Advertisement

१७औ एन प्याब्सन जिल्लास्तरीय खेल महोत्सव शुक्रबारदेखि हुने

महेन्द्रनगर : कञ्चनपुरको कवडहलमा आउदो पुष २६ गते(शुक्रबार)देखि १७औ नेशनल प्याब्सन जिल्ला स्तरिय खेल महोत्सव हुने भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन(एन प्याब्सन) नेपाल कञ्चनपुरको आयोजनामा नेशनल प्याब्सन जिल्ला स्तरिय खेल महोत्सव हुने भएको हो ।

 

भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा उद्धघाटन कार्यक्रम हुने र बाकि खेलहरु कभर्डहलमा हुने आयोजकले जानकारी दिएको छ । एन प्याब्सन कञ्चनपुरका बरिष्ठ उपाध्यक्ष समेत रहेका खेल संयोजक बलदेव भट्टले गत विगतका बर्षहरु झै यस बर्षपनि खेल महोत्सव हुन लागेको बताए । उनले चार तहमा प्रतियोगिता हुने जानकारी दिए । उनका अनुसार आधारभूत तह ए(कक्षा १–५सम्म) र आधारभूत तह बि(कक्षा ६–८सम्म)का विद्यार्थीहरुका लागि लङजम्प, एक, दुई र चार सय मिटर दौड प्रतियोगिता हुनेछ ।
त्यसैगरी माध्यमिक तह ए(कक्षा ९–१०सम्म) र माध्यमिक तह बि(कक्षा ११–१२सम्म)का विद्यार्थीहरु विचमा थप पाच हजार मिटर रेस र हाईजम्प तथा सटपुट खेल खेलाईनेछ ।
चार तहका छात्र, छात्रा विच लङजम्प, हाईजम्प, सर्टफुट, भलिबल, १ सय, २ सय ४ सय मिटर दौडमा छुट्टाछुट्टै प्रतिस्पर्धा गराईने योगिता हुने खेल संयोजक भट्टले बताए ।
५२÷५२ गोल्ड र सिल्भर तथा ६६ ब्राञ्च मेडलका लागि जिल्लाभरीका झण्डै तिन हजार खेलाडीविच प्रत्यक्ष प्रतिस्पर्धा गराईनेछ । हालसम्म जिल्लाभरीका ५५ विद्यालय रजिष्ट्रड भएका छन । प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय विजेता विद्यालयका खेलाडीलाई पुरस्कार प्रदान गरिनेछ ।

 

तहगत अनुसार खेलकुद प्रतियोगितामा सहभागिताका लागि आधारभूत तह ए, आधारभूत तह बि, मावि तह ए र मावि तह बि को लागि क्रमश ः ५, ८, १० र १२ हजार रुपया शुल्क रहेको छ । एनप्याब्सन कञ्चनपुरका कोषाध्यक्ष सुर्य बहादुर चन्दले महोत्सवमा झण्डै १० लाख खर्च हुने बताए ।

कोषाध्यक्ष चन्दका अनुसार एनप्याब्सन सदस्य विद्यालयबाट सहभागि शुल्क संकलन गरिनेछ । एन प्याब्सन कञ्चनपुरका सचिव कुबेर खड्काले विगतका बर्षहरु भन्दा यस बर्ष थप पुरस्कृत बनाईने बताए ।

सचिव खडकाले एन प्याब्सनमा आबद्ध रहेका १ सय ३२ विद्यालय मध्ये अधिकाँस विद्यालय सहभागि हुने विश्वास व्यक्त गरेका छन ।

एन प्याब्सन कञ्चनपुरका अध्यक्ष सत्येश बहादुर चन्दले गृहमन्त्री रमेश लेखकको प्रमुख आथित्यका कार्यक्रम उद्घाटन गरिने र लगत्तै प्रतियोगिता शुरु हुने बताए । ‘प्रतियोगिताले विद्यार्थीको पढाईका अतिरिक्त थप खेलकुद माध्यमबाट बृद्धि विकास हुनेछ, ‘उनले भने, ‘प्रतियोगिताबाट खेल खेलाडीको उत्पादन हुनेछ ।’
एन प्याब्सन महोत्सवले कञ्चनपुर खेलकुदमय बन्ने उनले बताए । २९पुषसम्म संचालन हुने महोत्सवमा जिल्लाभरीका हजारौँ विद्यार्थी सहित शिक्षक, अभिभावकको सहभागिता हुनेछ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज