Advertisement

फलोरिडा इन्टरनेशनल बोडिङ्ग स्कुलले मनायो २५औं वार्षिकोत्सव तथा अभिभावक दिवस

महेन्द्रनगर – फलोरिडा इन्टरनेशनल बोडिङ्ग स्कुलले २५औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । शिक्षाप्रेमी तथा समाजसेवी स्व. प्रताम राम लोहारले स्थापना गरेको बोडिङ्ग स्कुलको २५औ बार्षिकोत्सव तथा अभिभावक दिवस विद्यालयका प्रधानाध्यापक जयराज ओझाको सभापतित्व एवं सुप विश्वविद्यालयका शिक्षा शास्त्र संकायका डिन भवानी चलाउनेको प्रमुख आतिथ्यतामा भव्यताका साथ मनाईएको हो । विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गदै विद्यालयले स्थापनाकालदेखि नै गुणस्तरीय बार्षिक परिक्षामा कक्षागतरुपमा उत्कृष्ठ हुने तिन जना विद्यार्थीहरुलाई प्रमाण पत्र प्रदान गरीएको छ ।

त्यसैगरी अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्ठ स्थान हासिल गर्ने विद्यार्थीहरुलाई मेडल तथा प्रमाण पत्र प्रदान गरीएको छ । पुर्व विद्यार्थी, उत्कृष्ठ अभिभावकलाई पनि सम्मान तथा प्रमाण पत्र वितरण गरीएको छ ।

 

स्कूलले बरिष्ठ पत्रकार चित्रांग थापा र माहिला तथा बालिबालिका बेचविखनको विरुद्धमा काम गर्ने संस्था माईति नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टलाई सम्मान गरेको छ । उनीहरुलाई सम्मान पत्र तथा दोसल्ला ओडाएर सम्मान गरीएको छ ।

फलोरीडाले गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्दै आईरहेको छ । यस विद्यालयबाट एसएलसी गरेका विद्यार्थीहरु देश तथा विदेशका उच्च ओहोदामा कार्यरत छन् ।
मण्टेश्वरीदेखि कक्षा १२ सम्म अध्ययन हुने यस विद्यालयमा हाल ९ सय बढी छात्र–छात्रा अध्ययनरत छन् ।

 

विभिन्न विद्यालयका शिक्षक, अभिभावक तथा सरोकारवालाहरुको गरीमामय उपस्थिति रहेको छ । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न कला संस्कृति झल्किेन तथा राष्ट्रभाव जगाउने नृत्य गरेर उपस्थित सबैलाई भरपुर मनोरञ्जन दिएका छन् ।

 

विद्यालयले विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्न विभिन्न अतिरिक्त क्रियाकलाप साईन्स एक्जीकेसन, फुडफेष्ट लगायका कार्यक्रम गर्दै आईरहको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

महेन्द्रनगर - होली फेम्ली क्रीकेट एकेडेमीद्वारा संचालित "इन्डोर क्रीकेट ट्रेनिङ सेन्टर " सञ्चालनमा ल्याइएको छ । मंगलबार होली फेँम्...
१४ महिला आइतबारदेखि सम्पर्कविहीन

१४ महिला आइतबारदेखि सम्पर्कविहीन

महेन्द्रनगर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना सम्पर्क बिहिन भएका छन् । भीमदत्त नगरपालिका १९ का उनीहरू निकु...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित व...
सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

काठमाडौं – प्रेस चौतारी नेपालले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत करार सेवाका श्रमजीवी पत्रकार तथा कर्मचारीलाई योजनाबद्ध ...
भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

महेन्द्रनगर – भीमदत्त नगरपालिका वडा नं. ९ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सबैभन्दा बिकट वडाकोरुपमा रह...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज