भिडियो सन्देशमार्फत उनले मतदातालाई सम्बोधन गरे । “म शारीरिक रूपमा तपाईहरूको माझमा आउन नसके पनि मेरो मन तपाईहरूसगै छ । बुबाको शोक र तपाईहरूको माया दुवै मेरा लागि उत्तिकै महत्वपूर्ण छन्,” उनले भने ।
उम्मेदवार कोरामा बसेपछि चुनावी अभियान सुस्त हुन्छ कि भन्ने धे...




















