Advertisement

भुक्तानी नपाएपछि निर्माण व्यवसायी आन्दोलित : महाकाली सिँचाई तेस्रो चरण महेन्द्रनगरको कार्यालयमा तालाबन्दी

महेन्द्रनगर : काम गरेको भुक्तानी नपाएपछि निर्माण व्यवसायी आन्दोलित भएका छन् । आन्दोलनको सुरवाति चरणमा निर्माण व्यवसायी संघ कञ्चनपुरले राष्ट्रिय गौरबको आयोजना कार्यालयमा तालाबन्दी गरेका हो । कञ्चनपुर निर्माण व्यवसायी संघको अगुवाईमा मंगलबार निर्माण व्यवसायीहरुले आफुहरुले गरेको कामको भुक्तानी नदिएको भन्दै बिरोध स्वरुप महाकाली सिँचाई तेस्रो चरणको कार्यालयमा तालाबन्दी गरेका हुन । निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरन्जन प्रशाद भट्टले गत आर्थिक बर्ष ०८०र०८१ मा गरेको कामको भुक्तानी नगरेपछि बाध्य भएर तालाबन्दी गरेको बताए ।

‘हामीले पटक पटक गरेको कामको भुक्तानी मागे तर, कार्यालयले भोली भन्दाभन्दै टार्दै आयो, त्यो आर्थिक बर्ष पनि सकियो, तर भुक्तानी गरिदिएन, ‘उनले भने, ‘व्यवसायीले घरजायजेथा बैंकका राखेर सरकारको काम गर्दछन, तर सरकारी कार्यालयले भुक्तानी दिदैन ।’ अध्यक्ष भट्टले महाकाली सिँचाई तेस्रो चरणको चरम लार्पबाहीले भुक्तानी नपाएपछि व्यवसायी आत्महत्या गर्ने संघारमा पुगेको बताए । अध्यक्ष भट्टले काम गरेर भुक्तानी नदिने जिल्लाका सबै कार्यालयमा तालाबन्दी गरिने घोषणा समेत गरेका छन । व्यवसायीको तालाबन्दीले कार्यालयको कामकाज प्रभावित भएको छ ।

नेशनल कस्क्ट्रक्सन प्रालिका संचालक एव संघका कोषाध्यक्ष दीपक भट्टले गत आर्थिक बर्ष मात्रै नभई त्यस अघिका आर्थिक बर्षमा पनि निर्माण व्यवसायीले गरेका कामको कार्यालयले भुक्तानी गर्न बाँकी रहेको बताए । उनले जिल्लामा सबैभन्दा बढि ४० करोड भन्दा बढि भुक्तानी गर्नुपर्ने तेस्रो चरणको भएकाले पहिलो पटक कार्यालयमा तालाबन्दी गरिएको बताए । बराह डेभलपर्स प्रालि÷सव कन्टेक्टर भवानी कालिका निर्माण कम्पनी प्रालिका संचालक हर्क बहादुर मल्लको बैंकको ऋण काटेर सरकारी काम गरेको तर अहिले आएर कार्यालयबाट धोखा पाईएको बताए । ‘मैले बैकबाट ऋण निकालेर सरकारको काम गरे तर, कार्यालयले भोली भन्दा भन्दै बर्ष नै सकियो, भुक्तानी गरिदिएन, ‘उनले भने, ‘चारैतिरबाट साहुहरुले सताईरहेका छन, हाम्रा पीडा कसले बुझिदिने ।’ उनका अनुसार आफ्नो कम्पनीले काम गरेको ४ करोड रुपैया बाँकी रहेको बताए ।

गाल्वा निर्माण सेवाका सव कन्टेक्टर कञ्चन राष्ट्रिय निर्माण कम्पनीका संचालक पुष्पराज अवस्थीले कार्यालयको कामका लागि बैंकबाट ऋण निकालेर काम गरेपनि अहिले भुक्तानी नपाएको बताए । ‘मैले बैंकबाट ऋण निकाले तर काम गरेपनि भुक्तानी गरिदिएन, अहिले त्यतिकै बैंकको ब्याज तिर्नुपरेको छ, ‘उनले भने, ‘हामीमाथि वित्तिय भारको संकट थापेर कार्यालयले आफु उन्मिन खोजेको छ ।’ महाकाली सिँचाई तेस्रो चरण आयोजना कार्यालय महेन्द्रनगरको तथ्याङ्क अनुसार ७निर्माण कम्पनीको ४०करोड, ८४लाख, ४६ हजार, ४७१रुपैया भुक्तानी गर्न बाँकी छ ।

लुम्बिनी स्वच्छन्दबन्दन भगवती भेजीको १४करोड, ३०लाख, ८९४रुपैया, आरोग्य भेगिम सोसाईटी जेभीको १करोड, ८ लाख, २४ हजार ३९८रुपैया, गाल्वा निर्माण सेवा प्रालिको ३करोड, २१लाख, ७३ हजार, ५सय ७रुपैया, बराह डेभलपर्स प्रालिको ४करोड, ८२लाख, ४९ हजार, ४५९रुपैया, केएस कन्स्ट्रक्सन प्रालिको ७करोड, १५लाख, ९८हजार ७४०रुपैया, नेपाल आर्दश तेज जेभीको ५करोड, ४१लाख, १९ हजार ५८४रुपैँया र गीता साकुरा पावर जेभीको १६करोड, ९१लाख, ७९ हजार, ८८४रुपैया भुक्तानी गर्न बाँकी छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

महेन्द्रनगर - होली फेम्ली क्रीकेट एकेडेमीद्वारा संचालित "इन्डोर क्रीकेट ट्रेनिङ सेन्टर " सञ्चालनमा ल्याइएको छ । मंगलबार होली फेँम्...
१४ महिला आइतबारदेखि सम्पर्कविहीन

१४ महिला आइतबारदेखि सम्पर्कविहीन

महेन्द्रनगर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना सम्पर्क बिहिन भएका छन् । भीमदत्त नगरपालिका १९ का उनीहरू निकु...
भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

महेन्द्रनगर – दोधारा चादनी नगरपालिका वडा नं. ९ झाक्रिटोलकी सम्झना धामीको घरबाट असार ३२ गते बिहिबार दिउसो २ बजे प्रहरीले बहुमुल्य ग...
टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

महेन्द्रनगर - बैतडीको डिलासैनी गाउँपालिका–२ स्थित कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् सेवा अवरुद्ध हुँदा स्वास्थ्य सेवा प्रभावित बन...
सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

काठमाडौं – प्रेस चौतारी नेपालले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत करार सेवाका श्रमजीवी पत्रकार तथा कर्मचारीलाई योजनाबद्ध ...
भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

महेन्द्रनगर – भीमदत्त नगरपालिका वडा नं. ९ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सबैभन्दा बिकट वडाकोरुपमा रह...
संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट आफ्नो प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोला...
भरुवा बन्दुकसहित दम्पती पक्राउ

भरुवा बन्दुकसहित दम्पती पक्राउ

महेन्द्रनगर - कञ्चनपुर जिल्लाका एक दम्पती प्रहरी हिरासतमा छन् । जिल्लाको कृष्णपुर नगरपालिका वडा नं ९ पिपरियाका जोखराम राना र जानकी...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज