दोधारा चाँदनीमा शिव महापुराण ज्ञान महायज्ञ संचालन हुने
दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा रहेको कमलशा बाबा धाम क्षेत्र संरक्षण तथा सनातन धर्म सेवा समितिले श्री शिव महापुराण ज्ञान महायज्ञ संचालन गर्ने भएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ मा कमलशा बाबा धाम क्षेत्र संरक्षण तथा सनातन धर्म सेवा समितिले आउदो कार्तिक १ गते देखि श्री शिव महापुराण ज्ञान महायज्ञ संचालन गर्ने तयारी सुरु गरिएको कमलशा बाबा धाम क्षेत्र संरक्षण तथा सनातन धर्म सेवा समितिका संयोजक केशव प्रसाद बरालले जानकारी दिनुभएको छ् । ९ दिन सम्म संचालन हुने भनिएको श्री शिव महापुराण ज्ञान महायज्ञमा परमपुज्य गुरुबाट सुमधुमय प्रबचनका साथ राष्ट्रिय तथा स्थानिय कलाकारहरुको संगितमय भजन, कृतन र आकर्षक झाँकी प्रस्तुत गरिने कमलशा बाबा धाम क्षेत्र संरक्षण तथा सनातन धर्म सेवा समितिका संयोजक केशव प्रसाद बरालले बताउनुभएको छ् । कमलशा बाबा मन्दिरको संरक्षण एव प्रवद्र्धधन, भौतिक पूर्वाधार विकास निर्माण एव...




















