Advertisement

सामाजिक सदभाव र भातृत्वको लागी दोधारा चाँदनीमा रामलिला नाट्य श्रृखला

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा रात्रीकालिन आदर्श रामलिला नाट्य श्रृखला सुरु भएको छ् । दोधारा चाादनी नगरपालिका– ७ लक्ष्मी माध्यमिक बिद्यालयको प्रांगणमा रात्रीकालिन रामलिला नाट्य श्रृखला सुरु भएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । शुदुरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर राना, दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु, नेकपा केन्द्रका नेता मान बहादुर सुनारले सयुक्तरुपमा आदर्श रामलिला नाट्य श्रृखलाको विधिवतरुपमा उद्धघाटन गर्नुभएको छ् । भगवान रामको चरित्रमा आधारित नाट्य श्रृखलाले सामाजिक सदभाव र भातृत्व कायम राख्नेमा दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले बिश्वास व्यक्त गर्नुभएको छ् । आदर्श रामलिला नाट्य श्रृखलाले साँस्कृतिक सामाजिक गतिविधी र आपसी सदभाव र एकता मात्र नभई विकास निर्माणमा जुटन पनि सहज हुने उहाँको भनाई रहेको छ् । धर्म, सुसंस्कृतिको संरक्षणका लागि दोधारा चाँदनी नगरपालिकामा राललीला संचालन गरिएको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

आदर्श रामलिला नाट्य श्रृखला उद्धघाटन सत्रमा शुदुरश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर रानाले रामलिला नाट्य श्रृखलाको माध्यमबाट भगवान रामको जिवनीबाट शान्ति पूर्वक जीवन बाँच्ने शिक्षा, समाज र व्यक्तिलाई दिने मुख्य उद्देश्य रहेको बताउनुभयो । रामायणको सार प्रत्यक्ष रुपमा दर्शकहरुलाई देखाएर समाजका विकृति विसंगती हटाउदै आदर्शको बाटोमा डोर्‍याउन समेत आदर्श रामलिला नाट्य श्रृखलाले सहयोग पुग्ने उहाँको भनाई रहेको छ् । दोधारा चाँदनी नगरपालिकाको लक्ष्मी माध्यमिक बिद्यालयमा २०३२ साल देखि रामलिला संचालन हुदै आएको छ् । तत्कालिन नेकपा माओबादी र सरकार बिचको द्धन्द्ध र कोरोना संक्रमणको कारण बिचको वर्षहरुमा रामलिला नाट्य श्रंखलाले निरन्तरता पाउन सकेन् ।

दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले समाजमा भाईचाराको भावना जागृत गराउने बताउनुभएको छ् । असत्यमा सत्यको जितलाई दोधारा चाँदनीबासीले बिगतका दिनहरुमा उक्त नाटक मञ्चनलाई परम्परागत पर्वकै रुपमा मनाउदै आएको वडाध्यक्ष बहेक क्षेत्रको भनाई रहेको छ् । साँस्कृतिक/सामाजिक गतिविधीले आपसी सदभाव र एकता मात्र नभई विकास निर्माणमा जुटन पनि सहज हुने बक्ताहरुले विश्वास व्यक्त गरेका छन् ।

समाजमा आपसी बेमेलको अवस्था सृजना भईरहेको अवस्थामा रामलिला नाट्य श्रंखलाले समाजमा भाईचाराको भावना जागृत गराउने आयोजक संस्था आदर्श रामलिला व्यवस्थापन समिति दोधारा चाँदनीले विश्वास लिएको छ् । दोधारा चाँदनी नगरपालिकामा संचालन हुदै आएको रात्रीकालिन रामलिला नाट्य श्रृखला अबद्यी भाषामा संचालन गरिदै आएको रामलिला नाट्य श्रंखलाका निर्देशक शुशिल राना मगरले जानकारी दिनुभएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने

काठमाडौं- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन विहान नौ बजेबाट सुरु हुँदैछ । पार्टीका प्रचार तथा प्रकाशन विभ...
महाकाली यातायात बहुदेश्यीय कम्पनीको अध्यक्षमा भट्ट निर्वाचित, सदस्यमा कोको निर्वाचित भए ?

महाकाली यातायात बहुदेश्यीय कम्पनीको अध्यक्षमा भट्ट निर्वाचित, सदस्यमा कोको निर्वाचित भए ?

महेन्द्रनगर - महाकाली यातायात बहुदेश्यीय कम्पनी प्रालिको अध्यक्षमा नविन भट्ट निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनमा १ सय ...
संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

धनगढी – सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवा...
उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

महेन्द्रनगर – कञ्चनपुरको बेलौरीस्थित उग्रतारा बाल विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी स्वर्णीमा कँडेल संयुक्त राष्ट्र संघको ८...
वडा अध्यक्ष खत्री राप्रपा कञ्चनपुरको जिल्ला अध्यक्षमा चयन

वडा अध्यक्ष खत्री राप्रपा कञ्चनपुरको जिल्ला अध्यक्षमा चयन

महेन्द्रनगर–राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) कञ्चनपुरले नयाँ नेतृत्व पाएको छ । बुधबार महेन्द्रनगरमा सम्पन्न सातौ जिल्ला अधिबे...
कृष्णपुरका युवाहरुको सराहनीय कार्य : तीज विशेष कार्यक्रममा उठेको रकम बाढीपीडितलाई सहयोग

कृष्णपुरका युवाहरुको सराहनीय कार्य : तीज विशेष कार्यक्रममा उठेको रकम बाढीपीडितलाई सहयोग

महेन्द्रनगर - कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित राधाकृष्ण मन्दिर परिसरमा स्थानीय युवाहरूको सक्रियतामा आयोजना गरिएको ती...
दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

धनगढी- दार्चुला जिल्लाको पश्चिमोत्तरको व्यास गाउँपालिका–४ मडगाउँमा गत भदौ २८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले ७ परिवार बिस्थ...
गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज