महेन्द्रनगर खुला मञ्चमा मंगलबारदेखि कञ्चनपुर पर्यटन महोत्सव संञ्चालन हुने, रेखा थापालगायतका राष्ट्रिय कलाकार आउदै
महेन्द्रनगर–कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा मंगलबारदेखि सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव संचालन हुने भएको छ । ‘साँस्कृतिक धार्मिक ऐतिहासिक पर्यटकिय सम्पदाको पहिचान सम्बृद्ध एव सुसंस्कृत समाज निर्माणमा हाम्रो अभियान’ भन्ने नाराकासाथ नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरले भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सवको आयोजना गर्न लागेको हो ।
नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरका संयोजक ललित परियारको अध्यक्षतामा १ सय २१ सदस्यीय मुल आयोजक समिति र विभिन्न १४ उप समिति समेत गठन गरेर मेलाको तयारी गरिरहेका छन । नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरका संयोजक एव मेला मुल आयोजक समितिका कार्यक्रम संयोजक ललित परियारले मेलाको तयारी तिव्र रुपमा अघि बढेको बताए । उनले कोरोना महामारीपछि थलिएको अर्थतन्त्र सुधार ल्याउनु...




















