Advertisement

सिजी मोटर्सद्धारा महेन्द्रनगरमा एक्स्ट्रिम सिरिज अन्तर्गत दुई नयाँ मोटरसाइकलको ग्राण्ड लन्च कार्यक्रम सम्पन्न

महेन्द्रनगर–सिजी मोटर्सले महेन्द्रनगरमा एक्स्ट्रिम सिरिज अन्तर्गत दुई नयाँ ब्राण्डका मोटरसाइकल सार्वजनिक गरेको छ । कञ्चनपुरको महेन्द्रनगरमा रहेको सिजीको आधिकारिक बिक्रेता, हिमानि मोटर्सले आज महेन्द्रनगरको संबिधान चोकमा एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभीआरको एक भब्य कार्यक्रनका बिच रिजनल ग्राण्ड लन्च गरेको हो । हिरोको एक्स्ट्रिम १६० आर फोरभी(प्रो) को मूल्य ३ लाख ८४ हजार ९ सय र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि २ लाख ८९ हजार ९ सय र एबीएस भेरियन्टको लागि ३ लाख ११ हजार ९ सय रहेको कम्पनीले सार्वजनिक गरेको छ । सार्वजनिक दुवै हिरोका मोडेलहरू कञ्चनपुरको महेन्द्रनगरको संबिधान चोकमा एक भब्य समारोहका बिछ ग्राण्ड लन्च गरिएको छ।

 

एक्स्ट्रिम १६० आर फोरभीमा १६० सिसी सेगमेन्ट रहेकोमा सार्वजनिक गरिएको बाइकमा १६३ सिसी ४–भल्भबीएस–भीआई इन्जिन रहेको छ। १४५ किलो तौल भएको यो मोटरसाइकल सजिलै मोड्न र चलाउन सकिने कम्पनीले जानकारी दिएको छ।
एक्स्ट्रिम १२५ आर १२५ सिसीको इन्जिन रहेको छ। यसमा ईबीटी प्रणाली उपलब्ध छ। एक्स्ट्रिम १२५ आरको मस्कुलर र शार्प डिजाइन अन्तर्गत सेगमेन्टमै पहिलो प्रोजेक्टर एलईडी हेडल्याम्प, एलईडी टर्न सिग्नल, र सिग्नेचर एलईडी टेल लाइट समावेश रहेको कम्पनीले जानकारी दिएको छ। कार्यक्रमको समुदधाटन जिल्ला समुन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा बोहराले गर्नु भएको छ ।

 

कार्यक्रममा भिमदत्तनगरपालिकाका नगर प्रमुख पद बोकटि, बेदकोट नगरपालिकाका नगर प्रमुख भोज बोहरा, भिमदत्तनगरपालिकाका नगर प्रमुख निलम लेखक जोशि,ब्यबसायि खगेश्वर बोहरा, सिजी मोटर्सका प्रतिनिधीहरु, पत्रकार, ग्राहक,स्थानिय सर्बसाधारणको उपस्थिति रहेको थियो । कार्यक्रमका गायक निशान भट्रराई लगायतका कलाकारहरुको बिशेष प्रस्तुति रहेको थियो । कार्यक्रमका बोल्दै कार्यक्रमका विशिष्ट अतिथि रहनु भएको भिमदत्तका मेयर पदम बोकटि महेन्द्रनगरलाई ब्यापारिक क्षेत्रको हव बनाउन सहयोग गर्न अनुरोध गर्नु भएको छ ।पछिल्लो समय ब्यापार ब्यबसाय धरासायि बन्दै गईरहेको समयमा कसैले पनि कुनैपनि बाहनामा ब्यपारब्यवसायमा अवरोध गर्न हुनेमा उहाँले जोड दिनुभयो ।

 

ग्राण्ड लन्च कार्यक्रममा एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभीआर मोटरसाईकल किनेका ६ जनालाई मोटरसाईकलको चाबि हस्तान्तरण गरिएको थियो ।
हिरो मोटरसाइकल तथा स्कुटरहरु नेपालको प्रतिष्ठित तथा लोकप्रीय रहेका छन । कम्पनिले सुपर स्प्लेन्डर तथा एक्सपल्स २०० जस्ता चर्चित ब्राण्डद्वारा नेपालको बजारमा बलियो पकड बनाएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित व...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज